Saturday, 23rd September, 2017

धादिङको जनता विद्यालयमा "सिकाईको फरक अभ्यास"

विद्यालयमा शैक्षिक सिकाइको लागि अभिभावक पनि पुग्छन् भन्दा अचम्म लाग्न सक्छ । धादिङको श्री जनाता आधारभुत विद्यालयमा शैक्षिक सिकाइका लागि अभिभावक नै पुगे । बालबालिकालाई विद्यालयमा खेल्न पठाएको हो भन्ने अभिभावक नै विद्यालयमा पुग्दा उनीहरु निकै उत्साहित थिए । धादिङका थाक्रे गाउँपालिकाको उक्त विद्यालयका अभिभावकहरु उत्साहित भएका हुन् । 

शैक्षिक वर्षको शुरुवातमा सरकारी शिक्षा पद्धतीहरुको विषयमा थुप्रै आलोचना भईरहेको बेला पिस फर पिपुलले जुराएको यो सिकाई अभियान प्रभावकारी देखिन्थ्यो । यस्तो सिकाई कार्यक्रम पिस फर पिपुलले आयोजना गरेको हो । सरकारी शिक्षालाई पनि सुधार्न अभिभावकलाई सिकाईको अभ्यास बारेमा ज्ञान दिन पिस फर पिपुलले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमा अभिभावको भुमिका, शिक्षाको उद्देश्य, बालबालिकाहरुको विकास हुनु पर्ने सवालहरुको बारेमा अभिभावकहरुलाई खेल, नाटकको माध्यामबाट जानकारी गराईएको पिस फर पिपुलकी निर्देशक पुनम खड्गीले जानकारी दिइन् । विद्यालयमा पिस फर पिपुलले यस्तो सिकाइ कार्यक्रम संचालन गरेकोमा प्रधानाध्यापक उत्तम प्रसाद सुवेदीले खुशी व्यक्त गरे । 

बालमैत्री शिक्षा प्रदान गर्नेको लागि अभिभावक, शिक्षक र विद्यार्थीको उत्तिकै महत्व हुने र यसको लागि अभिभावकले घरबाट आफ्नो बालबालिकहरुको कुराहरुलाई बुझेर त्यही अनुसारको सिकाई सुरु गर्नु पर्ने समय आएको पिस फर पिपुलकी अभियान्ता पुनम खड्गीले जानकारी दिइन् ।

कार्यक्रममा सहभागी भएपछि अभिभावक केशव प्रसाद प्याकुरेलले भने–‘हामीले आज सम्म यस्तो खाल नयाँ प्रकृतिका सिकाई प्रक्रियाहरुमा भाग लिगेको थिएनौ त्यसैले कार्यक्रम निकै उपयोगी लाग्यो, बिद्यालय जाने भनेको केवल पढ्नको लागि मात्र हो भन्ने लाग्दथ्यो तर यो गलत रहेछ, खेलबाट झनै विद्यार्थीहरुलाई नयाँ कुरा सिकाउन मद्दत गर्दो रहेछ ।’

ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुमा बालबालिका विद्यालय छोड्ने दर उच्च देखिने र यसको मुख्य कारण सिकाई प्रक्रिया भएकोले संस्थाले अभियानलाई निरन्तरता दिने पिसफर पिपुलका अभियान्ता सन्तोष विडारीले जानकारी दिए । पिस फर पिपुलले गुणस्तरीय शिक्षाको लागि विभिन्न कार्यक्रमहरु सहित अभियानहरु संचालन गरिरहेको छ ।
 




loading...


ताजा समाचार

बुद्ध लामा बने नेपाल आइडल
बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । ६ असोजमा कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएकाे...
Budda-lama-1506128563.jpg
नतीजा नबिग्रियोस् : मेयर लवशेर विष्ट
थाहा नगरपालिकाका मेयर लवशेर विष्टले अन्य कुरा जे भएपनि नतीजा विग्रन नदिन सबैको चासो हुनुपर्ने बताएका छन् । थाहा–२ सोल्टुमा रहेको  मत्स्यनारायण...
mnmv-1506111720.jpg
मकवानपुरमा सात वटा नयाँ झोलुङ्गे पुल
वर्षातको बाढीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य मकवानपुरको ग्रामिण क्षेत्रका जनताले बितेको आर्थिक वर्षमा सात वटा नयाँ झोलुङ्गे पुल पाएका छन् । नयाँ...
Pul-1506063658.jpg
ईन्द्रसरोवर मत्स्य व्यवशायी संघको साधारण सभा सम्पन्न
ईन्द्रसरोवर मत्स्य व्यवसायी संघको आठौं तथा इन्द्रसरोवर कृषि सहकारी संस्थाको तेस्रो साधारण सभा मार्खुमा सम्पन्न भएको छ । ईन्द्रसरोवर मत्स्य...
Indra-1506080510.jpg
नगरपालिकाको आर्थिक कार्यविधि पास गर्न ढिलासुस्ती
नगरसभा सकिएको दुई महिना बितिसक्दा पनि थाहा नगरपालिकाले नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनाउनु पर्ने कानून अझै बनाउने तर्फ...
thaha-nagarpalika-1506080859.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg