Monday, 20th November, 2017
वि.स.

थाहा पोलिक्लिनकको लापरबाही
खानीपानीको मुहानमै अस्पतालजन्य फोहोर फाल्दै

मकवानपुरको थाहा नगरपालिकामा रहेको थाहा पोलि क्लिनिकले खानेपानीको मुहानमै अस्पतालजन्य फोहोर फाल्ने  गरेको पाइएको छ । स्वास्थ्य संस्थाबाट निस्कने औषधिका खाली सिसी, सुई,     रगत लतपतिएका कपडा, कपास, औषधिका खोल र पञ्जा समेत थाहा नगरपालिका वडा नम्बर ४ स्थित कुर्सीमोड नजिकैको गैरीमा फालेको भेटिएको छ । 

वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य संस्थाका फोहरको यथोचित व्यवस्थापनमा थाहा पोलि क्लिनिकको हेलचेक्राई पाइएको हो । क्लिनिकले प्रयोगशालामा प्रयोग गरिएको सामाग्री समेत बस्ती माथिको पानीको मुहानमाथि छेवैमा मनपरि ढंगले फालेको हो । 

पोलिक्लिनिकका सञ्चालक सदस्य सहदेव ढकालले भने–पोलि क्लिनिकको फोहोर आफैले व्यवस्थापन गर्ने गरेको बताए । उनले सिरिन्ज जलाउने मेशिन आफैसँग रहेको र अन्य फोहोर बाहिर लगेर जलाउने गरेको जिकिर गरे । नजिकैकोे जग्गा भाडामा लिएर फोहोर जलाउने गरिएकोमा केही समयदेखि उक्त कार्य अवरुद्ध भएको उनले बताए । 

गाउँलेले धाराको पानी खानै छोडे

थाहा–४ का कारुलखोला खानेपानी उपभोक्ता समितिका एक उपभोक्ता एक दिन गाडी चढेर दामन जाँदै थिए । उत्तिन्खेर उनको आँखा सडक भन्दा तलतिर प¥यो । सेतो फोहोरको थुप्रो देखे । गाउँमा लगेको खानेपानीको मुहान माथि फोहोरै हो कि भन्ने उनलाई जिज्ञासा लाग्यो । ति उपभोक्तालाई कोतुहुलता जाग्यो, घर आएपछि एक्लै हेर्न पुगे । देखे, थाहा पोलिक्लिनिकको फोहोर ।  रगत लतपतिएको कपास, सूईहरु, औषधिका बोत्तल, फोहोरै फोहोर उनले गाउँमा त्यही कुरा भने । 

पानीको मुहानमाथि अस्पतालजन्य फोहोर फालेको देखेपछि अहिले थाहा–४ भुईडाँडाका बासिन्दाले धाराको पानी खानै छोडेका छन् । स्थानीय भूसुने ओडारको मुहानबाट ल्याएको खानेपानी आयोजना अन्तर्गत किटेनी र भुईडाँडाका करिब तीनसय परिवारले पिउने गर्थे । अहिले खानै छाडेका छन् । 

कानूनमा के छ ?

फोहर व्यवस्थापनसम्बन्धी ऐन २०६८ र नियमावली २०६९ मा स्वास्थ्य सस्थाले आफैँ फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । फोहोरमैला व्यवस्थापन ऐन ०६८ को परिच्छेद् ९ को दफा ३९ बमोजिम अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचेक्र्याइँ गर्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । 

फोहरमैला व्यवस्थापन ऐन, २०६८ को परिच्छेद ९ को दफा ३८ को खण्ड    (ञ) बमोजिम जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वा निश्काशन गर्नेलाई तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भने सोही ऐनको दफा ३८ को खण्ड (ट),  (ठ) र (त) बमोजिम स्थानीय निकायले पचास हजार रुपैयैया देखि एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भने पटक पटक यस्तो कार्य गरेमा कानून बमोजिम अनुमुमति रद्द गर्नको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ । यस्ता फोहोरलाई अन्य फोहोरसँग मिसाएर फाल्ने, जनस्वास्थ्य र   वातावरणमा असर पुग्ने किसिमका फोहोरमैलालाई खुला स्थानमा फाल्नु फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार दण्डनीय कार्य हो ।

विज्ञहरु के भन्छन् ?

विज्ञका अनुसार वातावरण र मानव स्वास्थ्यका लागि स्वास्थ्य संस्थाका फोहर घातक हुन्छ । स्वास्थ्य संस्थाबाट संक्रमणात्मक फोहर निस्कने हुँदा त्यसले थप खतरा हुने विज्ञहरु बताउँछन् । पानीकै मुहानमा यस्तो फोहर फ्याँक्दा पानीमा एमोनियाको मात्रा बढाउँछ । अक्सिजन सोस्छ । माइक्रोन्युटेनजस्ता सूक्ष्म तत्वको मात्रा बढ्न गई पानीको गुणस्तर घट्छ ।

स्वास्थ्य संस्थाका फोहरलाई खुला ठाउँमा विसर्जन गर्न हुँदै हुँदैन । फोहर–प्रदूषणले वायुमण्डलमा कार्बनडाइअक्साइको मात्रा बढ्न गई पृथ्वीको तापमान वृद्धि हुने र त्यसले जलवायु परिवर्तन गराउने विज्ञहहरुको तर्क छ । अस्पतालहरूले लापरबाहीपूर्ण तरिकाले फोहोर फाल्ने गर्दा मानव स्वास्थ्य संकटमा परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालजस्तो विकासोन्मुख राष्ट्रमा उत्पादन हुने अस्पतालजन्य फोहोरमध्ये ८५ प्रतिशत सामान्य फोहोर, ५ प्रतिशत संक्रामक फोहोर र १० प्रतिशत असंक्रामक तर जोखिमयुक्त फोहोर रहने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

संगठनको अध्ययनले ‘सिरिन्ज’ लगायत चिकित्साजन्य फोहोरबाट ुएचआइभीु संक्रमण फैलिन सक्ने बताएको छ । यस्ता फोहोरको समुचित व्यवस्थापनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा विभिन्न कानुनी व्यवस्था र मापदण्डहरूको तर्जुमा गरिएको भए तापनि तिनको सही पालना हुन नसक्दा अस्पतालजन्य फोहोर व्यवस्थापनको चुनौती दिन प्रतिदिन बढ्दै गएको हो ।
फोहोर व्यवस्थापनका सम्बन्धमा सरकारले ऐन नै बनाएको छ । तर, कार्यान्वयन हुन नसक्दा मानव स्वास्थ्यमा खतरा बढ्दै गएको छ ।

ऐन नियम कागजमै सीमित नगर

सरकारले फोहरमैला व्यवस्थापन सम्बन्धमा विभिन्न ऐन, नियम बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । फोहरमैला व्यवस्थापन ऐन २०६८ र नियमावली २०६९ को व्यवस्था मिचेर स्वास्थ्य संस्थाले फोहरसँग लापर्बाही गरिरहेका छन् । यस्तो लापरबाही गर्नेलाई स्थानीय निकायले नै कारबाही गर्न सक्नेछ । अस्पतालजन्य फोहर र अन्य साधारण फोहरसँगै मिसाउन र विसर्जन गर्न नपाइने कानुनी प्रावधान छ । ऐनले फोहर उत्पादन गर्नेले नै फोहरको यथोचित व्यवस्थापन गर्नुपर्ने किटान गरेको छ ।

अस्पतालबाट निस्केको फोहरका कारण कोही मानिस बिरामी परेमा उजुरी गर्न पाइने कानुनी व्यवस्था छ ।स्वास्थ्य संस्थाका फोहर जभाभावी फाल्ने अस्पतालमाथि पनि कानुनी कारबाहीको व्यवस्था छ । 
 




loading...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg