Monday, 23rd October, 2017

जनसहभागितामा चल्नुर्छ रेडियो
मनोहर ढकाल

फेब्रुअरी १३  अर्थात विश्व रेडियो दिवश, संसारका रेडियोकर्मीहरुले उत्सवका रुपमा आजको दिनलाई मनाउने गर्छन् ।  आजकै दिन अर्थात सन् १८९४ फेव्रुअरी १३ मा  ईटलीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविस्कार गरेपछि यसै दिनलाई विश्व रेडियो दिवशको रुपमा मनाउन थालिएको हो । यसै सन्दर्भमा आज नेपालमा पनि रेडियो दिवस मनाइँदै छ ।

वास्तवमै रेडियो एउटा सर्वसुलभ र सरल सञ्चारको माध्यम भएकोले नयाँ नयाँ सञ्चारका प्रविधिको आविस्कार भई रहँदा पनि यसको लोकप्रियतामा कुनै कमी आएको छैन । नेपालको सन्दर्भमा हेर्ने हो भनेपनि सञ्चार जगतमा रेडियोले छोटो समयमा ठूलो प्रगति गरेको देख्न सकिन्छ । नेपालमा एउटै रेडियो, रेडियो नेपाल जुन सरकारी रेडियोको रुपमा आजपनि प्रशारित छ । केही वर्ष अगाडिसम्म यहि एउटा रेडियोबाट मात्र जनता हरु सु–सुचित हुने अवसर प्राप्त गर्दथे । तर २०४६ को बहुदल पश्चात रेडियोको विकास क्रममा परिवर्तन आएको पाउन सकिन्छ फलस्वरुप वि.सं. २०५४ सालमा सामुदायिक रेडियोको सुरुआत भयो । जुन जनताहरुको आफ्नै प्रयासबाट स्थापना भएको थियो रेडियो सगरमाथा १०२.४ मेगाहर्ज यो एफएम व्याण्डको दक्षिण एसियाकै  पहिलो सामुदायिक रेडियो थियो । यसपछि स्थानीयस्तरमा देश भरिनै सयौँ रेडियोहरु स्थापना भइसकेका छन् । देशका महत्वपूर्ण राजनीतिक परिवर्तन हरुमा जनताका तर्फबाट वकालत गर्न सदैव अग्रणी भूमिका खल्दै आएको सर्वविदितै छ । जनतालाई सु–सुचित गर्न स्थानिय स्तरका खुलेका रेडियोहरुले हरदम प्रयास गरिरहेका छन् । राष्ट्रिय तथा अन्तराट्रिय नेटवर्कसंग जोडिएर देश विदेशका खबरहरु स्थानीय स्तरमा पु¥याउने सरल माध्यम रेडियो वनेको छ । स्थानीय रीति, सस्कृति, भाषाको जगेर्ना गर्ने यो एउटा दरिलो माध्यम बनेको छ । 

रेडियोले समुदायको सञ्चारको सम्वाहकको रुपमा कार्य गर्दा गर्दै पनि यो बर्तमान अवस्थामा आएर सञ्चालन गर्न पनि धौ धौ परिरहेको छ । सरकारले सञ्चारलाई गर्ने व्यवहार, स्पस्ट विज्ञापन नीति, रेडियोमा लगाईएको कर जस्ता कारणले रेडियो सञ्चालन नै धराशायी बन्दै गईरहेको बर्तमान अवस्थामा देश विकासको मेरुडण्डको रुपमा रहेको रेडियोहरुलाई समुदायका अगुवाहरुले प्रयोग गर्ने मात्र हैन कि यसलाई बाँच्न सक्नेसम्म बनाउनुपर्ने   देखिन्छ । 

रेडियो सञ्चालकहरुले पनि निष्पक्ष रुपमा जनताको तर्फबाट वकालत गरिदिने माध्यमको रुपमा रेडियोलाई बनाउन सक्नु पर्दछ । शक्तिको पछाडि नलागी जनताको वकालतमा हरदम लागिरहे त्यस्ता रेडियोलाई जनताले माया गरिरहने छन् । त्यो रेडियो सँधै जनताको हुने छ । ती रेडियोहरुले बाँच्नका लागि सरकारलाई गुहार्नु पर्ने छैन जनताले बचाउने छन् । रेडियो दिवसको शुभकामना ।  

(लेखक ढकाल सामुदायिक रेडियो पालुङमा अवद्ध रेडियोकर्मी हुन्)




loading...


ताजा समाचार

तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg
पालुङमा गाडी पल्ट्यो
थाहा नगरपालिका वडा नम्बर २ मा ट्रक पल्टिएको छ । ४ कार्तिक साँझ थाहानगरको पालुङ स्याउली बजारबाट फेदीगाउँतर्फ गइरहेको ना २ ख ९२६३ नम्बरको गाडी पल्टिएको...
acc-1508648932.jpg
बाम गठबन्धनमा जनमोर्चा पनि सामेल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र...
KC-Ba-1508633844.jpg
गोरखा २ मा बाबुराम र नारायणकाजीबीच प्रतिस्पर्धा
सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने...
N&B-1508566990.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg