Friday, 20th October, 2017

चौथो थाहानगर परिषद् सम्पन्न, "स्थानीय तहको चुनावका लागि तयार रहनूस"–मन्त्री पाण्डे

THaha-DSC_0689-1484056819.JPG

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको चुनाको लागि तयार रहन आग्रह गरेका छन् । मन्त्री पाण्डेले भने–‘यो सरकारको तर्फबाट आग्रह भयो, सबै राजनीतिक दल, कर्मचारी चुनावको तयारीमा लाग्नू ।’ मकवानपुर थाहा नगरपालिकाको चौथो नगरपरिषद्को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । 

नगरपरिषद्मा रु. १ करोड २ लाख २५ हजार ७ सय, नगरपालिका कोष २५ लाख २८ हजार ९ सय ८९ रुपियाँ ४१ पैसा, राजश्व बाँडफाँडमा २२ लाख ४४ हजार ५ सय र बाह्य आम्दानी १० करोड २१ लाख ७ हजार ५ सय २३ रुपियाँ सहित जम्मा ११ करोड ७१ लाख ६ हजार ७ सय १२ रुपियाँ ४१ पैसा बराबरको चालु आर्थिक वर्षको संशोधित बजेट कार्यकारी अधिृकत भिम बहादुर परियार पेश गरेका थिए । 

यसै गरी चालु आर्थिक वर्षको व्ययतर्फ सामाजिक सुरक्षा भत्ता समेत ३ करोड ८० लाख ४८ हजार ४ सय ६० रुपियाँ बराबरको चालु संशोधित व्यय अनुमान र पँुजिगत तर्फ ७ करोड ९१ लाख ५८ हजार २ सय ५२ रुपियाँ ४१ पैसागरी कुल संशोधिन व्यय तर्फ ११ करोड ७२ लाख ६ हजार ७ सय १२ रुपियाँ ४१ पैसाको बजेट पेश गरेका थिए । 

परिषद्मा आगामी आर्थिक वर्ष २०७४।०७५ को लागि आन्तरिक आय तर्फ रु. १ करोड १२ लाख ६१ हजार ४ सय ७० रुपियाँ, नगरपालिका कोष १० लाख, राजश्व बाँडफाँड २७ लाख र बाह्य आय तर्फ रु. ११ करोड ६९ हजार ५ सय ३० रुपैँया गरी कूल रु. १२ करोड ५० लाख ३१ हजार रुपियाँको आय अनुमान प्रस्ताव गरेका थिए भने कुल प्रस्तावित व्यय तर्फ चालु खर्च सामाजिक सुरक्षा भत्ता समेत रु ४ करोड ६६ लाख ५ हजार रुपियाँ र पूँजीगत खर्च तर्फ रु ८ करोड ४३ लाख ६६ हजार रुपियाँ गरि कुल व्यय तर्फ १२ करोड ५० लाख ३१ हजार रुपैंया बराबरको व्यय अनुमान पेश गरका थिए । प्रस्तुत भएको चालु आर्थिक वर्षको संशोधित तथा आगामि आर्थिक वर्षको अनुमानित आयव्यय चौथो नगरपरिषद्ले पारित गरेको छ ।

नगरपरिाष्दको अवसरमा मन्त्री पाण्डेले थाहा नगरपालिकाको नवनिर्मित भवन तथा डिजिटल नागरिक बडापत्रको पनि उद्घाटन गरेका थिए । 
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सदस्य भिम बहादुर भोम्जन, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य विष्णु प्रसाद ढकाल, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामी ‘छिन्तु’, हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे, पूर्व स्थानीय विकास अधिकारी भूवनप्रकाश विष्ट, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडी, स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनाली, नगर बाल संजालका अध्यक्ष विकास सुवेदी, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सरेन्द्य्रमान प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  
 




loading...


ताजा समाचार

मकवानपुरमा एमाले माओवादी एउटै ब्यानरमा कार्यक्रम
मकवानपुरमा नेकपा एमाले र माओवादी केन्द्रले दिपावलीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम एउटै मञ्च र ब्यानरमा गरेका छन् । चुनावी तालमेल, निर्वाचन...
Photo-02-1508309900.jpg
यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन...
download-(1)-1508310537.jpg
पक्राउ परेकाहरु हिरासत मुक्त, होटलको ताला खोलियाे 
खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासत मुक्त गरिएको छ भने होटलको ताला खोलिएको छ ।आर्शिवाद होटलका प्रकाश...
22563698_1021128160217936-1508341010.jpg
राप्रपा छोडेर १ सय ४७ कार्यकर्ता माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका पार्टी कमिटिको आयोजनामा बुधबार भीमफेदीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिटब्यूरो...
Make-Bhimphedi_Tukhabar-H-1508340863.jpg
जेठाजुकाे घर खरानी पारिन् हिरादेवीले
‘रिस खा आफू, बुद्धि खा अरु’ भनेजस्तै श्रीमान्–श्रीमतीवीचको झगडा पर्दा थाहा नगरपालिका–७, आग्रामा एक महिलाले जेठाजुको घर जलाएर ध्वस्त बनाइदिएकी...
element-fire-white-backgr-1508324234.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg