Tuesday, 22nd August, 2017

बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको पत्र

supreme-court-of-nepal-1492140889.jpg

सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ ।

द्वन्द्वकालीन मुद्धामा सर्वोच्चले २०६६ पुस १९ गते ढुंगेललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । बाबुराम भट्टराई नेतृत्वो सरकारले आममाफीका लागि सिफारिस गरेपनि सर्वोच्चले गत वर्ष फागुन २३ गते आममाफी सिफारिस कार्यान्वयन गर्न रोक लगाएको थियो ।

तर, ढुंगेल अझै पक्राउ परेका छैनन् । माओवादी पूर्वसांसद समेत रहेका ढुंगेलले अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्छु भन्दै अभिव्यक्ति दिएपछि उनी विरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्धा परेको थियो ।

रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले ढुंगेलको अधिव्यक्ति अत्यन्त आपत्तिजनक र अशोभनीय भनेको छ । अदालतको फैसलाको अवज्ञा र अनादर भाषण गरिहिड्ने कार्य स्वीकार्य नहुने भन्दै सर्वोच्चको आदेशमा भनिएको छ, ‘अदालतबाट सजाय पाएका व्यक्ति फैसला मान्दिनँ, आरेज गर्छु भन्ने र फैसला कार्यान्वयन गर्ने तथा न्यायपालिकाको नेतृत्व गर्ने न्यायाधीश तथा प्रधानन्यायाधीशप्रत अमर्यादित, आपत्तिजनक र भौतिक आक्रमण जस्ता धम्की दिने र कानुन कार्यान्वयन गर्नु पर्ने निकायहरु मुखदर्शक बन्ने स्थिति रहेक मुलुकमा अदालत रहनु वा नरहनुको कुनै अर्थ रहँदैन ।’

ढुंगेल पीडित तथा समाजका लागि खतरा बनेको तथा स्वतन्त्र न्यायपालिकाको अस्मिता एवं विधिको शासनको रक्षाका लागि उनलाई तत्काल पक्राउ गर्नु आवश्यक देखिएको भन्दै सर्वोच्चले वारेन्ट जारी गरेको छ । साथै प्रहरी परिचालन गरी जहाँ भएपनि ७ दिनभित्र पक्राउ गर्न र अदालतमा प्रतिवेदन पेश गर्न प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चले लगतै प्रधानमन्त्री प्रचण्डको नाममा पत्र काटेर ढुंगेललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले प्रधानमन्त्रीको नाममा सर्वोच्चले पत्र पठाएको अनलाइनखबरमा समाचार प्रकाशित छ ।




loading...


ताजा समाचार

भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg
विद्युत प्राधिकरणमा व्यापक सरुवाः पालुङ प्रमुख कहाँ पुगे ? (हेर्नुहोस् सरुवा सूची)
नेपाल विद्युत प्राधिकरणले फेरि कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा...
electricity-1503396630.jpg
पूर्ण क्षमतामा डाँडागाउको रस्टिक हाउस किन चलेन ?
२८ टन क्षमताको रष्टिक हाउसले अझै कृष्कलाई  पुर्ण क्षमताको सुविधा दिन सकेको छैन । थाहा नगरपालिका वडानं ३ डाडागाउँमा रहेको  रष्टिक हाउसबाट...
लाइन बस्ने झन्झट सकियो, घरमा बसी-बसी तिर्नुस् बिजुलीको बिल
अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत...
lectricity-1503313540.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg