Tuesday, 30th May, 2017
add-1495205669.JPG

थाहानगरमा प्रमुख जिल्ला अधिकारी दुवाडीले के भने ?

Biukas-Ghar-02-1492962392.jpg

मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शमाृ दुवाडीले सबै दल ढुक्क भएर चुनामा लाग्न आग्रह गरेका छन् । जिल्ला मतदाता शिक्षा समन्वय समिति मकवानपुरका संयोजक समेत रहेका दुवाडीले आचार संहिता पालना गर्दै सबै किसिमले ढुक्क भएर चुनावमा ध्यान केन्द्रीत गर्न दलहरुलाई आग्रह गरेका हुन् । 

थाहा नगरपालिकाको विकास घरमा स्थानीय तह निर्वाचन तयारी, अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी दवाडीले यस्तो बताएका हुन् । कार्यक्रममा थाहा नगरपालिकाका कार्यकारी अधिकृत तथा निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले थाहानगर क्षेत्रमा रहेका मतदान स्थल तथा त्यहाँ सहभागी हुने मतदाताहरुको संख्या तथा सुरक्षाको अवस्थामा समेत जानकारी गराएका थिए । निर्वाचन अधिकृत आचार्यले हाल संचालन भइरहेको मतदाता शिक्षा, आचारसंहिता, सुरक्षा तथा मतदान केन्द्रहरुको विषयमा जानकारी गराएका थिए । 

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका स्थानीय विकास अधिकारी नारायण मैनाली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त कुमार लामा, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, सशस्त्र प्रहरीका मकवानपुर प्रमुख त्रिभुवन विष्ट, अनुसन्धान अधिकृत सरोज पराजुली, नयाँ सबुज गणका सहसेनानी मुरारी मोहन खड्का, निर्वाचन अधिकृत हरि प्रसाद भट्ट, नापी कार्यालय शिखरकोटमा प्रमुख त्रिलोचन निरौला, मालपोत कार्यालयका प्रमुख सुर्यप्रसाद कोइरालालगायतकाको आतिथ्य रहेको थियो । 

सुरक्षा व्यवस्था सबल बनाउन आग्रह 

थाहा नगरस्तरीय राजनैतिक दलका प्रमुखहरुले निर्वाचन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् । थानीय तह निर्वाचन तयारी, अनुगमन तथा अन्तरक्रिया कार्यक्रमका सहभागी दलका प्रमुख तथा प्रतिनीधिहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा नेपाली काँग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठले लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनलाई सबैले आफ्नोपनि सहित अघि बढाउन आग्रह गरे । एमालेका सानुकाजी गोपालीले निर्वाचन सफल बनाउन सबै दल लाग्नु पर्ने बताए । माओवादीका कविराज ढकालले सर्वसाधारणले सहजै सुरक्षित महशुस गरी मतदान गर्ने वातावरण बन्नु पर्ने सुझाव दिए । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्टले सुरक्षाको प्रत्याभूति सहित मतदान गर्ने वातावरण बनाउन स्थानीय प्रशासन सजग हुनुपर्ने बताए । हारजितको निर्णय जनताले गर्ने भएकोले फर्जी मत खसाल्नबाट जोगाउन निर्वाचन कार्यालय तथा सुरक्षा निकाय चनाखो हुन आवश्यक रहेको औल्याए। नयाँ शक्तिका थाहानगर संयोजक सुजन रायमाझीले आफ्नो पाटी चुनावमा कसरी जाने भन्ने रणनीति बन्दै गरेको अवस्थामा जनताले चाहेको चुनाव सफल बनाउन आफ्नो तर्फबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा उठेका सवालहरुको विषयमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्माले जवाफ दिएका थिए । उनले सबै दलको प्रतिवद्धताले मात्र निर्वाचन सफल हुने भएकोले  सहयोग गर्न आग्रह पनि गरे । 

थाहाको सेतिगणेश र घाटदेवीमा सुरक्षा कडा बनाउ

मकवानपुरको थाहा नगरपालिकाको सेतिगणेश निमावि र घाटदेवी निमाविमा फर्जी मत खस्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाउन आग्रह गरिएको छ । विकास घरमा भएको कार्यक्रममा ति दुई मतदान स्थलमा मृत्यु भइसकेका तथा विदशमा रहेका व्यक्तिको नाममा पनि मत खसाल्न खोज्ने पहिलेदेखिको अभ्यासलाई स्मरण गराउँदै कार्यक्रमका सहभागीहरुले यस्तो आग्रह गरेका हुन् । 

कार्यक्रममा सो मतदान स्थललाई थप व्यवस्थित बनाउनको लागि प्रमुख जिल्ला अधिकारीले निर्वाचन अधिकृत तथा सुरक्षा निकायलाई निर्देशन गरेका छन् ।

थाहामा २१ मतदान स्थल तोकिएको छ भने २७ हजार ६६७ मतदाता रहेका छन् ।

- मनोज तितुङ/थाहानगर




matadan-1490708286.PNG
add-1495205951.PNG
loading...
Reg.-1495550477.jpg


ताजा समाचार

प्रदेशस्तरीय राष्ट्रिय रेडियो पत्रकार सञ्जाल बिस्तार
प्रदेश नम्बर ५ को बाँके कोहलपुरमा सोमबार आयोजित रेडियो पत्रकार राष्ट्रिय सञ्जालको दोस्रो भेलाले प्रदेशस्तरीय सञ्जाल बिस्तार गरेको छ । दुई दिनसम्म...
18788802_1021161875541634-1496073243.jpg
गणतन्त्र दिवसको अवसरमा थाहामा दिपावली
दशौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरको विकासघरमा दिपावली गरेर मनाइएको छ । थाहा नगरपालिकाको प्रथम जन निर्वाचित नगर प्रमुख लवसेर विष्टबाट दिप...
Ganatranta-(2)-1496072662.JPG
श्याम प्रसाद शर्माप्रती श्रद्धाञ्जली
हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदान्जली सभा” कार्यक्रम सम्पन्न  जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने ।...
IMG_20170527_210935-1495898741.JPG
सडक दुर्घटनामा गल्छी गाउँपालिकाका अध्यक्ष घाइते
धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । १२ जेठ गजुरी गाउँपालिकाको भल्टार नजिक...
Dhading-1495792743.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg

लोकप्रिय समाचार

थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)...
10-783-1494851826.JPG
थाहामा ७५.७ प्रतिशत मतदान, कुन केन्द्रमा कति खस्याे ?
थाहा नगरपालिकामा मतदान सम्पन्न भएकाे छ । थाहा नगरपालिकामा कूल मतदाता २७६६७ मध्ये २०९४५ मत खसेकाे छ,  कुल मतदाताकाे ७५.७ प्रतिशत हाे ।  ...
mmm-1494777991.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg
थाहा नगरपालिका मत परिणाम वडा नं. ८ (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम वडा नं. ८ (अपडेट)  ...
8-final-1494905654.JPG
थाहानगरमा लवशेर विष्ट नगर प्रमुखमा निर्वाचित
मकवानपुर मकवानपुर थाहा नगरपालिकाको नगर प्रमुख पदमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्वाचित भएकाछन् । नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई दुई...
Lav-1495119580.jpg