Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

उत्तरी क्षेत्रको १० जोड २ को परिक्षा केन्द्र पालुङ क्याम्पसमा

palung-campus-1-1524816017.jpg

राष्ट्रिय परिक्षा बोर्डले सन्चालन गर्ने १० जोड २ को परिक्षा शुक्रवार बैशाख १४ गतेबाट सुरु हुने भएको छ । उत्तरी मकवानपुर थाहा नगरपालिकाको एक मात्र क्याम्पस पालुङ बहुमुखी क्याम्पसमा पनि शुक्रबार बाट १०ं२ को परिक्षा सन्चालन हुने भएको छ । उत्तरी क्षेत्रका ३ वटा बिद्यालयको परिक्षा केन्द्रको रुपमा पालुङ बहुमुखी क्याम्पसलाई निर्धारण गरिएको छ । क्याम्पसमा थाहा नगरपालिका भित्रका जनकल्याण माद्यामिक बिद्यालय, बज्रबाराही माध्यमिक बिद्यालय र स्वच्छन्द भैरब माध्यमिक बिद्यालय गरि ३ वटा बिद्यालयको परिक्षा केन्द्र तोकिएको छ । ३ वटै बिद्यालयका ३ सय ११ जना बिध्यार्थीहरुले शुक्रबार अनिवार्य अङ्ग्रेजी बिषको परिक्षा दिने क्याम्पसका लेखापाल मधुसूदन रायमाझीले बताए । जसमा जनकल्याण मा बि बाट २ सय १० जना, बज्रबाराही मा बि बाट ७६ जना र स्वच्छन्द भैरब मा बि बाट २५ जना बिध्यार्थीहरु परिक्षामा सहभागी हुने जनाइएको छ । 


सुरु हुने परिक्षाको लागी सम्पुर्ण शैक्षिक व्यवस्थापन, सुरक्षा ब्यवस्था लगायत आवश्यक सम्पुर्ण तयारी पुरा भएको परिक्षा केन्द्रका क्याम्पस प्रमुख रामहरि अधिकारीले बताए । उनका अनुसार सौहार्द वातावरणमा सभ्य र अनुशासित ढंगले परिक्षा सन्चालन हुने बताए । परिक्षा सफल बनाउन सम्पुर्ण बुद्धिजीवी, समाजसेवी, राजनीतिज्ञ, शिक्षक, अभिभावक लगायत सबैले साथ दिने बिश्वास रहेको क्याम्पस प्रमुख अधिकारीले बताए । बैशाख १४ गते बाट सुरु हुने परिक्षा बैशाख २७ गते सम्पन्न हुनेछ । मकवानपुर जिल्ला भर उत्तरी क्षेत्रको ५ वटा माध्यमिक बिद्यालयका परिक्षार्थीहरुले १० जोड २ को परिक्षा दिदैछन ।

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG