Wednesday, 20th September, 2017

दशैंको टीकाको साइत ११ बजेर ५५ मिनेटमा

download-1504712561.jpg

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ। विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ। त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ। असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ। फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ। फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ। त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ।

असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ। असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ। विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ। सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए।

‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ’, उनले भने।

विजया दशीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ। 




loading...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg