Friday, 20th October, 2017

अब लेखापरीक्षण नगराउने कार्यालय प्रमुखको सरुवा-बढुवा रोकिने

अब समयमा आफ्नो कार्यालयको लेखापरीक्षण नगराउने र अनियमितता गर्ने सरकारी कर्मचारीको सरुवा तथा बढुवा रोकिने भएको छ । सरकारी कार्यालयको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले आगामी वर्षदेखि नियमित लेखापरीक्षण नगराउने कार्यालय प्रमुखको बढुवा रोक्ने गरी तयारी गरेको बताएको छ ।

सरकारी निकायमा आर्थिक हिनामिना र बेरुजु उच्च देखिन थालेपछि यसलाई रोक्न यस्तो व्यवस्था गर्न लागिएको महालेखा परीक्षक टंकमणी शर्माले बताए ।

‘आर्थिक हिनामिना गर्ने जोसुकै भए पनि अब तीनले उन्मुक्ति पाउँदैनन्,’ महालेखा परीक्षक शर्माले भने, ‘आगामी वार्षिक प्रतिवेदनदेखि नै लेखापरीक्षण नगराउने कार्यालय प्रमुखसमेतको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं ।’ महालेखा परीक्षक कार्यालयले ६ वर्षे रणनीतिक कार्ययोजनामा पनि उक्त विषय समेटेको छ । वित्तीय अनुशासन पालना र बेरुजू फस्र्योटमा उदासीन पदाधिकारीहरूको अभिलेख तयार गरी सम्बन्धित निकायलाई सूचित गरिने कार्ययोजनामा उल्लेख छ ।

‘वित्तीय सुशासनमा अनुदार कार्यालय प्रमुख वा सम्बन्धित कर्मचारीको सरुवा तथा बढुवा रोक्नेगरी सम्बन्धित मन्त्रालय वा निकायलाई सूचित गर्नेछौं,’ महालेखा परीक्षक शर्माले भने । वित्तीय जवाफदेहिता मूल्याङ्कन गरी कार्यालयको र जिम्मेवार पदाधिकारीको वर्गीकरणसमेत गरेर प्रतिवेदनमार्फत सार्वजनिक गरिने कार्यालयको रणनीतिक योजनामा उल्लेख छ ।

त्यस्तै, लेखापरीक्षणको विवरण माग गरेको ३५ दिनभित्र फस्र्योट नभएको रकमलाई बेरुजु राख्ने पनि कार्यालयले जनाएको छ । कार्यालयले अबदेखि समसामयीक र जनसरोकारसँग जोडिएका विषयमा तुरुन्तै अनुसन्धान गर्नेगरी विशेष टिम परिचालन गर्ने जनाएको छ ।

महालेखा परीक्षकको ५४ औं प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ९७ अर्ब ४४ करोड रुपैयाँ बेरुजु पुगेको छ । आव २०७२/७३ मा बेरुजु अघिल्लो आवको तुलनामा झण्डै ७ प्रतिशतले बढेको छ ।




loading...


ताजा समाचार

मकवानपुरमा एमाले माओवादी एउटै ब्यानरमा कार्यक्रम
मकवानपुरमा नेकपा एमाले र माओवादी केन्द्रले दिपावलीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम एउटै मञ्च र ब्यानरमा गरेका छन् । चुनावी तालमेल, निर्वाचन...
Photo-02-1508309900.jpg
यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन...
download-(1)-1508310537.jpg
पक्राउ परेकाहरु हिरासत मुक्त, होटलको ताला खोलियाे 
खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासत मुक्त गरिएको छ भने होटलको ताला खोलिएको छ ।आर्शिवाद होटलका प्रकाश...
22563698_1021128160217936-1508341010.jpg
राप्रपा छोडेर १ सय ४७ कार्यकर्ता माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका पार्टी कमिटिको आयोजनामा बुधबार भीमफेदीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिटब्यूरो...
Make-Bhimphedi_Tukhabar-H-1508340863.jpg
जेठाजुकाे घर खरानी पारिन् हिरादेवीले
‘रिस खा आफू, बुद्धि खा अरु’ भनेजस्तै श्रीमान्–श्रीमतीवीचको झगडा पर्दा थाहा नगरपालिका–७, आग्रामा एक महिलाले जेठाजुको घर जलाएर ध्वस्त बनाइदिएकी...
element-fire-white-backgr-1508324234.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg