Friday, 20th October, 2017

दुर्घटनाग्रस्त क्षेत्र कि दुर्घटना सम्भावित क्षेत्र ?

Devraj-1489421152.jpg

पत्रकारितामा स्नातकोत्तर हेटौडाका देवराज पन्त शब्द चयनमा विशेष ध्यान दिन्छन् । ट्राफिक प्रहरीले ठाउँठाउँमा दुर्घटनाग्रस्त क्षेत्र भनेर साइनबोर्ड राखेको देखेपछि उनले फेसबुकमा लेखे—

ट्राफिक प्रहरी ज्यु ? 
दुर्घटनाग्रस्त क्षेत्र हो कि दुर्घटना सम्भावित क्षेत्र हो ?

किन त भन्ने विकासखबर डट कमको प्रश्नमा पन्तले भने -
"कुनै सवारी दुर्घटनामा परेपछि त्यस्तो सवारीलाई दुर्घटनाग्रस्त भनिन्छ जस्तै दुर्घटनाग्रस्त जहाज, दुर्घटनाग्रस्त रेल, दुर्घटनाग्रस्त बस आदि । तर, कुनै स्थान आफैमा दुर्घटनाग्रस्त हुँदैन । कुनै स्थान दुर्घटनाग्रस्त भयो भन्नुको अर्थ त्यो स्थान आफै दुर्घटनामा परेको छ  र त्यसका कारणले उक्त स्थानको अवस्था भताभुंग भएको छ भन्ने हुन्छ । तर, कुनै स्थान तहसनहस हुनु दुर्घटनाको परिभाषा भित्र पर्दैन । प्राकृतिक घटना दुर्घटना होइनन् । 

विविध कारणले कुनै स्थानमा बढी दुर्घटना हुनसक्छ अर्थात् सवारी दुर्घटना बढी हुने गरेको पाइएपछि कुनै स्थान बढी दर्घटना हुने स्थानको रुपमा चिनिएको हुन सक्छ । खासगरी सडक यातायातका क्षेत्रमा बढी दुर्घटना भइरहने स्थान वा क्षेत्रहरु ल्गभग पहिचान गरिएको हुन्छ । यदि कुनै स्थानमा बढी दुर्घटना हुने गरेको छ भने त्यसको आधारमा त्यस्तो स्थानलाई बढी दुर्घटना हुने गरेको क्षेत्र वा दुर्घटना हुने सम्भावना रहेको क्षेत्र भन्न सकिन्छ । 

कतिपय यस्ता दुर्घटना बढी हुने क्षेत्रलाई ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाग्रस्त क्षेत्र भनेर सूचित गरेको देखिन्छ । यसको आसय दुर्घटना बढी हुने क्षेत्र भन्ने नै हो तर झट्ट बुझ्दा त्यस्तो सूचनाले तत्काल कुनै दुर्घटना भएको क्षेत्र भन्ने बुझिन्छ अर्थात् उक्त स्थानमा त्यसबखत दुर्घटना भएको छ भन्ने अर्थ लाग्छ । त्यसैले दुर्घटनाग्रस्त क्षेत्र होइन, दुर्घटना सम्भावित क्षेत्र भनौं ।"
 




loading...


ताजा समाचार

मकवानपुरमा एमाले माओवादी एउटै ब्यानरमा कार्यक्रम
मकवानपुरमा नेकपा एमाले र माओवादी केन्द्रले दिपावलीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम एउटै मञ्च र ब्यानरमा गरेका छन् । चुनावी तालमेल, निर्वाचन...
Photo-02-1508309900.jpg
यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन...
download-(1)-1508310537.jpg
पक्राउ परेकाहरु हिरासत मुक्त, होटलको ताला खोलियाे 
खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासत मुक्त गरिएको छ भने होटलको ताला खोलिएको छ ।आर्शिवाद होटलका प्रकाश...
22563698_1021128160217936-1508341010.jpg
राप्रपा छोडेर १ सय ४७ कार्यकर्ता माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका पार्टी कमिटिको आयोजनामा बुधबार भीमफेदीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिटब्यूरो...
Make-Bhimphedi_Tukhabar-H-1508340863.jpg
जेठाजुकाे घर खरानी पारिन् हिरादेवीले
‘रिस खा आफू, बुद्धि खा अरु’ भनेजस्तै श्रीमान्–श्रीमतीवीचको झगडा पर्दा थाहा नगरपालिका–७, आग्रामा एक महिलाले जेठाजुको घर जलाएर ध्वस्त बनाइदिएकी...
element-fire-white-backgr-1508324234.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg