Wednesday, 17th October, 2018
वि.स.
subhakamana-1538193167.gif

ऋषेश्वर क्षेत्र विकासमा संस्थागत पहल गरिने

Riseshowor_1-1539154024.jpg

मकवानपुरको प्रशिद्ध तीर्थस्थल ऋषेश्वर क्षेत्र संरक्षण, विकास र प्रवर्धनका लागि संस्थागत रुपमा प्रक्रिया शुरु गरिने भएको  छ । 
हिन्दू र बौद्ध धर्मावलम्बीहरुको सहिष्णुताको केन्द्र मानिने ऋषेश्वर क्षेत्रको विकासमा हालसम्म संस्थागत पहल हुन नसकेको भन्दै स्थानीयले चासो लिएका हुन् । 
एभरेष्ट क्लब दामनको अगुवाइमा दामनमा एक कार्यक्रमको आयोजना गरी यस सम्बन्धी छलफल भएको हो । छलफलमा एभरेष्ट क्लबका अध्यक्ष शिवकुमार खत्री, महासचिब दावा टशी शेर्पा, पूर्व अध्यक्ष विनोद लामा, समाजसेवी अच्युत्तमप्रसाद ढकाल, जनकल्याण माविका अध्यक्ष राजिव स्याङ्तान, थाहा नगर मिडिया एसोसिएसनका अध्यक्ष कुमार नेगी, रेडियो दामनका स्टेशन प्रमुख ईच्छापूर्ण कार्की, बजार व्यवस्थापन समिति दामनका पदाधिकारीहरु लगायतको उपस्थिति थियो । 
भेलाले थाहा नगरपालिका भित्रका जनप्रतिनिधि, धार्मिक संघसंस्था,  पर्यटनकर्मी, होटल व्यवसायी लगायत सरोकारवालाहरुको सहभागितामा भेलाको आयोजना गरी ऋषेश्वर क्षेत्र विकास समिति गठन गरेर संस्थागत रुपमा अघि बढ्ने निर्णय गरेको छ । 
सम्बन्धित निकायसँग समन्वय गरी तुरुन्त भेलाको आयोजना गरिने एभरेष्ट क्लबका अध्यक्ष खत्रीले बताए । 
ऋषेश्वर क्षेत्र मुस्ताङको मुक्तिनाथ र खोटाङको हलेसीजत्तिकै महत्वपूर्ण मानिन्छ । बौद्ध धर्मावलम्वीहरु ऋषेश्वरलाई गुरु रिम्पोछे(पद्म सम्भव)ले तप गरेको स्थलको रुपमा लिन्छन् भने हिन्दू धर्मावलम्बीहरु ऋषिको तपस्थलको रुपमा लिन्छन् । समुद्र सतहदेखि दुई हजार ४ सय मिटरको उचाइमा रहेको ऋषेश्वरमा रहेको चट्टानबाट अटुट रुपमा निस्कने पानीलाई अमृत मानेर भक्तालुहरु घरघर लिएर जाने गर्दछन् ।
हरेक वर्षको हरिबोधिनी एकादशी र फागुपूर्णिमामा उक्त क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ  भने हरेक सोमबार, शनिबार तथा श्रावणमा हरेक दिन ऋषेश्वरमा भक्तालुहरुको विशेष घुइँचो लाग्ने गर्दछ । 
ऋषेश्वरको विकासमा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले विशेष चासो दिएका छन् । ‘पुरातत्व विभागका निर्देशकसहतिको टोलीलाई ऋषेश्वर क्षेत्र अवलोकन गराएँ, केही सहयोग जुट्ने संकेत मिलेको छ, अब केही आसा गरौं’ प्रमुख विष्टले भने । 
ऋषेश्वरका बारेमा पत्रकार कुमार नेगीले विगत ५ महिनादेखि खोज, अनुसन्धान गरिरहेका छन् । तत्कालीन एमालेले ऋषेश्वरदेखि त्रिवेणी धामसम्म केबलकार संचालनका लागि सम्भाव्यता अध्ययन गर्न थाहा नगरपालिकालाई सुझाव दिएको थियो । 
 

http://bikaskhabar.com/public/images/users/DIGO-copy-1533381581.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




Bihuli-002-1532968337.gif
loading...
Plant-1526723778.JPG


ताजा समाचार

जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg
थाहा महोत्सवका लागि नब्बे प्रतिशत  स्टल बुकिङ
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल...
Thahamaaaaaaaaaa-1539617140.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
ऐतिहासिकता झल्काउन टिष्टुङ महोत्सव
गाउँ/नगरमा कुनै उत्सव तथा मेला सञ्चालन गर्नु परे के गरिएला ? यसको उत्तर सजिलो छ, चन्दा संकलन प्रयोजकको खोजी यस्तै-यस्तै । अनि आफ्नो ठाउँको प्रचार तथा...
TT-CVR10-1537274214.jpg
थाहा नगरपालिकाको टौखेलमा आइचर पल्टियो
मकवानपुर थाहा नगरपालिका वडा नं.१० टौखेलमा मा आइचर गाडी पल्टिएको छ । २ असोज विहान पौने १० बजेतिर इटा लिएर टौखेल पुगेकोना ६ ख ३२२२ नम्बरको आइचर इटा...
Aaichar-1537245455.jpg