Monday, 23rd October, 2017

नयाँ वर्षको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

images-cms-image-00001996-1492142522.gif

राष्ट्रपति विद्यावेदी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ 'राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको हुँदा हाम्रो देशमा भएको प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् सम्मुनत वनाउने दायित्व हाम्रो काँधमा आएको छ।'

राष्ट्रपति भण्डारीले नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला भएकाले सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना गरेकी छन्। 

सन्देशमा भनिएको छ, 'लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु अहिले हाम्रो प्रमुख कार्यभार भएकाले यसको सुदृढीकरणमा सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने अपेक्षा गर्दछु।' राष्ट्रपति भण्डारीले नयाँ जोश, उमङ्ग र उत्साहसहित मुलुक र मुलुकवासीमा नयाँ वर्ष २०७४ ले खुसीको सञ्चारसहित सुदृढ राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै शुभकामना व्यक्त गरेकी छन्। 

यसैबीच उपराष्ट्रपति पुनले पनि नयाँ वर्ष २०७४ अवसरमा शुभकामना सन्देश दिँदै २०७४ सालमा संविधान कार्यान्वयन र आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र सम्बृद्ध राष्ट्र निर्माणजस्तो मुलुकको साझा एजेन्डामा सबैको ध्यान जाओस् भनी कामना गरेका छन्। 

उपराष्ट्रपति पुनले शुभकामना सन्देशमार्फत ‘आफ्नो भाग्यको फैसला आफैँ गर्ने’ स्थानीय तहको निर्वाचनमा सहभागी भएर लामो सङ्घर्षपछि प्राप्त अधिकारको प्रयोग गर्न कोही पनि वञ्चित हुनु नहुने बताएका छन्।  सन्देशमा उनले राष्ट्रको समुन्नति, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा नयाँ सुःख, शान्ति, सु–स्थास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गररेका छन्। रासस 




loading...


ताजा समाचार

तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg
पालुङमा गाडी पल्ट्यो
थाहा नगरपालिका वडा नम्बर २ मा ट्रक पल्टिएको छ । ४ कार्तिक साँझ थाहानगरको पालुङ स्याउली बजारबाट फेदीगाउँतर्फ गइरहेको ना २ ख ९२६३ नम्बरको गाडी पल्टिएको...
acc-1508648932.jpg
बाम गठबन्धनमा जनमोर्चा पनि सामेल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र...
KC-Ba-1508633844.jpg
गोरखा २ मा बाबुराम र नारायणकाजीबीच प्रतिस्पर्धा
सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने...
N&B-1508566990.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg