Monday, 23rd October, 2017

सुगमले नचाए, परियारलाई पञ्चेबाजाले स्वागत गरिँदै

sugam-pokharel-1486392567.jpg

लोकप्रिय गायक सुगम पोखरेलसँग तेस्रो मनहरी महोत्सवमा उपस्थित दर्शकहरु दिनभर झुमेका छन् । पोखरेलले गाएका हरेक गीतमा आवाज दिँदै नाच्दै यहाँ उपस्थित युवा पुस्ताले साथ दिए । मनहरी ४ बेलुवास्थित मनहरी खोला किनारमा माघ १६  गतेदेखि सुरु भएको तेस्रो मनहरी महोत्सवको नवौँ दिनको प्रस्तुतिमा युवा तथा किशोर किशोरीका मानसपटलमा बसेका गायक पोखरेल आएका हुन् । उनले ‘हाम्रो स्कूल पाठशाला’, ‘यस्तो पाराले चल्दै चल्दैन’ ‘लौ झिल्केले झक्यायो’, लगायत आधादर्जन बढी गीतहरु गाउँदा पनि फुर्सद पाएनन् । दर्शक दीर्घाबाट ‘वान्स मोर’ भन्दै माग भएपछि उनले आफ्ना बाँकी रहेका ट्रयाकहरुमा समेत गीत गाए । 

उनको गीतमा अधिकाँश दर्शकहरुले स्वर मिलाएर साथ दिएका देखिन्थे । नाच्नेहरुको भीडलाई समेत सुरक्षाकर्मीले थेग्न हम्मे हम्मे पर्ने अबस्था थियो । पोखरेलसँगै अर्का गायक अन्जन दाहालले ‘नखोज एक मान्छे, जमात छ हेटौँडामा’ बोलका गीत गाएका थिए । त्यसैगरी गायिका मञ्जु गौतमको प्रस्तुतिले पनि उत्तिकै स्याबासी पाएका थियो । 

कार्यक्रममा गायकहरु राजु बिरही, स्थानीय गायक गमबहादुर चेपाङले मौलिक गीतसंगीत प्रस्तुत गरेका थिए भने आरजे क्र्युका तर्फबाट नृत्यहरु प्रस्तुत भएको थियो । त्यसैगरी युनिभर्सल लर्निङ एकेडेमी मनहरीले पनि आफ्ना दुईवटा नृत्य प्रस्तुत गरेका थिए भने चितवनका बिशाल चेपाङसहितको टोलीले नृत्य प्रस्तुत गरेको थियो । 

समग्रमा नवौ दिनको सांगीतिक कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको कलाकार सांस्कृतिक व्यवस्थपन उपसमिति संयोजक विष्णुराम कालाखेतीले बताए । आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अनुसार हालसम्म महोत्सवमा ४ करोडभन्दा बढीको कारोबार भइसकेको छ । महोत्सवमा अटो, कृषि, बाल उद्यान, तयारी पोशाक, खानेकुरा तथा अन्य दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरुका २ सय वटा स्टल छन् । 

मंगलबार गायक शिव परियार आउने कार्यक्रम छ । उनलाई मध्य नेपालमै चर्चित सरिखेतस्थित भ¥याङकाली पञ्चेबाजा समूहले बाजा बजाएर महोत्सव स्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक कालाखेतीले जानकारी दिए । माघ १४ गतदेखि सुरु हुने भनिएपछि हावाहुरीले असर पारेपछि माघ १६ गते मात्रै महोत्सव सुरु भएको हो । २ दिन ढिला गरी सुरु भएको महोत्सवको अबधि थप दुई दिन थपी माघ २६ गतेसम्म पु¥याइएको छ । 
 




loading...


ताजा समाचार

राप्रपाका अध्यक्ष थापा मकवानपुर-१ बाट चुनाव लड्ने पक्का
 राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर-१...
KT-001-1508756647.jpg
आग्राबाट आहा  ! [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरपालिकाको आग्रामा घुम्न जाने समय यहि हो । यहाँबाट उत्तरतर्फ हिमालयको लहर अवलोकन गर्न सकिन्छ भने गाउँहरुमा...
Agg-1508745990.jpg
रामचन्द्रका सम्धी पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ !
सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ...
CEO-1508744610.jpg
तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg