Sunday, 23rd July, 2017
nea-copy-1498490588.png

जिल्ला शिक्षा कार्यालयहरु यो वर्ष खारेज नहुने

जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी समायोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने देखिएको छ ।

संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भएपनि शिक्षा मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई स्थानीय तहमा हस्तान्तरण नभएपछि विद्यमान जिल्ला शिक्षा कार्यालयबाटै कार्यसम्पादन भइरहेको छ । शिक्षा मन्त्रालयको मातहतमा शिक्षा विभाग र क्षेत्रीय शिक्षा निर्देशनालय हुँदै ७५ जिल्ला शिक्षा कार्यालयको हालसम्मको संरचनामा परिवर्तन नभएसम्म शिक्षा क्षेत्रमा सङ्घीयताको सही कार्यान्वयन नहुने मत आएपनि यो वर्षलाई सङ्क्रमणकालीन समय मानी पुरानै संरचनाबाट काम गरिएको हो ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सरकारको आर्थिक वर्ष २०७४/७५ मा पनि जिल्लाका कर्मचारी, छात्रवृत्ति, पाठ्यपुस्तक, मसलन्दलगायतको बजेट स्थानीय तहमा नदिई जिल्ला शिक्षा कार्यालयमै रहेकाले तत्काल ती कार्यालय खारेज नहुने बताए । विद्यालयको सञ्चालन अनुमति, अनुगमन, स्तरोन्नति, शिक्षक नियुक्ति, बढुवा र सरुवा, विद्यालय व्यवस्थापन समितिलाई मान्यता, प्रधानाध्यापकको नियुक्तिजस्ता काम जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको छ । संविधान बमोजिम यी कामको जिम्मेवारी स्थानीय तहको हो ।

प्रदेश नं २ बाहेक अन्य प्रदेशका अधिकांश स्थानीय तहमा क्रमशः जनप्रतिनिधि आइसकेको अवस्थामा विद्यालय शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विद्यमान निजामती सेवाअन्तर्गत शिक्षा सेवामा कार्यरत कर्मचारीबाटै व्यवस्थापन गराउने तयारी सरकारको छ ।

दुई महिनाअघि शिक्षा मन्त्रालयले सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको कार्यदलले स्थानीय तहमा आफ्ना कर्मचारी समायोजन र कामको हस्तान्तरणबारे सुझाव दिएको थियो । सो प्रतिवेदन हालसम्म लागू भएको छैन ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले महानगरबाट क्रमशः आफ्ना कर्मचारी समायोजन गरिने तयारी भएको बताए । मन्त्रालयको यो तयारीमा त्यहाँका कर्मचारीले ज्येष्ठता र वरिष्ठतालाई पालना गरेर समायोजन गराउन आवाज उठाएका कारण कार्यान्वयनमा ढिलाइ भएको हो । स्थानीय विकास मन्त्रालयले भने छिटो गरेर माविसम्मको जिम्मेवारी हस्तान्तरण हुनुपर्ने बताउँदै आएको छ । शिक्षा सेवाका कर्मचारी ट्रेड युनियनले आफूहरुको ज्येष्ठता र अनुभवको सम्मान तथा सेवा सुविधाबारे पहिला स्पष्ट पार्नुपर्ने माग नेपाल सरकारका मुख्यसचिवसमक्ष दिएपछि समायोजनमा ढिलाइ भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका उपनिर्देशक गेहनाथ गौतमले शिक्षकहरुको बढुवाजस्ता महत्वपूर्ण कागजात एकैपटक स्थानीय तहमा हस्तान्तरण गर्न सहज नभएकाले हाल जिल्ला शिक्षा कार्यालय यथावत् रहँदा अन्यथा नहुने दाबी गरे ।

प्रतिवेदनले महानगरपालिकामा शिक्षा सेवाका सहसचिवको नेतृत्वमा एक शैक्षिक व्यवस्थापन महाशाखा र त्यसको मातहतमा आधारभूत र मावि शिक्षा शाखा, उपसचिवको नेतृत्वमा उपमहानगरपालिका र नगरपालिकामा शैक्षिक व्यवस्थापन शाखा र गाउँपालिकामा शाखा अधिकृतको नेतृत्वमा शैक्षिक व्यवस्थापन शाखा राख्न सिफारिस गरेको थियो । हाल राजपत्राङ्कित प्रथम श्रेणीका २३ सहित शिक्षा मन्त्रालय मातहतमा दुई हजार ७०१ कर्मचारी छन् भने त्यसमध्ये एक हजार ४७० कर्मचारी शिक्षा प्रशासन सेवा समूहका छन् ।

रासस




matadan-1490708286.PNG
loading...


ताजा समाचार

लेखापढी थाहानगरको अध्यक्षमा गाेपाली
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मकवानपुरको थाहानगर समिति गठन भएको छ । थाहानगरको थानाबजारमा भएको भेलाले लेखापढी संम्बन्धी काम गर्नेहरुको...
Lekhapadhi_Tukhabar-Hetau-1500638937.jpg
स्थानीय तहले आफूखुसी कर लगाउन नपाइने भयो
स्थानीय तहले आफूखुसी करका दर तय गर्न नपाउने भएका छन् ।  ६ असारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघबीच स्थानीय...
Untitled-1-1500633523.jpg
बस दुर्घटनामा दुईको मृत्यू, ४६ घाइते, १६ गम्भीर [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका – १ खानीगाउँमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सो दुर्घटनामा ४६ जना...
Accident-Next-1500386960.jpg
थाहानगरमा बस दुर्घटना को–को छन् घाइते ?(हेर्नुहोस् सूची) 
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा...
PHC-1500380469.jpg
थाहानगरमा बस दुर्घटना दुईको मृत्यू ३५ घाइते जना [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा ३५ जना...
Accident01-Next-1500378474.jpg

लोकप्रिय समाचार

थाहानगरमा बस दुर्घटना दुईको मृत्यू ३५ घाइते जना [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा ३५ जना...
Accident01-Next-1500378474.jpg
बस दुर्घटनामा दुईको मृत्यू, ४६ घाइते, १६ गम्भीर [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका – १ खानीगाउँमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सो दुर्घटनामा ४६ जना...
Accident-Next-1500386960.jpg
थाहानगरमा बस दुर्घटना को–को छन् घाइते ?(हेर्नुहोस् सूची) 
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा...
PHC-1500380469.jpg
मकवानपुरका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाए (हेर्नुहोस नामावली)
मकवानपुर जिल्लाका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार भूकम्प अतिप्रभावित १४ जिल्लामध्य मकवानपुरका...
Txopy-1498287641.jpg
रू. १ लाख पाउने थाहानगरका लाभग्राही (हेर्नुहाेस नामावली)
वि.स. २०७२ साल बैशाख १२ गतेकाे विनाशकारी भूकम्प र त्यसपछिकाे पराकम्पहरूबाट अांशिक रूपमा क्षति भएका घरहरूकाे मर्मत सम्भारका गर्नुपर्ने थाहा...
DSC_0249-1499089909.JPG