Wednesday, 23rd August, 2017
Timeline-FB-1503453501.jpg

स्थानीय जनप्रतिनिधिलाई पनि सम्पत्ति विवरण बुझाउनुपर्ने

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियमानुसार यस पटकदेखि जनप्रतिनिधिले पनि सम्पत्ति विवरण फारम भर्ने राष्ट्रिय सतर्कता केन्द्र सम्पत्ति विवरण शाखा प्रमुख परशुराम पोखरेलले जानकारी दिए ।

यसअघि स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले ऐन नबनेका कारण सम्पत्ति विवरण बुझाउनु परेको थिएन । प्रमुख पोखरेलका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसहित वडाध्यक्ष र सबै निर्वाचित सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्नेछ । केन्द्रले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ती जनप्रतिनिधिलाई अनिवार्य रुपमा सम्पत्ति विवरण निर्वाचित भएको ६० दिनभित्रमा बुझाउन निर्देशन दिएको उनले बताए ।

प्रमुख पोखरेलले जेठको अन्तिम साता स्थानीय विकास मन्त्रालयमार्फत सबै स्थानीय तहलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो । स्थानीय विकास मन्त्रालयले सम्पत्ति विवरण संकलन गरेर केन्द्रलाई बुझाउने गर्दछ ।मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जनप्रतिनिधिको सम्पत्ति विवरण संकलन भइरहेको जानकारी दिए ।
-राससबाट




loading...


ताजा समाचार

माओवादी केन्द्रको थाहा ८ नम्बर वडा अध्यक्षमा थिङ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थाहा नगर वडा नं. ७ को अध्यक्षमा नेमराज थिङ चयन भएका छन् । थिङको अध्यक्षतामा अधिवेशनले २१ सदस्यीय कमिटि...
Mao-07-1503456528.jpg
लियोले पाण्डुकेश्वरमा तीज विशेष कार्यक्रम संचाल गर्ने
लियो क्लब अफ पिस थाहाले तीजको अवसर पारेर तीज विेशष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।   ८ भदौमा हरितालिक तीजको दिन पालुङको प्रशिद्ध पाण्डुकेश्वर...
Timeline-FB-1503455167.jpg
भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
विमोचन भयो थाहा कला केन्द्रको परिचय गित
थाहा कला केन्द्रको परिचय गीतको मकवानपुरको थाहानगरमा एक समारोहकाबीच विमोचन गरिएको छ । थाहानगरको विकास घरमा गितको भिडियो नगर प्रमुख लवशेर विष्टले...
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg