Friday, 24th November, 2017
वि.स.

१८ वर्षपछि पुन: कमल थापासँग मैदानमा

krishna-dahal-kamal-thapa-1510108859.jpg

मकवानपुर क्षेत्र नं। १ ले चिरपरिचित प्रतिस्पर्धी उम्मेदवार पाएको छ । २०४८, २०५१ र २०५६ सालका प्रतिद्वन्द्वी चौथो पटक भिड्दै छन् । उनीहरूबीच तीनवटा आम निर्वाचनमा चलेको रोचक प्रतिस्पर्धा १८ वर्षपछि फेरि दोहोरिएको खबर २२ कार्तिकको कान्तिपुर दैनिकमा छापिाएको छ । लोकतान्त्रिक गठबन्धनबाट राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा यस क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । सोही क्षेत्रमा वामपन्थी गठबन्धनबाट कृष्ण दाहाल मैदानमा छन् ।

दुवै संविधानसभा चुनावमा भने दुई नेतामध्ये एक छान्नुपर्ने अवस्था यहाँका मतदातालाई आएन । २०६४ मा कमल थापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार भए । २०७० मा उनले श्रीमती प्रमिला थापालाई क्षेत्र नम्बर १ बाटै उम्मेदवार बनाए तर, आफूचाहिँ समानुपातिकमा बसे ।

एमाले नेता कृष्ण दाहाल २०६४ र ७० दुवै चुनावमा उम्मेदवार बनेनन् । संविधान जारी पश्चात्को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको समर्थनमा थापा र माओवादीको सहयोगमा दाहाल उम्मेदवार बनेर कडा प्रतिस्पर्धा गर्दै छन् । थापा र दाहाल एक– अर्काको उम्मेदवारीको प्रतीक्षामा बसेका जस्ता देखिन्छन् । ‘एकले अर्काको बदला लिने हिसाबले उम्मेदवारी दिएका होइनौं, यो संयोगमात्र हो,’ दुवै उम्मेदवारले भने, ‘हाम्रो बीचमा कुनै कटुता छैन ।’ मुलुकको तरल राजनीतिक अवस्थाको भरपुर फाइदा उठाउन सक्ने शिल्पकारी राजनीतिक खेलाडीको पहिचान बनाएका कमल थापाले बहुदलीय व्यवस्थायता मकवानपुरबाट चार पटक चुनाव लडिसकेका छन् । जसमध्ये एक पटकमात्र उनलाई सफलता मिलेको छ ।

२०४८ सालको आम निर्वाचनमा मकवानपुर १ मा एमालेका दाहालले थापालाई करिब ५ हजार मतान्तरले पराजित गरेका थिए । दाहालले १४ हजार १ सय ८४ मत पाउँदा थापा ९ हजार ८ सय २५ मतका साथ दोस्रो भए ।

२०५१ को मध्यावधि निर्वाचनमा भने परिणाम उल्टियो । कमल थापाले १६ हजार ७ सय ५३ मत पाएर सांसद जित्दा दाहाल १५ हजार ८२ मतका साथ दोस्रो भए । त्यतिबेला थापा मकवानपुर २ बाट पनि चुनाव लडेका थिए । तर, एमालेका विरोध खतिवडासँग पराजित भए । २०५६ को आमनिर्वाचनमा फेरि परिणाम उल्टियो । कमल थापालाई कृष्णप्रसाद दाहालले करिब ५ हजार मतान्तरमै पराजित गरे । उक्त निर्वाचनमा थापा मकवानपुर ३ बाट पनि उम्मेदवार थिए । तर, त्यहाँ एमालेका वीरबहादुर लामासँग करिब २ हजार मतान्तरले पराजित भए । पञ्चायतकालीन राजनीतिक हस्ती थापा २०६४ सालको संविधानसभा निर्वाचनमा मकवानपुर ३ बाट उम्मेदवार बनेर तेस्रो भएका थिए ।

चौथो पटकको प्रतिस्पर्धामा मकवानपुर १ का मतदाताले कसलाई रोज्ने हुन्, अहिले नै अनुमान लगाउन कठिन छ । कांग्रेससँगको सहकार्यमा आफ्नो विजय सुनिश्चित भएको दाबी थापाले गरेका छन् । जिल्लाको समग्र विकासका निम्ति सबैखाले मतदाताले आफूलाई रोज्नेमा उनी ढुक्क छन् । एमालेको मात्र संगठनको बलमा दुई पटक विजयी भएका दाहालले माओवादी केन्द्रसँगको चुनावी एकताले आफ्नो विजयलाई थप सुनिश्चित बनाएको जिकिर गरे । हालसम्मका तीनवटा भिडन्तमा दाहालले दुईपटक जितेका छन् भने कमल थापाले एक पटकमात्र । यो चुनावमा थापाले दाहाललाई जितेर बराबरी पुर्‍याउने हुन् वा दाहालले ह्याट्रिक गर्ने हुन् रु यो नै अहिले प्रतीक्षाको विषय बनेको छ । स्थानीय तहको निर्वाचनलाई नियाल्दा यस क्षेत्रमा वाम गठबन्धनको ४० हजार १ सय ३६ मत देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको ३२ हजार ४ सय ९७ मत रहेको छ ।

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg