Monday, 23rd October, 2017

थाहा नगरपालिका प्रतिपक्षबिहिन ?

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा हुनेवाला थिएन । जस्तोकि यसअघिको स्थानीय निर्वाचनमा थाहामा काँग्रेस–माओवादी तालमेलले पनि त्यति हलचल पैदा भएको थिएन । उनीहरुको संयुक्त चुनावी सभासमेत भएन र आआफ्नो ढंगले तर गठबन्धनकै पक्षमा मत मागिएको थियो । 

केन्द्रीय दृष्टिकोण यो वा त्यो जे भएपनि थाहानगरमा पहिलेदेखि नै माओवादीले एमालेलाई हेर्ने समग्र दृष्टिकोण राम्रो थिएन । एमाले पनि माओवादीसँग भन्दा जनमोर्चासँग सहकार्य गर्न बढी रुचाउँथ्यो । गाविसबाट नगरपालिका बनेपछि नगरपालिकाको विकासका एजेण्डाहरुमा पनि यी दुई पार्टीको मत फरक–फरक हुने गरेको थियो । यसो हुनुका पछाडि मुख्य कारण यी दुबै पार्टीका पछाडि एउटा खास जनमत थियो । दुबैको कार्यशैली, स्कुलिङ फरक थियो । पालुङ क्याम्पसको स्ववियु निर्वाचनमा माओवादी, काँग्रेस र जनमोर्चा एकातिर र एमाले र नयाँ शक्ति नेपाल अर्कातिर भएपछि त्यसले पनि माओवादी–एमाले सम्बन्धमा थप चिसो पसेको थियो । 

मुख्य प्रतिष्पर्धामा रहेको माओवादीसँग काँग्रेस पनि मिसिएपछि नगरसभाको चुनावमा एमाले एक्लै लडेको थियो । यसले काँग्रेसलाई हँसिया हथौडामा र माओवादीलाई रुखमा भोट हाल्ने मन नहुँदा नहुँदै पनि एमालेसँगको तिक्तताको कारण सम्भव या वाध्य बनाएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेताहरुको टाउकाको मोल तोक्ने बेला थाहानगरका हालका कतिपय माओवादी कार्यकर्ताहरु संयुक्त जनमोर्चा वा जनमोर्चा नेपालमै थिए । त्यसैले सरकारका रुपमा काँग्रेस र लडाकूका रुपमा माओवादी थाहानगरमा आमनेसामने पनि हुनु परेको थिएन । यसले  पनि एमालेको विपक्षमा माओवादी–काग्रेस एक ठाउँमा उभिन खासै समस्या भएको थिएन । त्यसमाथि जिल्ला सर्कुलर त मान्नैप¥यो किनकि स्थानीय तह निर्वाचनमा माओवादीले हेटौंडानगर काँग्रेसलाई छोडिसकेको थियो । अर्कातिर नयाँशक्ति पार्टी बनेपछि केही नेता तथा कार्यकर्ता उतै लागेपछि माओवादी र नयाँशक्ति पार्टीबीच पनि सम्बन्ध समुधुर बन्न सकेको थिएन ।

हाल एकाएक एमाले–माओवादी–नयाँशक्ति पार्टी चुनावी तालमेल मात्र होइन, पार्टी एकताकै पक्षमा सहमतिमा आएर एउटै मञ्चमा उभिएपछि यसले थाहानगरमा एकातिर उनीहरुका नगरभन्दा तल्लो तहका कार्यकर्ता बीच नै एकले अर्कालाई कसरी स्वीकार्ने भन्ने अभिव्यक्ति दिन थालेका छन् । ३ वटै पार्टीका नगरस्तरका नेताहरु भने मौन छन् र आ–आफ्नो पार्टीको केन्द्र र जिल्लाको सर्कुलर कुरेर बसेका छन् । अन्ततः कसैले नचाहेर पनि अब थाहानगरमा समेत यी तीन पार्टीको गठबन्धन त बन्ने नै छ । तर, थाहा नगरपालिकामा जनप्रतिनिधि हेर्दा अब मिल्दै गरेको एमाले–माओवादी र माओवादीसँगै मिलेर जनप्रतिनिधि पाएको काँग्रेसको उपस्थिति रहेकोले लगभग व्यवहारमा थाहानगरपालिका प्रतिपक्षविहिन हुने देखिन्छ ।




loading...


ताजा समाचार

राप्रपाका अध्यक्ष थापा मकवानपुर-१ बाट चुनाव लड्ने पक्का
 राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर-१...
KT-001-1508756647.jpg
आग्राबाट आहा  ! [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरपालिकाको आग्रामा घुम्न जाने समय यहि हो । यहाँबाट उत्तरतर्फ हिमालयको लहर अवलोकन गर्न सकिन्छ भने गाउँहरुमा...
Agg-1508745990.jpg
रामचन्द्रका सम्धी पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ !
सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ...
CEO-1508744610.jpg
तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg