Friday, 21st September, 2018
वि.स.
Bihuli-002-1532968337.gif

ऐतिहाँसिक ‘टिष्टुङ महोत्सव’ भव्य बनाउन यस्तो छ वृहत्त तयारी 

TT-Cov-1536662425.jpg

मकवानपुरको थाहा नगरपालिका बज्रवाराही (टिष्टुङ)मा यहि २४ असोजबाट शुरु हुने ‘टिष्टुङ महोत्सव–२०७५ को तयारीका बारेमा  जानकारी गराइएको छ । महोतसव आयोजक मूल समारोह समितिले २५ भाद्रमा बज्रवाराहीमा पत्रकार सम्मेलन गरेर तयारीको बारेमा जानकारी गराएको हो । 

‘ऐतिहाँसिक टिष्टुङको पहिचान, सम्वृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नाराको साथ यहि २४ देखि २७ असोजसम्म आयोजना हुने महोत्सवको बज्रवाराही बजार व्यवस्थापन समिति र न्यू दया भिन्तुना: मूल समारोह समितिले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेको    हो ।

ऐतिहासिक टिस्टुङ अर्थात् हालको बज्रवाराहीमा फरक र मौलिक ढंगको महोत्सव हुने मूल आयोजक समारोह समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । महोत्सवलाई व्यवस्थित रुपमा संचालनको मूल समारोह समिति र अरु विविध २९ वटा विषयगत उपसमितिहरु गठन भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । महोत्सवका लागि स्थानीय व्यवसायीहरु, राजनीतिक दल, वडा समिति लगायत सरोकारवालाहरुसँग व्यापक छलफल भइरहेको संयोजक श्रेष्ठले बताए । वार्षिक रुपमा नेपाल संवतलाइ उत्सवको रुपमा मनाउँदै आएको टिष्टुङको सोही उत्सवलाई महोत्सवको रुपमा संचालन गर्न लागिएको थाहा नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष शशिधर सुवेदीले जानकारी दिए । 

पुर्णतया मौलिक पहिचान दिने गरी आयोजना हुने टिष्टुङ महोतसवमा स्थानीय एत्पादनको प्रवद्धन गरिने छ । उत्पादनलाई बजारसम्म जोड्नको लागि महोतसव फलदायी हुने न्यू दया भिन्तुना: ११३९ का संयोजक प्रमोद जोशीले जानकारी दिए । थाहा नगरको साथै छिमेकी इन्द्रसरोवर गाउँपालिकाको समेत पर्यटन प्रवद्र्धनका लागि योगदान पुग्ने महोत्सवले पर्यटन वर्ष २०२० को लागि टिष्टुङ गन्तव्य तय हुने जोशीको भनाइ छ । 

महोत्सवको मनोरञ्जनात्मक आकर्षलाई प्रष्ट्याउँदै संयोजक श्रेष्ठले भने–स्थानीय नै राष्ट्रिय कलाकार हुन्, उनीहरु हाम्रो प्राथमिकता हो ।’ यसो भन्दैमा अरु कलाकारहरु आउँदै नआउने भने होइनन् । महोत्सवमा सरस्वती बजार पुरै सजाइनेछ । स्थानीय व्यवसायीहरुले आआफ्नो पसल विशेष सजाउने छन् र सामानहरु प्रदर्शन तथा विक्री गर्ने छन् । यसरी सजिने पसलको संख्या एक सयको हाराहारीमा हुने आयोजकको भनाइ छ । यसको अलवा ६० वटा नयाँ स्टल रहनेछन् । हामीले नगर बाहिरका सकेसम्म धेरै मानिसहरु भित्र्याउने हो ताकि उनीहरुले सके केही किनेर नगरमै पैसा छोडेर जाउन्, नसके आँखाभरि थाहा नगरको तस्विर लिएर फर्कुन्–संयोजक श्रेष्ठले स्पष्ट भने । 

महोत्सवको १५ सदस्यीय सचिवालय गठन भइसकेको छ । महोत्सवको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवका लागि २१ लाख ५० हजार रुपियाँ लागत लाग्ने आयोजकको अनुमान रहेको छ । महोत्सवको संरक्षक थाहा नगरपालिका रहेको छ । महोतसवको सम्पूर्ण आम्दानी खर्च नेपाल संवत ११३९ को दिन कार्तिक २२ गते आयोजकले सार्वजनिक गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य चित्र बहादुर बलामी, विभिन्न उप समितिका संयोजकहरु तथा मूल समारोह समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । 
 

http://bikaskhabar.com/public/images/users/DIGO-copy-1533381581.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
नेकपाले प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिब ताेक्याे (सूची सहित)
नेपाल कम्यूनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिबको निम्न अनुसारको जिम्मेवारी बाँडफाँड...
Nepal-Communist-Party-1-7-1537517654.jpg
मकवानपुरकी लोक गायिक प्रतिमा अर्याललाई म्यूजिक अवार्ड
सातौं म्यूजिक खबर म्यूजिक अवार्ड मकवानपुरकी गायिक प्रतिमा अर्यालले पाउन सफल भएकी छिन् । गायनमा चम्किदै गरेकी मकवानपुरको बिकट गोगने पकनेकी अर्यालले...
ttt-1537514036.jpg
त्रिभुवन राजपथ अाज पनि ठप्प
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण चाैंथाे दिन पनि त्रिभुवन राजपथमा सवारी आवागमन नहुँदा सडक सु्नसान छ ।२०७५ भाद्र १ बाट लागू भएको...
DSC_0106-1537500869.JPG
नेकपा एकता व्यक्ति केन्द्रित २८ जनाको नाम तयार पार्दै ओली–दाहाल
केन्द्रमा पार्टी एकता भएको तीन महिनाभित्र आधारभूत रूपमा पार्टी एकता गरिसक्ने घोषणा भए पनि नेपाल कम्युनिस्ट पार्टीभित्र व्यक्ति केन्द्रित छलफल...
Pati-ekta0-1537499148.jpg

लोकप्रिय समाचार

थाहानगरलाई काठमाण्डौं जोडन चित्लाङ–थानकोट सुरुङमार्ग
मकवानपुर थाहा नगरपालिकाको चित्लाङलाई काठमाण्डौं जोड्ने छोटो दुरीको चित्लाङ–थानकोट सुरुङमार्गको सम्भाव्यता अध्ययन तत्काल हुने भएकोछ । नेपाल...
surung11-copy-1535509530.jpg
एक वर्षमा के-के गर्यो मकवानपुरको थाहा नगरपालिकाले ? यस्तो छ मेयर बिष्टको बयान
प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको एकमात्र नगरपालिका हो थाहा । मकवानपुर जिल्लामा १ उपमहानगर, १ नगर र ८ गाउँपालिका छन् । थाहा नगर...
Thaha147-1536563033.jpg
लामा भन्छन्-‘यस कारण पनि मैले नै थाहाको नेतृत्व गर्नेछु’
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को थाहा नगरकमिटी कसको नेतृत्वमा बन्ला भन्ने चासो बढिरहेको बेला पूर्व माओवादीका थाहा नगर उपाध्यक्ष विनोद लामाले अब...
Binod-Jee-1535110657.jpg
थाहा नगरपालिकाको टौखेलमा आइचर पल्टियो
मकवानपुर थाहा नगरपालिका वडा नं.१० टौखेलमा मा आइचर गाडी पल्टिएको छ । २ असोज विहान पौने १० बजेतिर इटा लिएर टौखेल पुगेकोना ६ ख ३२२२ नम्बरको आइचर इटा...
Aaichar-1537245455.jpg
ऐतिहासिकता झल्काउन टिष्टुङ महोत्सव
गाउँ/नगरमा कुनै उत्सव तथा मेला सञ्चालन गर्नु परे के गरिएला ? यसको उत्तर सजिलो छ, चन्दा संकलन प्रयोजकको खोजी यस्तै-यस्तै । अनि आफ्नो ठाउँको प्रचार तथा...
TT-CVR10-1537274214.jpg