Tuesday, 30th May, 2017
add-1495205669.JPG

मुक्तक साँझमा श्रेष्ठ सम्मानित

झरना साहित्यिक परिवार, मकवानपुरको २१३ औं साहित्य श्रृङ्खलाका अवसरमा मुक्तक साँझ–२०७३ तथा खुल्ला मुक्तक प्रतियोगिता वरिष्ठ मुक्तककार शान्तिनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा २६ चैत्रमा हेटौँडामा सम्पन्न भएको छ ।

साहित्यकारहरू तुल्सी थापा तथा आर. आर.चौँलागाईँको विशेष आतिथ्तता रहेको कार्यक्रममा गणेशकुमार पौडेल, देवराज खरेल, तिर्थदेवी सिल्वाल, राम अविकास, छवि अनित्य, चिरञ्जीवी लामिछाने, सञ्जित श्रेष्ठ, राजेश थापा, सुरेश श्रेष्ठ, देवराज लामिछाने लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दीपक गौतमले गरेका थिए । 

कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीद्वारा आफ्ना मातापिताको स्मृतिमा स्थापित रू. ५,५५५ राशि सहितको  शिवसावित्री मुक्तक साहित्य सम्मान–२०७३  प्रमुख अतिथि श्रेष्ठलाई प्रदान गरिएको थियो ।

साथै खुल्ला मुक्तक प्रयियोगितामा वाचित मुक्तकमध्ये सर्वोत्कृष्ट छनोट हुन सफल मुक्तकका स्रष्टा विवेक फुयाँललाई रु. ११११।– राशि सहितको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । मुक्तकको निर्णायक मण्डलमा देवराज तिवारी, सुवास खनाल तथा विश्ववनाथ सञ्जेल रहेका थिए ।
झरना साहित्यिक परिवार, मकवानपुरले हरेक वर्ष चैत महिनामा सशुल्क प्रवेश सहितको मुक्तक साँझ तथा खुल्ला मुक्तक प्रतियोगिता आयोजना गर्दै आएको छ ।
 




matadan-1490708286.PNG
add-1495205951.PNG
loading...
Reg.-1495550477.jpg


ताजा समाचार

प्रदेशस्तरीय राष्ट्रिय रेडियो पत्रकार सञ्जाल बिस्तार
प्रदेश नम्बर ५ को बाँके कोहलपुरमा सोमबार आयोजित रेडियो पत्रकार राष्ट्रिय सञ्जालको दोस्रो भेलाले प्रदेशस्तरीय सञ्जाल बिस्तार गरेको छ । दुई दिनसम्म...
18788802_1021161875541634-1496073243.jpg
गणतन्त्र दिवसको अवसरमा थाहामा दिपावली
दशौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरको विकासघरमा दिपावली गरेर मनाइएको छ । थाहा नगरपालिकाको प्रथम जन निर्वाचित नगर प्रमुख लवसेर विष्टबाट दिप...
Ganatranta-(2)-1496072662.JPG
श्याम प्रसाद शर्माप्रती श्रद्धाञ्जली
हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदान्जली सभा” कार्यक्रम सम्पन्न  जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने ।...
IMG_20170527_210935-1495898741.JPG
सडक दुर्घटनामा गल्छी गाउँपालिकाका अध्यक्ष घाइते
धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । १२ जेठ गजुरी गाउँपालिकाको भल्टार नजिक...
Dhading-1495792743.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg

लोकप्रिय समाचार

थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)...
10-783-1494851826.JPG
थाहामा ७५.७ प्रतिशत मतदान, कुन केन्द्रमा कति खस्याे ?
थाहा नगरपालिकामा मतदान सम्पन्न भएकाे छ । थाहा नगरपालिकामा कूल मतदाता २७६६७ मध्ये २०९४५ मत खसेकाे छ,  कुल मतदाताकाे ७५.७ प्रतिशत हाे ।  ...
mmm-1494777991.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg
थाहा नगरपालिका मत परिणाम वडा नं. ८ (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम वडा नं. ८ (अपडेट)  ...
8-final-1494905654.JPG
थाहानगरमा लवशेर विष्ट नगर प्रमुखमा निर्वाचित
मकवानपुर मकवानपुर थाहा नगरपालिकाको नगर प्रमुख पदमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्वाचित भएकाछन् । नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई दुई...
Lav-1495119580.jpg