Friday, 24th November, 2017
वि.स.

हरिबोधनी एकादशीः ऋषेश्वरमा भव्य मेला

DSC_0856_copy-1509416247.jpg

हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । यस अवसरमा थाहाहनगरको ऋषेश्वर महादेव स्थानमा ठूलो मेला लागेको छ । ऋषेश्वरमा १३ कार्तिक साँझबाटै जाग्राम बस्नेको भिड लागेको थियो । सन्तानेश्वर महादेव मन्दिरको नामले समेत प्रसिद्ध रहेको ऋषेश्वरमा थाहानगर तथा छिमेकी गाउँपालिका तथा हेटौंडा, धादिङ, काभ्रे, काठमाण्डौं तथा तिब्बतबाट समेत भक्तजनहरु आएका छन् । 
यसैबीच हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग आजैको दिन विवाहसमेत गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो ।
तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध स्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।
कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । आजका दिन विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसंग शास्त्रमा वर्णन गरिएको छ ।
 

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg