Saturday, 21st January, 2017

उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिताको पाँच खेल सम्पन्न

मकवानपुरको थाहानगरमा संचालन भइरहेको मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिताको छनौंट चरणको पाँच खेल सम्पन्न भएको छ । थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्तीको तथा दोस्रो थाहा दिवसको अवसरमा फरक सोचले प्रतियोगिताको आयोजना गरिएको हो ।  छनौंट चरणको प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिर्जनशील युवाक्लबलाई पराजित गर्दै शिखरक्लब विजयी भयो भने पुपु म्हेन्दोले शिखर क्लबलाई पराजित गर्दै विजयी भएको थियो । 

त्यस्तै छनौंट चरणकै अर्को खेलमा दम्की युवा समूहलाई बागेश्वरी युवा क्लबले पराजित ग¥यो भने बज्रवाराही माविले बागेश्वरीलाई पराजित गरेको थियो । २२ पौषमा भएको प्रतियोगिताका अन्तिम खेलमा पुपु म्हेन्दोले सिर्जनशील युवाक्लबलाई पराजित गरेको छ । छनौंट चरणबाट सिर्जनशील युवाक्लब बाहिरीएको छ ।

२३ पौषको पहिलो खेल मध्यान्ह १२ बजे बज्रवाराही मावि र दम्की युवा समूहबीच हुने आयोजक फरकसोचका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । 

थाहा दिवसको अवसरमा फरक सोचले अहिलेसम्म थाहानगर स्तरीय अन्तर मावि वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिसकेको छ । त्यस्तै २३ पौषमा ‘थाहा’ भित्ते लेखन, २५ पौषमा खुल्ला महलिा पुरुष दौड प्रतियोगिता आयोजना गरेको छ । दौड महिलातर्फ ३ किलो मीटर र पुरुष ५ किलो मिटरको दुरीमा प्रतियोगिता हुने फरक सोचका संयोजक रायमाझीले जानकारी दिए । 

त्यस्तै पौष २६ गते विभिन्न प्रतियोगिताको पुरस्कार वितरण तथा थाहा दिवस विशेष समारोको आयोजना हुने रायमाझीले बताए । थाहा दिवसको अवसरमा विभिन्न विधामा सम्मान गरिने समेत कार्यक्रम रहेको छ । 






ताजा समाचार

निकासको वार्षिक उत्सवमा सम्मान कार्यक्रम
सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३।४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिकोत्सवको अवसरमा मकवानपुरका पत्रकार कृष्ण...
16105680_1020835367650419-1485014394.jpg
रोट¥याक्टको बनभोज
रोट¥याक्ट क्लब अफ मकवानपुरले शनिबार बनभोज कार्यक्रमको आयोजना गरेको छ । रोट¥याक्टले बनभोजस“गै क्लबको अर्धबार्षिक साधारणसभा सम्पन्न गरेको हो ।...
तिमल्सिनाको नेतृत्वमा मजदुर इकाई गठन
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेम्पु तथा साना मझौला इकाई कमिटि गठन भएको छ । शनिबार हेटौंडामा भएको चौंथो अधिवेशनबाट रामप्रसाद तिमल्सिनाको...
संघको आधिकारिक धारणाः उचित क्षतिपूर्ति र व्यवसायीलाई व्यवस्थापन
हाल हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषय माथि मकवानपुर उद्योग वाणिज्य संघको आधिकारिक धारणाका लागि संघको कार्य समितिको बोर्ड बैठक...
4-1484625397-1484998709.jpg



लोकप्रिय समाचार

दामन सिमभज्याङ क्षेत्रमा हल्का हिमपात (फाेटाे फिचर) भारी हिमपातकाे सम्भावना
थाहा नगरपालिकाको सिमभञ्ज्याङ क्षेत्रमा आइतबार दिउसो १ वजे हल्का हिमपात तथा असिना परेको छ । अलि अलि मात्र हिउँ परेको र सिमभञ्ज्याङ क्षेत्रमा अझै...
snow-1483259155.jpg
२५ मीटरका संरचना भत्काउन शुरु
मकवानपुरको हेटौंडामा २५ मिटर सडक सीमा फराकिलो बनाउन थालिएको छ । १३ पौष विहानबाट डिभिजन सडक कार्यालय हेटौंडाले आफ्नो पर्खाल भत्काउँदै कार्य थालनी...
sadak-2-1482897284.jpg
अाहा ! सिमभञ्ज्याङकाे हिउँ (फोटो फिचर)
नारायणी अञ्चलकै उच्च स्थान सिमभञ्ज्याङमा साेमबार सामान्य हिमपात भएकाे छ । सिमभञ्ज्याङ क्षेत्रमा याे वर्ष दाेस्राे चाेटी पनि सामान्य हिमपात भएकाे छ...
DSC_0116-1483416746.JPG
५० वर्ष भन्दा अघिकाे थाहा नगरपालिका क्षेत्रः शेयर गरेर अाफ्नाे वालमा सुरक्षित राख्नुहाेस
५० वर्ष अधि गिल दाेहाउनेले खिचेकाे केहि तस्विरहरूः   हिलेजात्रा         ...
GD034-1483609055.jpg
टायलघरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
धादिङको नौविसे नागढुङ्गा सडकखण्ड अन्तर्गत टायरघरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा विहिबार दिउँसो मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलले...
accident-tialghar-1483012188.jpg