Wednesday, 20th September, 2017

प्राधिकरणको बैठक भत्ता बढ्यो ३६०%

NEA-1503545102.jpg

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले आफ्नो बैठक भत्ता आफैंले ३६० प्रतिशत बढाएर लिन थालेका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा बसेको समिति बैठकले सञ्चालकहरूको भत्ता २५ सयबाट बढाई ९ हजार रुपैयाँ पुर्‍याएका हुन् ।

अध्यक्ष तथा सञ्चालकहरूले गत फागुन ११ को बैठकबाट भत्ता बढाई लिन थालेको स्रोतले जनायो भन्दै ८ भदौको कान्तिपुर दैनिकले समाचार प्रकाशन गरेको छ । फागुन ११ पछिका हरेक बैठकमा सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा सदस्यसचिव र आमन्त्रित सदस्यले ९ हजारका दरले बैठक भत्ता लिन थालेका छन् । प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसहित ७ सदस्य छन् । समितिको बैठकमा ऊर्जा मन्त्रालयका कानुन हेर्ने सहसचिव र आधिकारिक युनियनका प्रतिनिधिलाई समेत आमन्त्रित सदस्यका रूपमा बोलाई भत्ता दिने गरिएको स्रोतले बतायो ।
 
घाटामा रहेको प्राधिकरण आफ्ना सञ्चालक समितिका पदाधिकारीलाई सबैभन्दा बढी भत्ता दिने सरकारी निकाय भएको छ । नाफामा रहेका सरकारी निकायमध्ये राष्ट्रबैंकले ५ हजार र नेपाल टेलिकमले ४ हजारका दरले सञ्चालकहरूलाई बैठक भत्ता दिन्छन् । प्राधिकरणजस्तै घाटामा रहेको जनक शिक्षा सामग्री केन्द्रले सञ्चालकहरूलाई बैठक भत्ता २ हजार रुपैयाँ मात्र दिने गरेको छ ।

सञ्चालक समितिमा ऊर्जा सचिव उपाध्याय अध्यक्ष, अर्थसचिव शान्तराज सुवेदी, चन्द्र टण्डन, उमेश थानी, भक्तबहादुर पुन, चेतराज जोशी सदस्य तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्यसचिव छन् । अध्यक्ष रहेका ऊर्जा सचिव उपाध्याय आफूभन्दा कनिष्ठ भएकाले अर्थसचिव सुवेदी भने कुनै पनि बैठकमा जाने गरेका छैनन् ।

सञ्चालक समितिले सञ्चालक या बाहिरका विज्ञको अध्यक्षतामा गठन हुने समिति, उपसमिति, पदपूर्ति समिति, पुनरावलोकन समिति र मेडिकल बोर्डका अध्यक्ष/संयोजक र सदस्यहरूको बैठक भत्तासमेत दोब्बर बढाएको छ । सञ्चालक समितिको असार २९ मा बसेको बैठकले समिति, उपसमिति, पदपूर्ति समिति लगायतको बैठक भत्ता बढाएको हो । सञ्चालक समितिले सञ्चालक या बाहिरका विज्ञको अध्यक्षतामा गठन गरेका कमिटीका संयोजक र सदस्यको बैठक भत्ता १५ सयबाट बढाई ३ हजार पुर्‍याएको हो । सञ्चालक समितिले प्राधिकरणका सञ्चालकबाहेक प्राधिकरणका पदाधिकारीको संयोजकत्वमा गठन गर्ने समितिको संयोजक र सदस्यको भत्ता १ हजारबाट बढाएर १५ सय पुर्‍याएको छ । 

प्राधिकरणका सञ्चालक संयोजक रहने पदपूर्ति तथा पुनरावलोकन समितिका पदाधिकारीको भत्ता १५ सयबाट बढाएर ३ हजार पुर्‍याइएको छ । मेडिकल बोर्डका पदाधिकारीको भत्ता भने १५ सयबाट बढाएर २५ सय पुर्‍याइएको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक संयोजक रहने कमिटीका पदाधिकारीलाई १५ सय र प्राधिकरणका ११ तह वा त्यसभन्दा तलका अधिकारी संयोजक रहेको समितिका पदाधिकारीलाई ८ सय भत्ता तोकिएको छ । यसअघि प्राधिकरणमा नियमित तलब खाने आफ्ना कर्मचारीको संयोजकत्वमा गठन हुने समितिका पदाधिकारीलाई बैठक भत्ता दिइन्नथ्यो ।




loading...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg