Friday, 24th November, 2017
वि.स.

१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त

Thapa-With-1509271845.jpg

मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ?

२०४८ सालदेखि २०५६ सम्म तीनओटा आम निर्वाचनमा चलेको रोचक प्रतिस्पर्धा १८ वर्षपछि फेरि दोहोरिँदैछ । लोकतान्त्रिक गठन्धनको तर्फबाट राप्रपा अध्यक्ष कमल थापा मकवानपुर १ मा प्रतिनिधिसभाको उम्मेदवार बन्ने निश्चित भइसकेको छ । वामपन्थी गठबन्धनमा मकवानपुरको दुबै क्षेत्र एमालेको भागमा परेको छ र १ मा कृष्ण दाहाल उम्मेदवार बन्ने तयारीमा छन् ।

पार्टीको क्षेत्रीय कमिटीबाट निवर्तमान सांसद अनन्त पौडेल र दाहालको नाम सिफारिस भएको छ । तर, क्षेत्र नम्बर १ मा दाहाल र २ मा केन्द्रीय सदस्य बिरोध खतिवडाले टिकट पाउने एमाले स्रोतले जनाएको छ । दुवैलाई चुनावी तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । कमल थापा र कृष्ण दाहालको प्रतिस्पर्धा यो पहिलो होइन । बहुदलीय प्रजातन्त्र स्थापनापछिका तीन चुनावमा यो क्षेत्रमा कमल थापा र कृष्ण दाहालकै भिडन्त भएको छ । दुवै संविधानसभा चुनावमा भने दुई नेतामध्ये एक छान्नुपर्ने अवस्था यहाँका मतदातालाई आएन ।

२०६४ मा कमल थापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार भए । २०७० मा उनले श्रीमती प्रमिला थापालाई क्षेत्र नम्बर १ बाटै उम्मेदवार बनाए तर, आफू चाहिँ समानुपातिमा बसे ।

एमाले नेता कृष्ण दाहाल २०६४ र ७० दुवै चुनावमा उम्मेदवार बनेन् । १८ वर्षपछि थापा र दाहालको फेरि एकै ठाउँमा भेट हुँदैछ ।

पञ्चायतकालिन राजनीतिका हस्ति कमल थापाले बहुदलीय व्यवस्थायता मकवानपुरबाट चार पटक चुनाव लडिसकेका छन्, जसमध्ये एक पटकमात्र उनले सफलता भएका छन् । यसपटक उनी पाँचौ पटक चीर परिचित प्रतिद्वन्द्वी कृष्ण दाहालसँग प्रतिस्पर्धा गर्दैछन् ।

२०४८ सालको आम निर्वाचनमा मकवानपुर १ मा एमालेका दाहालले थापालाई करीव ५ हजार मतान्तरले पराजित गरेका थिए । दाहालले १४ हजार १८४ मत पाउँदा थापा ९ हजार ८२५ मतका साथ दोस्रो भए ।

२०५१ को मध्यावधी निर्वाचनमा भने परिणाम उल्टियो । कमल थापाले १६ हजार ७५३ मत पाएर सांसद जित्दा दाहाल १५ हजार ८२ मतका साथ दोस्रो भए । थापा मकवानपुर २ बाट पनि चुनाव लडेका थिए । तर, एमालेका बिरोध खतिवडासँग पराजित भए ।

२०५६ को आम निर्वाचनमा फेरि परिणाम उल्टियो । कमल थापालाई कृष्णप्रसाद दाहालले करीव ५ हजार मतान्तरमै पराजित गरे । दाहालले २० हाजर ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत पाए ।

उक्त निर्वाचनमा थापा मकवानपुर ३ बाट पनि उम्मेदवार थिए । तर, त्यहाँ उनी एमालेका वीरवहादुर लामासँग करीव २ हजार मतान्तरले पराजित भए । २०६४ सालको संविधानसभा निर्वाचनमा थापा मकवानपुर ३ बाट उम्मेदवार बनेर तेस्रो भएका थिए ।

समयक्रमले यसपटक फेरि थापा र दाहाललाई नै एक अर्काको प्रतिस्पर्धी बनाउने देखिएको छ । चौथो पटकको प्रतिस्पर्धामा मकवानपुर १ का मतदाताले कसलाई रोज्ने हुन्, अहिले नै अनुमान लगाउन कठिन छ ।

हालसम्मका तीनवटा भिडन्तमा दाहालले दुई पटक जितेका छन् भने कमल थापाले एक पटकमात्र । यो चुनावमा थापाले दाहाललाई जितेर बराबरी पुर्‍याउने हुन् वा दाहालले हृयाट्रिक गर्ने हुन् ? यो नै अहिले मकवानपुरको रोचक बहस हो । मकवानपुर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका १५ वटा वडाका साथै वागमती गाउँपालिका, वकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ पर्छ ।

-अनलाइनखबरबाट साभार गरिएको ।




loading...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg