Wednesday, 23rd August, 2017
Timeline-FB-1503453501.jpg

कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट नगर्न मालपोत कार्यालयहरुलाई सरकारको निर्देशन

Plotting-1502411975.jpg

सरकारले कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गरी घडेरीका रुपमा बिक्री गर्न रोक लगाएको छ । भूमिसधार मन्त्रालयले भूमिसुधार ऐन-२०२१ बमोजिम कृषियोग्य जमिन प्लटिङ गरेर घडेरीको रुपमा बिक्री वितरण वा कित्ताकाट गर्न नपाइने निर्णय गरेको छ ।

अब यस्ता जग्गा पास नगर्न मन्त्रालयले मालपोत कार्यालयहरुलाई निर्देशन दिएको छ । कृषियोग्य जमिन सबै घडेरीका रुपमा परिणत हुनसक्ने डरलाग्दो अवस्थालाई मध्यजर गरेर यस्तो निर्णय गरिएको भूमिसुधार मन्त्री गोपाल दहितले जानकारी दिए । २६ साउनमा  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दहितले यो निर्देशन सबै भूमिसुधार अन्तरगतका कार्यालयलाई दिइसकेको बताए ।

अब सरकारबाट अनुमति लिएर वा नलिई कृषियोग्य जमिनलाई घडेरीका रुपमा कित्ताकाट गर्न र बिक्री वितरण गर्न नपाइने भएको छ । यो नियम सगोलका अंशियारबीच अंशबण्डा हुँदा र अदालतबाट प्राप्त आदेशहरुमा भने लागू हुने छैन । अब कुनैपनि किसिमका जग्गा जग्गाधनीले वर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न पनि नपाउने मन्त्री दहितले जानकारी दिए ।

सरकारबाट जग्गा प्लटिङको अनुमति लिएर ५० प्रतिशत वा सोभन्दा बढी क्षेत्रफलको जग्गा बिक्री गरिसकेको भए वा सरकारबाट स्वीकृत खुला क्षेत्र, बाटो, सरकारी जग्गा छुट्याएर त्यो सरकारको नाममा कायम गरिसकेको भए त्यो घडेरी बेच्न यो निर्णयले बाधा नपर्ने दहितले बताए । अनुमति नलिई जग्गा प्लटिङ गरिएको छ भने अब ति घडेरी पनि पास हुने छैन ।




loading...


ताजा समाचार

माओवादी केन्द्रको थाहा ८ नम्बर वडा अध्यक्षमा थिङ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थाहा नगर वडा नं. ७ को अध्यक्षमा नेमराज थिङ चयन भएका छन् । थिङको अध्यक्षतामा अधिवेशनले २१ सदस्यीय कमिटि...
Mao-07-1503456528.jpg
लियोले पाण्डुकेश्वरमा तीज विशेष कार्यक्रम संचाल गर्ने
लियो क्लब अफ पिस थाहाले तीजको अवसर पारेर तीज विेशष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।   ८ भदौमा हरितालिक तीजको दिन पालुङको प्रशिद्ध पाण्डुकेश्वर...
Timeline-FB-1503455167.jpg
भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
विमोचन भयो थाहा कला केन्द्रको परिचय गित
थाहा कला केन्द्रको परिचय गीतको मकवानपुरको थाहानगरमा एक समारोहकाबीच विमोचन गरिएको छ । थाहानगरको विकास घरमा गितको भिडियो नगर प्रमुख लवशेर विष्टले...
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg