Monday, 20th November, 2017
वि.स.

थाहा नगरपालिका अब विहान ९ बजेबाटै खुल्ने
वडाबाटै सम्पत्ती कर तिर्न पाइने, सामाजिक सुरक्षा बैकबाट, पञ्जिकरण अनलाइन

मकवानपुरको थाहा नगरपालिकाले अब विहान ९ बजेबाटै सेवा प्रदान गर्ने भएको छ । थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृतको रुपमा आएका    हरिलाल पुरीले पहिलो कर्मचारी बैठकबाट यस्तो निर्णय भएको जानकारी दिए । निर्णय आउँदो कार्तिक १ गतेबाट कार्यान्वयन हुने कार्यकारी अधिकृत पुरीले बताए । नगरपालिकामा केही नयाँ काम गर्नु आवश्यक रहेको बताउँदै कार्यकारी अधिकृत पुरीले सेवा समय बढाइएको जानकारी दिएका      हुन् । यसरी विहान ९ बजेबाटै कार्यालय खुल्ने थाहानगर जिल्लाकै पहिलो स्थानीय तह भएको छ । 

कार्यालय समयमा कर्मचारीहरुले इमान्दार भएर काम गर्न कार्यकारी अधिकृत पुरीले निर्देशन दिएका छन् । थाहा नगरपालिकामा कर्मचारीहरुको हाजिरी व्यवस्थापन गर्नको लागि इलेक्ट्रोनिक हाजिरी संचालनमा ल्याइने भएको छ । त्यस्तै नगरपालिकामा हाजिर नभइ कामकाजमा गए त्यस्तो कर्मचारीको विवरण नगरपालिकामा सेवाग्राहीले देखिने गरी राखिने र अद्यावधिक गरिने भएको छ । यसले नागरिकलाई सेवा लिन सहज हुने विश्वास लिइएको छ । कार्यालयमा हाजिर भएका तर कामको शिलशिलामा कहिँ कतै जान परे पनि नगरपालिकामा सबैले देखिने गरी को कर्मचारी कहाँ गएको कुन समयमा कार्यालयमा फर्कछन्, कोबाट स्वीकृत लिएर गएको हो उक्त विवरण पनि राखिने नगरपालिकाले जनाएको छ । त्यसो त सबै      कर्मचारीको नाम, पद तथा सम्पर्क नम्बर समेत सेवाग्राहीको पहुँचमा हुने गरी नगरपालिका परिसरमा सार्वजनिक    गरिने छ । 

कर्मचारीहरु विदामा बस्दा वा काजमा जाँदा स्वीकृत कोबाट गराउने भन्ने विषयमा अन्यौलमा नपर्न   कार्यकारी अधिकृत पुरीले आग्रह गरेका छन् । कार्यकारी अधिकृत पुरीले भने–‘वडा सचिवहरुले वडा अध्यक्षबाट, नगरपालिकाका कर्मचारीहरुले   कार्यकारी अधिकृतबाट र कार्यकारी अधिकृतले मेयरबाट स्वीकृत गराउनु   पर्छ ।’ सबै कर्मचारीको एकता र लगनशीलताले नै चुस्त सेवा प्रदान गर्न सकिने भएकोले नगरका सबै विषयगत शाखाको प्रशासनिक व्यवस्थापन नगरपालिकाकै प्रशासनले गर्ने उनले बताए ।

नगरपालिकाबाट प्रदान हुने सेवामा ‘कमेन्ट’ नआउने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइएको छ । नक्शापास तथा अन्य प्रक्रियाहरुमा समेत गुनासो आइरहेकोले नागरिकहरुलाई टोकन प्रणाली मार्फत सेवा प्रारम्भ गरिने पुरीले बताए । आफू र आफ्ना कर्मचारीहरुबाट प्रदान हुने सेवाको ‘क्वालिटी र क्वान्निटी’ मा कुनै पनि सम्झौता नहुने उनको प्रतिवद्धता रहेको छ । नगरपालिकाले संचालन गरेको हरेक काम कारवाही पारदर्शी हुनुपर्ने भएकोले आफ्नो शाखा र फाँट तथा वडाबाट भएको प्रगती विवरण कार्यालयको सूचना शाखामा जानकारी गराउन आग्रह गरे । यस्तो विवरण वेभसाइट र नगर बुलेटिन मार्फत सार्वजनिक गरिने थाहा नगरपालिकाले जनाएको छ । कार्यकारी अधिकृत पुरीले नगरका लाभग्राही भूकम्पपीडितको विवरण डिजिटल रुपमा अद्यावधिक गरी सम्झौता तथा लाभग्राहीको सहयोग रकम निकासामा गम्भीर भएर लाग्न वडा सचिवहरुलाई आग्रह गरे । 

वडाबाटै सम्पत्ती कर तिर्न पाइने

छ वटा गाविस एकीकृत भएर घोषणा भई कार्यान्वयन भएको थाहा नगरपालिकामा अब वडाबाटै एकीकृत सम्पत्ती कर तिर्न सकिने व्यवस्था मिलाइने भएको छ । कार्तिक महिनाबाट यो सेवा संचालन गर्नका लागि तयारी थालिएको कार्यकारी अधिकृत हरिलाल पुरीले बताए ।

१२ वटा वडा रहेको थाहामा अहिले संचालनमा रहेका छ वटा संयुक्त वडा कार्यालयबाट यो सेवा कार्तिकबाटै शुरु गरिने  कार्यकारी अधिकृत पुरीले जानकारी दिए । उनले भने–‘यसरी शुरु गर्न लागिएको सेवा मार्फत जुनसुकै वडाबाट पनि जुनसुकै वडाको कर तिर्न सकिने व्यवस्था गरिनेछ ।’ आग्राको सेवाग्राही काठमाण्डौबाट कर तिर्न आए, उनलाई चित्लाङ नजिक पर्छ भने उनले त्यहीबाट कर तिर्न सक्छन्–पुरीले भने । 

थाहा नगरपालिकामा अहिलेसम्म  एकीकृत सम्पत्ती कर तिर्नको लागि नगरपालिका कार्यालय नै पुग्नु पर्ने बाध्यता छ । नगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ बाट एकीकृत सम्पत्ती कर लागु गरेको हो । 

सामाजिक सुरक्षा बैकबाट, पञ्जिकरण अनलाइन

थाहा नगरपालिकामा एकीकृत भएका गाविसहरुका सामाजिक सुरक्षा लाभग्राहीको पनि सामाजिक सुरक्षा भत्ता बैकबाटै प्रदान गरिने भएको छ । आर्थिक वर्ष २०७३-०७४ बाट सामाजिक सुरक्षा बैङ्किङ प्रणालीबाट वितरण थालेको थाहाले एकीकृत भएका आग्रा, टिष्टुङ र चित्लाङका लाभग्राहीलाई पनि बैक मार्फत नै भत्ता वितरण गर्ने भएको हो । नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता तिहार अघि नै वितरण गर्ने तयारीमा जुटेको छ । 

यसैबीच थाहा नगरपालिकामा व्यक्तिगत घटना दर्ता अनलाईनबाटै गर्न थालिएको छ । नगरबासीको जन्म, मृत्यू, बसाइसराई, विवाह र सम्बन्ध विच्छेदको घटना अनलाइनबाटै गर्न थालेको हो । अहिले थाहा नगरपालिका वडा नम्बर ११ र १२ बाट यो सेवा प्रारम्भ भएको वडा सचिव पूर्ण गोलेले    जानकारी दिए । मकवानपुर जिल्लामा थाहा नगरपालिका अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने पहिलो र एक मात्र स्थानीय तह हो । 
 




loading...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg