Friday, 23rd June, 2017
add-1495205669.JPG

यस्तो छ, भूकम्पपीडितलाई राहत

Bhandari-sir-1474557524.jpg

मुलुकमा विनासकारी भूकम्प पश्चात् १४ जिल्लाको जनजीवन नराम्ररी प्रभावित भयो । तत्काल खोज तथा उद्धारका कार्यक्रमहरु संचालन भए । अधिकांश कार्यक्रम प्रभावित मानिसहरु केन्द्रित भएर संचालन भए । तर त्यही मानिसहरुको दैनिकी धान्नको लागि पालेका पशुवस्तुको लागि कमै कार्यक्रम संचालन    भए । सरकारले पशुपंछी विकास मन्त्रालय अन्तर्गत गाउँ तहसम्म पशुसेवा केन्द्रहरु मार्फत केही न केही कार्यक्रम भने संचालन ग¥यो नै । मकवानपुर उत्तरी क्षेत्रका भूकम्प प्रभावित किसानले पालेका पशु स्वास्थ्य र पशुपालन गर्ने किसानका लागि के(के कार्यक्रम संचालन भए ? प्रस्तुत छ, पशुसेवा केन्द्र पालुङका प्रमुख पशु विकास अधिकृत महेन्द्रप्रसाद भण्डारीसंग विकास खबरडटकमले गरेको कुराकानीः

_______________________________________

विनासकारी भूकम्पपछि पशुसेवाको क्षेत्रमा कसरी काम  भइरहेको छ ?

कसरी काम भइरहेको छ भन्दा पनि हामीले के के ग¥र्यौ भनेर पाठकहरुलाई जानकारी दिनू आवश्यक छ । वि.सं. २०७२ वैशाख १२ गते भूकम्प जाने वित्तिकै सबैतिर कोलाहल, त्रास फैलियो । हामी   सरकारी कर्मचारी भएकोले भोली पल्टै अर्थात १३ गते आइतबार नै कार्यालय पुग्यौ । जिल्ला पशु सेवा कार्यालय मकवानपुरमा १३ गते नै बैठक आव्हान भयो । हामीले बैठकबाट तत्काल खोज तथा     उद्धारको कार्यक्रम संचालन गर्ने निर्णय ग¥यौ । हामी भूकम्प प्रभावित गाउँ गाउँमा घाइते पशुको खोज तथा उद्धार र मृत पशु व्यवस्थापनमा खटियौं । हामी पशुसेवा केन्द्र पालुङ अन्तर्गतको थाहानगर तथा आग्रा, टिष्टुङलगायतका गाविसहरुमा खटियौं । भूकम्पबाट घरगोठ भत्किएर जिल्लामा ९ वटा ठूला र ४७ वटा बाख्रा मरेको हाम्रो अभिलेख छ । तसर्थ हामीले अहिले पशुसेवाको कार्यक्रमहरुलाइ भूकम्प पीडितहरुको लागि केन्द्रित गरेर संचालन गरिरहेका छौं ।

पशुसेवा केन्द्रबाट आम कृषकले सहजै पाउने सुविधाहरु चाहिँ के के हुन् ?

नेपाल सरकारले सेवा केन्द्रबाट पाउने भनी तोकिएका सुविधाहरु आम किसानहरुले सहजै पाउँछन् । पशुवस्तुको बन्ध्याकरण सुविधा, नियमित लगाउनुपर्ने खोपहरु, जस्तै, भ्यागुते, खोरेत विरुद्धका खोपहरु, सेवा केन्द्रबाट दिनदिनै पाउने सुविधाहरु हुन् । आवश्यक परामर्शहरु, यसका साथै कुनै अवसरमा महामारीको रुपमा देखापर्ने रोगहरु विरुद्ध पनि हाम्रो कार्यालयबाट सेवा लिन सकिन्छ । साथमा नियमित रुपमा पशुको जाँच, उपचार त हाम्रो जुनसुकै बेला सेवा सुचारु नै भइरहेको हुन्छ । पशु विकास अझ प्रभावकारी बनाउन स्थलगत क्षमता अभिवृद्धि तालिम, उनन घाँस विकास, व्यशायिक फार्म सूचीकृत, नश्ल सुधार गरी कृषकहरुलाई व्यवशायीक उन्नमुख बनाउने काम अगाडि बढाइको छ । 

सेवा केन्द्रबाट पाउने सुविधाहरु किसानहरु कसरी थाहा पाउँछन् ?

तपाइले राम्रो कुरा गर्नु भयो । हाम्रो सेवा केन्द्रबाट सेवा लिने किसानहरु थाहानगर वा अरु एक÷दुई वटा गाउँ विकास समिति मात्र होइनन् । हाम्रो कार्य क्षेत्र थाहा नगरपालिका सहित आग्रा, गोगन, डाँडाखर्क, टिष्टुङ पनि  हो । त्यसैले सबै क्षेत्रमा हाम्रो सेवाको विषयमा आम किसानहरुलाई थाहा नहुन पनि सक्छ । तपाइहरुजस्तो संचारकर्मी र संचार माध्यमबाट हामीले हाम्रो कार्यालयले प्रदान गर्ने सेवा सुविधाहरु आम किसानहरु समक्ष पु¥याउँछौं । हामीले विभिन्न स्थानीय रेडियोहरुबाट पनि प्रदान गर्ने सेवा तथा विभिन्न सन्देशमुलक कार्यक्रमहरु संचालन गरीरहेका छौं । त्यसबाट पनि किसानहरुले हामीले प्रदान गर्ने सेवा सुविधाको विषयमा जानकारी पाउन सक्छन् । यस्ता प्रचारप्रसारात्मक कार्यक्रमको जिल्ला पशु सेवा कार्यालयले संयोजन गर्ने गरेको छ । साथै गाउँ–गाउँमा गठन भएका सक्रिय कृषक समूहरु छन् । ती समूहरुको नियमित बैठकमा पनि हामीले प्रदान गर्ने सेवा सुविधाको विषयमा जानकारी गराउँछौं । त्यसरी पनि हाम्रो सेवाको विषयमा नागरिकलाई थाहा हुन्छ । 

पशुपालन गर्ने किसानहरुको लागि मध्येनजर गरेर घर आँगनमै पाउने सुविधा के हुन् नि ?

तपाइले भन्नुभए जस्तै हामीले कार्यालयबाट प्रदान गर्ने सेवा सुविधामा मात्र सीमित हुँदैनौं । हामी किसानको घरदैलोमै पुगेर पनि सेवा प्रदान गरिरहेका छौं । साना पशुवस्तु विरामी भए त हामीले कार्यालयमै ल्याउन पनि आग्रह गर्छौ । तर ठूला पशुवस्तु त कार्यालयसम्म ल्याउन समस्या हुन्छ । त्यस्तो अवस्थामा हामी किसानको घरैमा गएर पनि सेवा प्रदान गरिरहेका छौं । साथै, सरुवा रोगको रुपमा होइन तर कहिलेकाहीँ महामारीकै रुपमा फैलिएर किसानलाई दुःख दिने पीपीआर, नाम्ले जुका, भ्यागुते, चरचरे लगायतका रोग विरुद्ध खोप पनि हामी गाउँ घरमै गएर लगाउँछौं । त्यसले गर्दा किसानले पशुवस्तुलाई कार्यालय अर्थात सेवा केन्द्रसम्म ल्याइरहन   पर्दैन । अर्को  कुरा हामीले निःशुल्क पशु स्वास्थ्य शिविरहरु पनि गाउँ गाउँमै गएर संचालन गर्ने गरेका छौं । यसले पनि किसानहरुलाई सजिलो भएको छ । त्यसोतः हाम्रो गाउँ गाउँमा ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता छन्, भेट जेटी, जेटीए छन् । उनीहरुबाट पनि सरकारको कार्यक्रमहरु किसानको घरघरसम्म पु¥याउन केही हदसम्म सफल भएका छौं। भौगोलिक विकताका कारण कृषकहरुलाई सेवा सुविधा दिनु पर्ने हो सकेका छैनौ, आउँदा दिनमा सकेसम्म  सेवालाई सर्वसुलभ बनाउन विभिन्न उपायहरु अपनाउनेछौं । जस्तै एक गाविस, एक भेटेनरी प्राविधिकको व्यवस्था शुरु भइसकोके छ । हालै मात्र आग्रा गाविसको लागि भेट प्राविधिकको व्यवस्था भइसकेको छ । क्रमशः अन्य गाविसहरुमा पनि व्यवस्था हुँदै जान्छ । 

यस क्षेत्रका भूकम्प पीडितकै लागि भनेर के के कार्यक्रम भयो ?

पशुसेवा केन्द्रले चालु आर्थिक वर्षका हरेका कार्यक्रमहरु भूकम्प पीडित किसानहरुलाई नै मध्येनजर गरेर संचालन गरिरहेको छ । हामीले जेठ महीना भित्रमा करिब छ हजार पाँचसय विभिन्न संक्रात्मक रोग विरुद्धको खोप लगाउने कार्यक्रम छ । यो, कार्यक्रम अन्तिम चरणमा पुगिसकेको छ । त्यस्तै खोरेत र भ्यागुते विरुद्धको खोप पनि २ हजार पशुवस्तुलाई लगाउने कार्यक्रम छ । त्यस्तै यसै चालु आर्थिक वर्षमा टिष्टुङ गाविसमा बाख्राहरुमा पिपीआरले  महामारीकै रुप लियो । ५४ वटा बाख्राहरु उक्त रोगले मरे । हामीले त्यहाँ खोप उपचार अभियान नै संचालन गरेर रोगलाई नियन्त्रणमा लियौं । हामी पशुस्वास्थ्यकर्मीहरु रोग नियन्त्रणमा नआउन्जेलसम्म प्रभावित क्षेत्रमै बस्यौं । अहिले अवस्था सामान्य छ । भूकम्प पीडितहरुका लागि भनेर सेवा केन्द्रले नेपाल सरकारको सहयोगमा गोठ सुधारका कार्यक्रमहरु संचालन गरेका छौं । भूकम्पबाट अति प्रभावित किसानहरुको लागि हामीले प्रति परिवार १० हजार रुपियाँको दरले सहयोग गरेर गोठ सुधारका कार्यक्रम संचालन गरेका हौं । फरवार्ड नामक गैर सरकारी संस्थाले पनि सेवा केन्द्रको कार्यक्षेत्र अन्तर्गतका नगर तथा गाविसहरुमा गरी करिब चारसय जति गोठ सुधारका कार्यक्रम संचालन गर्ने आश्वासन दिएको छ । हामीले उक्त कार्यमा पनि प्राविधिक सहयोग सहित सहकार्य गरिरहेका छौं । 

भूकम्प पीडित किसानकै लागि भनेर बाख्रा पालन समूहमा आवद्ध भएका दुई वटा समूहका ५० किसानलाई जनही दुई हजार पाँचसयको दरले सहयोग गरेका छौं । एउटा बंगुर पालन कृषक समूहमा आवद्ध १० जना किसानहरलाई पनि दुईहजार पाँचसयको दरले खोर निर्माण सहयोग र दुईवटा पाठापाठी सहयोग गरेका छौं । साथै सेवा केन्द्रबाट सहयोग गरेका किसानको पशुवस्तुलाई आवश्यक खोप, किसानलाई तालिम लगायतका क्षमता अभिवृद्धिका कार्यक्रम पनि जारी राखेका    छौं । त्यस्तै पशुजन्य उत्पादनमा वृद्धि ल्याउनका लागि उन्नत रागो वितरण, च्यपकटर मेशिन ५० प्रतिशत अनुदानमा आवश्यक किसानहरुलाई वितरण गरिरहेका छौं । दुध उत्पादनमा वृद्धि ल्याउनको लागि गाई खरिदमा ढुवानी अनुदानको पनि शुरुवात गरेका छौं । 

आगामि कार्यक्रम के छन् ?

आर्थिक वर्ष सकिनै लाग्दा पशु उत्पादन निर्देशनालय हरिहर भवनबाट यस जिल्लाको लागि करिब ७५ वटा उन्नत कोरली गाई वितरणको कार्यक्रम रहेको छ । यो कार्यक्रम पनि भूकम्पपीडितका लागि नै केन्द्रित हो । अहिले भूकम्प पीडित किसानहरुले आवेदन  फारम भरिरहेका छन् । यो कार्यक्रम हाम्रो सेवा केन्द्र अन्तर्गत पनि संचालन हुन्छ । अहिलेसम्म १ सय भन्दा बढि आवेदन सेवा केन्द्रमा आइसकेको छ । अहिले कोरली गाई क–कस्ले पाउँछन् भनेर किसानहरुले जिज्ञासा राखीरहेका छन् । हामी भूकम्प पीडितकै लागि भनेर आएको कोरली गाई कार्यविधिबाट बाहिर नगई पीडितलाई नै बाँड्छौं । आगामी वर्ष पनि के कार्यक्रम गर्ने भनेर जिल्ला तथा सेवा केन्द्र स्तरमा एक चरण छलफल गरिसकेका छौं । आगामि वर्ष पनि भूकम्प पीडित किसानलाई मध्येनजर गरेर कार्यक्रम संचालन गर्ने हाम्रो योजना रहेको छ । नश्ल सुधार, घाँस विकास, क्षमता अभिवृद्धि तालिम, व्यवशायिक कृषकहरुलाई अनुदान, बोका, बाख्रा, साँढे वितरण, पशु स्वास्थ्य शिविर र कृषकको चाहना अनुसार संभाव्यता पहिचान गरी पकेट प्याकेजका कार्यक्रम, ल्याउनेमा आम किसानहरुलाई आश्वस्त पार्न चाहन्छु । साथै, किसानले उत्पादन गर्ने दुध, फुल, मासुको   बजारिकरणक लागि पनि अर्को आर्थिक वर्षमा थप कार्यक्रम योजनामा राखेका छौं । 

 

विपद्को बेला खोज तथा उद्धारको तयारी कस्तो छ ?

विपद् मानिसलाई सोधेर, निम्तो दिएर आउने होइन । त्यसैले यसको पूर्व तयारी गर्नु कार्यालयको लागि मात्र हैन व्यक्तिको लागि पनि उत्तिनै महत्वपूर्ण छ । त्यसैले गएको वर्षको विपद्ले पनि हामीलाई धेरै कुरा सिकाएको छ । अहिले हामी तयारी अवस्थामा रहेका छौं । हाम्रा गाउँ तहमा रहेका ग्रामिण पशुस्वास्थ्य कार्यकर्ताहरु पनि उत्तिकै तयारी अवस्थामा हुन्छन् । विपद् मात्र होइन कुन बेला कहाँ पशुवस्तु सम्बन्धी रोगको महामारीको फैलिन्छ त्यहाँ पुग्नको लागि हामी पूर्ण तयारी अवस्थामा छौं । 

औषधि उपचारको लागि सेवा केन्द्रमा सुरक्षणको अवस्था कस्तो छ ?

अति आवश्यक अवस्थामा चाहिने औषधि तथा खोपहरुको हामीसंग पूर्ण सुरक्षण अवस्थामा छ । जुनसुकै रोग लागिहाले वा विपद् आइहाले एक हजार पशुवस्तुलाई पुग्ने सबै किसीमको खोप पनि हामीसंग सुरक्षण छ । त्यस्तो विपद परे हामी तत्काल उद्धार तथा उपचारमा खटिन सक्ने तयारी अवस्थामा छौं । यसको लागि जिल्ला पशु सेवा कार्यालयमा थप सुरक्षण छ । त्यस्तो अवस्था सृजना भएमा हामी जिल्लाको जुनसुकै प्रभावित क्षेत्रमा एक दिन भित्र पुग्नको लागि थप तयारी अवस्थामा छौं । 

धन्यवाद ।




Bhandari-sir-1474557542.jpg
matadan-1490708286.PNG
add-1495205951.PNG
loading...
Reg.-1495550477.jpg


ताजा समाचार

रुदानेः जनताले सम्झिरहने जनप्रतिनिधि
थाहा नगरपालिकामा समेटिएको दामन अर्थात तत्कालीन शिखरकोट गाउँ पञ्चायतमा रूपचन्द्र विष्ट प्रधानपञ्च थिए । २०२२ सालमा उनले प्रधानपञ्च जित्दा कार्यालय...
Untitled-1-1498195845.jpg
स्थानीय तहलाई भूकम्पपीडितको गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन
स्थानीय तहलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै...
images-1498141198.jpg
अनुमति नलिई संचालन गरिएको मेडिकल
हेटौंडामा अनुमति नलिई संचालन गरिएको रामजानकी मेडिकल हल र उपकार मेडिकल हलको क्लिनिकमा सिलबन्दी गरिएको छ । अनुमति बिना नै क्लिनिक संचालन गरेको भन्दै...
रुदाने-‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक सार्वजनिक
दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्ट सम्बन्धी चार वर्षसम्म गहिरो अध्ययन अनुसन्धान गरि निर्माण थालिएको रुदाने ‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक...
rudanesss-1498063337.jpg
रुपचन्द्र विष्टको सम्झनामा छलफल र माल्यार्पण कार्यक्रम
थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा उनको जन्मथलो दामनमा कार्यक्रम गरिएको छ । मकवानपुरको थाहा नगरपालिका...
Rudane-Shalik-1498060329.jpg

लोकप्रिय समाचार

थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
थाहा नगर कार्यपालिकाको निर्णय:  स्व. रुपचन्द्र विष्टको सम्मान कि अपमान ?
स्थानीय तहको निर्वाचन २०७४ मा निर्वा्चित भएपछि थाहा नगरपालिकाको कार्यपालिकालाई अन्य नगरपालिकाहरुको बारेमा समाचारहरुमा आएजस्तै केही नयाँ वा...
कुलेखानीकी बालिका हराइन, खोजिदिन आग्रह
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सुकौरा गाउँकी सगिता घिसिङ २५ जेठदेखि हराएकी भएकी छिन् । सानीआमाको घरमा बस्दै आएकी १४ वर्षिया...
यस्तो छ थाहाका जनप्रतिनीधिको पहिलो निर्णय
थाहा नगरपालिका नगर कार्यापालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनदेखि निःशुल्क ल्याब (प्रयोगशाला) सुविधा दिनेसम्मको निर्णय गरेको छ ।  विभिन्न...
थाहानगर कार्यपालिकामा माओवादी काँग्रेस गठबन्धनको वर्चश्व (हेर्नुहोस मत परिणाम सहित)
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएकाछन् ।१८ जेठमा भएको निर्वाचनबाट पाँच महिला...