Wednesday, 23rd August, 2017
Timeline-FB-1503453501.jpg

एक सातामा २ मीटर भरियो कुलेखानी

गत हप्ताको १८ साउन राती कुलेखानी जलाधार क्षेत्रमा भारी वर्षा भएपछि कुलेखानीको सतह तुलनात्मक रुपमा भरिने क्रम बढ्न थालेको छ । ठाउँठाउँमा मूल फुट्ने गरी वर्षा भएको कारण जलाधार क्षेत्रका खोला र खोल्साहरु बढेकाले कुलेखानीमा जलसतह माथि आउने क्रम बढेको हो । 

वर्षायाममा पानी जम्मा गरी हिउँदका लागि ‘ब्याक अप’को रुपमा लिइने कुलेखानीमा एक सातामा २ मिटर पानी जम्मा भएको कुलेखानी जलविद्युत आयोजनाको अभिलेखले देखाएको छ । नेपाल विद्युत प्राधिकरण कुलेखानीका इलेक्ट्रिसियन मानबहादुर थापाले दिएको जानकारी अनुसार १६ साउन, सोमबार विहान ९ बजेको तुलनामा २३ साउन विहान ९ बजे २ मिटर पानी बढेको छ । 

१६ साउनमा कुलेखानीको पानी समुद्र सतहदेखि १ हजार ५ सय ६ दशमलब १९ मिटर पानी भएकोमा २३ साउनमा १ हजार ५ सय ८ दशमलब ४९ मिटर पुगेको छ । यसै साताको बीच १८ साउन राती भारी वर्षा भएपछि अहिले प्रति घण्टा १ सेन्टीमिटरको दरले  पानी जम्मा भइरहेको कुलेखानी प्रथमका इन्जिनियर लक्ष्मणप्रसाद फुँयालले जानकारी दिए । 

आयोजनाको अभिलेख अनुसार गत १७ साउनमा २० सेमी, १८ साउनमा २० सेमी, १९ साउनमा २१ सेमी, २० साउनमा ३० सेमी, २१ साउनमा ७१ सेमी र २२ साउनमा ४७ सेमी पानी भरिएको छ । गत वर्ष २३ साउन, २०७३ मा कुलेखानीको पानी १ हजार ५ सय १४ दशमलब ५१ मिटरको सतहमा थियो । यस वर्ष यही दिन अघिल्लो वर्षको तुलनामा ६ मिटर पानी कम छ । 

कुलेखानीको पानी समुद्र सतहदेखि १ हजार ५ सय ३० दशमलब २ मिटरमा भरिन्छ । त्यसपछि ‘ओभर फ्लु’ हुने पानीलाई बाँधको माथि सिमेन्टको बोरा राखेर थप ३० सेन्टीमिटर जम्मा गर्न सकिन्छ । पूर्ण रुपमा कुलेखानी भरिन अझै २२ मिटर बाँकी छ । 

तर, यस वर्ष कुलेखानीको पानी भरिन्छ कि भरिँदैन भन्ने यसै भन्न नसकिने आयोजनाका अधिकारीहरु बताउँछन् । ‘वर्षा हुने समय अझै बाँकी छ, यसै भन्न सकिन्न,’ कुलेखानी प्रथमका एक कर्मचारीले बताए । 

२०७१ सालमा भारतमा आएको हुदहुद आँधीका कारण प्रशस्त वर्षा हुँदा कुलेखानी भरिएको थियो । त्यसयता भरिएको छैन । २०७२ को पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलब ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो । त्यस्तै गत वर्ष १ हजार ५ सय २३ दशमलव ६७ मिटरसम्म पुगेको थियो । कुलेखानी जलविद्युत् आयोजना पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ  भने १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माणाधीन छ । 
 




loading...


ताजा समाचार

माओवादी केन्द्रको थाहा ८ नम्बर वडा अध्यक्षमा थिङ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थाहा नगर वडा नं. ७ को अध्यक्षमा नेमराज थिङ चयन भएका छन् । थिङको अध्यक्षतामा अधिवेशनले २१ सदस्यीय कमिटि...
Mao-07-1503456528.jpg
लियोले पाण्डुकेश्वरमा तीज विशेष कार्यक्रम संचाल गर्ने
लियो क्लब अफ पिस थाहाले तीजको अवसर पारेर तीज विेशष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।   ८ भदौमा हरितालिक तीजको दिन पालुङको प्रशिद्ध पाण्डुकेश्वर...
Timeline-FB-1503455167.jpg
भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
विमोचन भयो थाहा कला केन्द्रको परिचय गित
थाहा कला केन्द्रको परिचय गीतको मकवानपुरको थाहानगरमा एक समारोहकाबीच विमोचन गरिएको छ । थाहानगरको विकास घरमा गितको भिडियो नगर प्रमुख लवशेर विष्टले...
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg