Monday, 23rd October, 2017

यसवर्षको दशैंको टीकाको साइत ११ बजेर ५५ मिनेटमा
आज बडादशैं, मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदै

Teeka-1506700212.jpg

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ । यस वर्षको बडादशैं १४ असोजमा परेको छ ।

विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् ।

१९ असोज बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा सम्पन्न हुन्छ ।

आज बडादशैं, मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदै

घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।

समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।




loading...


ताजा समाचार

राप्रपाका अध्यक्ष थापा मकवानपुर-१ बाट चुनाव लड्ने पक्का
 राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर-१...
KT-001-1508756647.jpg
आग्राबाट आहा  ! [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरपालिकाको आग्रामा घुम्न जाने समय यहि हो । यहाँबाट उत्तरतर्फ हिमालयको लहर अवलोकन गर्न सकिन्छ भने गाउँहरुमा...
Agg-1508745990.jpg
रामचन्द्रका सम्धी पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ !
सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ...
CEO-1508744610.jpg
तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg