Wednesday, 20th September, 2017

अब नेपालीमा पनि बोलेको कुरा स्वतः टाइप हुने गुगल सेवा

Gboard-1502782067.jpg

 के तपार्इ आफूले बोलेको कुरा स्वतः टाइप होस् भन्ने सोच्नुहुन्छ ? यदि त्यस्तो सोच्नुभएको थियो भने अब नेपाली भाषामै यो सेवा उपलब्ध भइसकेको छ । गुगल एन्ड्रोइड किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुनेछ । कुनै म्यासेज लेख्न वा सोसल मिडियामा अपडेट गर्ने स्टाटस लेख्न टाइप गर्ने झण्झट गरिराख्नु पर्दैन ।

गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर, नेपालीमा थिएन । गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई पनि यो सुविधा उपलब्ध भएको छ । अब तपाइले बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा बिश्वका ११९ भाषामा उपलब्ध छ ।

थपिने नयाँ भाषाहरुमा भारतका क्षेत्रीय भाषाहरु पनि छन् । अब तमिल, तेलेगु, मराठी, मलायम, कन्नाड र बंगालीजस्ता भाषामा पनि यो सेवा उपलब्ध छ । बोलेको कुरा स्वत टाइप हुने बनाउन गुगलले निकै मेहेनत गरेको छ । यसका लागि उसले नेपाली भाषीहरुलाई उनीहरुले मुख्यमुख्य शब्दहरु कसरी बोल्छन भनी नमुना संकलन गरेको छ । त्यही आधारमा उसले मेसिन तयार गरी आफैं टाइप हुने सुविधा तयार गरेको हो ।

यो सेवा प्रयोग गर्न तपार्इले गुगल प्ले स्टोरमा गई द गुगल किबोर्ड सर्च गरी गुगल किबोर्ड एप डाउनलोड गर्नुपर्छ । यो किबोर्ड डाउनलोड गरेपछि त्यहाँ आबाजमा बोलेको कुरा स्वतः टाइप हुने सेवा प्रयोग गर्न पाइन्छ । टाइप भएको कुरा तपार्इले कपी गरी सोसल मिडिया तथा इमेलमा पेष्ट गर्न सक्नुहुन्छ ।




loading...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg