Tuesday, 22nd August, 2017

भलिवलका प्रशिक्षक श्रेष्ठको प्रतिमा अनावरण

Shrestha-1493137374.jpg

दुई वर्ष पहिले नेपालमा गएको विनासकारी भूकम्पले मकवानपुरका राष्ट्रिय भलिवलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठ ज्यान लियो । काठमाडौंमा रहेका बेला उनको निधनको खबरले देशका सारा खेलप्रेमी दुखिःत बने । खेलकुदका माध्यमबाट योगदान गरिरहेका एक जना प्रतिभाको निधनमा देशका विभिन्न ठाउँमा शोक मनाइयो । उनको सम्झनामा मकवानपुरमा प्रतिष्ठान स्थापना पनि गरियो । उनको निधन भएको दिन मकवानपुरमा उनको प्रतिमाको अनावरण गरिएको छ ।

हेटौँडा ४ स्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा स्वर्गीय श्रेष्ठको प्रतिमा अनावरण गरिएको हो । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले निर्माण गरेको प्रतिमालाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीले अनावरण गरे । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा अनावरण भएको हो । श्रेष्ठकी धर्मपत्नी मञ्जुकुमारी श्रेष्ठ, मकवानपुरका राजनीतिक दल लगायतको अनावरण कार्यक्रममा उपस्थिती रहेको थियो । प्रतिमा निर्माणका लागि ४ लाख ५० हजार लागत लागेको प्रतिष्ठानले जानकारी दिएको  छ । 

मकवानपुरको भैसेमा २०१५ सालमा जन्मिएका श्रेष्ठले १६ वर्षकै उमेरदेखि नेपाली भलिवलको राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेका थिए । उनी २०४३ सालबाट प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।




loading...


ताजा समाचार

भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg
विद्युत प्राधिकरणमा व्यापक सरुवाः पालुङ प्रमुख कहाँ पुगे ? (हेर्नुहोस् सरुवा सूची)
नेपाल विद्युत प्राधिकरणले फेरि कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा...
electricity-1503396630.jpg
पूर्ण क्षमतामा डाँडागाउको रस्टिक हाउस किन चलेन ?
२८ टन क्षमताको रष्टिक हाउसले अझै कृष्कलाई  पुर्ण क्षमताको सुविधा दिन सकेको छैन । थाहा नगरपालिका वडानं ३ डाडागाउँमा रहेको  रष्टिक हाउसबाट...
लाइन बस्ने झन्झट सकियो, घरमा बसी-बसी तिर्नुस् बिजुलीको बिल
अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत...
lectricity-1503313540.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg