Wednesday, 20th September, 2017

लाइन बस्ने झन्झट सकियो, घरमा बसी-बसी तिर्नुस् बिजुलीको बिल

अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ ।

इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको हो । लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी गर्न थालेका छन् । १५ दिनभित्र उपत्यकाका सबै ग्राहकलाई यस्तो सुविधा दिने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई-सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताकोे तयारी गर्दैछ । यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने छ ।

कार्यालयबाटै मिटर रिडिङको तयारी

बैंक, मोबाइल, वालेट सर्भिस प्रोभाइडर, तथा रेमिट्यान्स कम्पनी गरी अहिलेलाई झन्डै १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुबिधा उपलब्ध भएको छ । यसलाई अझै बिस्तार गर्ने प्राधिकरणले जनाएको छ ।

अनलाइन सेवा सुचारु गरेको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘प्राधिकरणको शाखा कार्यालयमा लाइन लागेर महसुल तिर्नपर्ने बाध्यता अब हट्छ ।’

साथै उनले अब मिटर रिडिङका लागि मिटर रिडरलाई घर-घरमा जानैपर्ने बाध्यतालाई हटाउन लागेको जानकारी दिएका छन् । सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने व्यवस्था पनि गर्ने मन्त्री शाहीको भनाइ छ ।

-अनलाइबाट




loading...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg