Wednesday, 23rd August, 2017
Timeline-FB-1503453501.jpg

मोबाइलबाटै विद्युत महसुल तिर्न सकिने, नतिरे स्वतः लाइन काटिने

लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ ।

नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्यसखालको प्रणालीको विकास गर्न लागिएको हो ।

सेवाग्राहीलाई प्राधिकरणका काउन्टर धाएर समय र थप रकमसमेत खर्च गर्नुपर्ने र दिन नै माया मारेर धाउनुपर्ने अवस्थाको समेत नयाँ प्रणालीको जडान पछि अन्त्य हुनेछ ।

प्राधिकरणले सेवाग्राहीले भोग्नुपरेको झन्झट अन्त्य गर्न महसुल तिर्ने ‘प्रिपेड’ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

प्राधिकरणले यस्तो प्रणाली पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा जडान गर्नेछ ।

त्यसपछि मुलुकभर नै त्यस्तो प्रणाली जडान गर्ने तयारी गरिएको छ । महसुल पनि प्रिपेड कार्डबाट तिर्न सकिनेछ ।

प्राधिकरणले रत्नपार्क र महराजगन्ज वितरण केन्द्रको प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यका लागि केही दिन पहिले मात्रै विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ ।

प्राधिकरणले आगामी असोज ४ गतेसम्म बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । बोलपत्रदातालाई भूमिगत वितरण प्रणालीको खाका, सामान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने शर्त राखिएका छन् ।

प्रसारण तथा वितरण प्रणाली भूमिगत गरिएपछि त्यसमा ‘रेडियो फ्रिक्वेन्सी नेटवर्क’ जडान गरिने उपभोक्ताले घरको मिटरको विवरण प्राधिकरणको ‘डाटा प्रणाली’ मा पुर्याउन सक्नेछन् ।

सो प्रणालीको जडानपछि केन्द्रीय नियन्त्रण कक्षमै बसेर कुन ग्राहकको घरमा कति युनिट विद्युत् प्रयोग भयो र त्यसको महसुल कति उठ्यो भनेर हेर्न सकिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

वितरण प्रणाली भूमिगत गरी स्मार्ट मिटर जडान गरेपछि ग्राहकले यो सेवा लिन सक्नेछन् ।

महसुल नतिरे स्वतः लाइन काटिने

रत्नपार्क तथा महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका स्थानमा त्यसप्रकारको सेवा शुरु हुनेछ । नमूना परियोजनाका रुपमा ती वितरण केन्द्रको कार्य सम्पन्न भएपछि काठमाडौं उपत्यकाका अन्य स्थानमा र उपत्यका बाहिरका प्रमुख शहर हुँदै मुलुकभर नै त्यसप्रकारको प्रणाली जडान हुनेछ ।

पहिलो चरणमा ९० हजार ग्राहकले शुरुमा यो सेवा लिन सक्नेछन् । अत्याधुनिक स्मार्ट मिटर जडान भएपछि ग्राहकले खपत गर्ने विद्युत् महसुल घरबाटै तिर्नसक्ने र नतिरे स्वतः टेलिफोनको लाइन काटिएजस्तै विद्युत् लाइन काटिनेछ ।

सो प्रणालीको जडानपछि चोरी नियन्त्रण, मिटर रिडिङमा लाग्ने जनशक्ति, ऊर्जा परीक्षण, भार व्यवस्थापनलगायत विद्यमान समस्यामा सुधार आउनेछ ।

प्रसारण प्रणाली भूमिगत बनाउन एसियाली विकास बैंकले करिब रु २० अर्ब र एसियाली पूर्वाधार लगानी बैंकले रु दश अर्ब लगानी गर्ने वचन दिइसकेका छन् । खुला प्रणालीबाट विद्युत् वितरण गर्दा जोखिम हुनसक्ने, मानवीय क्षतिका साथै सहरको सौन्दर्यसमेत घट्ने भएकाले स्मार्ट प्रणाली जडान गर्ने योजनामा सरकार लागेको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको भनाइ छ ।

मन्त्री शाहीले काठमाडौँ उपत्यका र देशका प्रमुख शहरमा वितरण प्रणाली सुदृढ पार्न दीर्घकालीन गुरुयोजना तयार भइरहेको र आगामी दुई वर्षभित्र सो योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । मुलुकका विभिन्न स्थानमा अझै पनि रु ८० महसुल तिर्न रु ४०० भन्दाबढी खर्च हुने गरेको भन्ने गुनासो आइरहेका बेला प्राधिकरणले अनपाउन खोजेको यो प्रविधिले नागरिकलाई सुविस्ता हुने अपेक्षा गरिएको छ ।

-अनलाइनखबरबाट




loading...


ताजा समाचार

माओवादी केन्द्रको थाहा ८ नम्बर वडा अध्यक्षमा थिङ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थाहा नगर वडा नं. ७ को अध्यक्षमा नेमराज थिङ चयन भएका छन् । थिङको अध्यक्षतामा अधिवेशनले २१ सदस्यीय कमिटि...
Mao-07-1503456528.jpg
लियोले पाण्डुकेश्वरमा तीज विशेष कार्यक्रम संचाल गर्ने
लियो क्लब अफ पिस थाहाले तीजको अवसर पारेर तीज विेशष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।   ८ भदौमा हरितालिक तीजको दिन पालुङको प्रशिद्ध पाण्डुकेश्वर...
Timeline-FB-1503455167.jpg
भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
विमोचन भयो थाहा कला केन्द्रको परिचय गित
थाहा कला केन्द्रको परिचय गीतको मकवानपुरको थाहानगरमा एक समारोहकाबीच विमोचन गरिएको छ । थाहानगरको विकास घरमा गितको भिडियो नगर प्रमुख लवशेर विष्टले...
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg