Friday, 20th October, 2017

आज चन्द्रग्रहण, कुन राशीमा कस्तो असर ? (हेर्नुहोस राशीको सूची सहित)

सन् २०१७ को पहिलो चन्द्रग्रहण २३ साउनमा लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ ।

यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ । चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन गर्न नहुने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । तर, बालक, जेष्ठ नागरिक र बिरामीलाई भने भोजन बर्जित हुनेछैन ।

ग्रहण लाग्दा के-के गर्नु हुँदैन ?

चन्द्रग्रहण वा सूर्यग्रहणमा पूजापाठ गरी दान गरेमा शुभ फल प्राप्त हुने विश्वास छ । तर, चन्द्रग्रहण लागेको बेला मांगलिक कार्य गर्नु हुँदैन । चन्द्रग्रहणमा गरेको मांगलिक कार्यबाट फल प्राप्त नहुने धार्मिक विश्वास छ । त्यसैले आज परेको जनैपूर्णिमा यही साउन १३ गते नागपञ्चमीकै दिन मनाइसकिएको छ ।

ग्रहणको पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।

ग्रहण सकिएलगत्तै ग्रहणको पूजा गर्दै दान दिएमा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास छ ।

मेषः 

मेष राशिका व्यक्तिहरुले आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनुपर्दछ । कुनै पनि कुरालाई लिएर मन चिन्तित र खिन्न बनाउनु हुँदैन ।

वृषः 

वृष राशिका व्यक्तिहरु कुनै प्रकारको पारिवारिक समस्यामा फस्न सक्ने सम्भावना बढी छ । साथै आफ्नो सन्तानसँग जोडिएका विषयलाई लिएर चिन्ता बढ्न सक्दछ ।

मिथुनः 

मिथुन राशिका व्यक्तिहरुलाई चन्द्रग्रहणले लाभ दिन्छ । साथीहरुको सम्बन्धबाट सुख र सहयोग प्राप्त हुनेछ ।

कर्कटः 

कर्कट राशीका व्यक्तिहरुलाई आजको चन्द्रग्रहण शुभ मानिएको छैन । जीवनसाथीलाई कष्ट हुने योग छ । खर्च बढ्ने र मानसिक तनाव हुनसक्ने छ ।

सिंहः 

सिंह राशी भएका व्यक्तिहरुको स्वास्थ्यमा समस्या आउनसक्छ । कुनै न कुनै कुराले तनाव रहिरहन सक्छ । कष्टको अनुभूति पनि हुन्छ ।

कन्याः 

कन्या राशी भएका व्यक्तिहरुलाई पैसाको संकट पर्नेछ । खर्चलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ । व्यय बढ्ने र मान सम्मानमा आँच आउने भएकाले विशेष सजग हुनपर्ने छ ।

तुलाः 

तुला राशी भएकाहरुलाई आजको चन्द्रग्रहण शुभ छ । आज धेरै खुसी प्राप्त हुनेछ । बिग्रेका कामहरु बन्ने छ । घर गृहस्थीको स्थितिमा सुधार हुनेछ ।

वृश्चिकः 

वृश्चिक राशी भइकाहरुलाई पनि चन्द्रग्रहण शुभ छ । धनलाभ मिल्ने योग छ ।

धनुः 

धनु राशी भएकाहरुलाई आजको दिन खासै राम्रो मानिएको छैन । धन हानी हुने योग छ । त्यसैले पैसाको लेनदेन गर्दा सावधानी हुनुपर्ने र सोचबिचारका साथ निर्णयमा पुग्नुपर्ने हुन्छ ।

मकरः 

मकर राशीमा नै चन्द्रग्रहण छ । त्यसैले आजको दिन राम्रो मकर राशी भएकाहरुलाई राम्रो छैन । दुर्घटना हुनसक्ने योग छ । सजग हुनुपर्ने र लापरवाहीबाट बच्नुपर्ने हुन्छ । शत्रुहरु सक्रिय भएकाले नोक्सान पुर्याउन सक्छन् । शारीरिक कष्ट पनि हुनसक्ने योग छ ।

कुम्भः 

कुम्भ राशी भएकाहरुलाई पनि आजको दिन राम्रो छैन । धन सम्बन्धी मामिलामा सावधानी अपनाउनुपर्ने छ । धन हानीको योग छ । आफ्ना नराम्रा आनिबानी आजैको दिनबाट सुधार्दा राम्रो हुन्छ अन्यथा त्यसैबाट नकारात्मक असर पर्ने छ ।

मीनः 

मीन राशी भएकाहरुलाई आजको चन्द्रग्रहण अनुकल रहनेछ । तर, धन सम्बन्धी मामलामा भने सावधानी रहनुपर्ने छ । धन हानीको आशंका छ ।




loading...


ताजा समाचार

मकवानपुरमा एमाले माओवादी एउटै ब्यानरमा कार्यक्रम
मकवानपुरमा नेकपा एमाले र माओवादी केन्द्रले दिपावलीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम एउटै मञ्च र ब्यानरमा गरेका छन् । चुनावी तालमेल, निर्वाचन...
Photo-02-1508309900.jpg
यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन...
download-(1)-1508310537.jpg
पक्राउ परेकाहरु हिरासत मुक्त, होटलको ताला खोलियाे 
खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासत मुक्त गरिएको छ भने होटलको ताला खोलिएको छ ।आर्शिवाद होटलका प्रकाश...
22563698_1021128160217936-1508341010.jpg
राप्रपा छोडेर १ सय ४७ कार्यकर्ता माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका पार्टी कमिटिको आयोजनामा बुधबार भीमफेदीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिटब्यूरो...
Make-Bhimphedi_Tukhabar-H-1508340863.jpg
जेठाजुकाे घर खरानी पारिन् हिरादेवीले
‘रिस खा आफू, बुद्धि खा अरु’ भनेजस्तै श्रीमान्–श्रीमतीवीचको झगडा पर्दा थाहा नगरपालिका–७, आग्रामा एक महिलाले जेठाजुको घर जलाएर ध्वस्त बनाइदिएकी...
element-fire-white-backgr-1508324234.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg