Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

ओझेलमा पर्यो कोटगढी पर्यटकीय क्षेत्र

Nepal-....-1486431936.jpg

नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने ओखलढुङ्गा जिल्ला विकट पहाडी जिल्ला मध्ये एक हो । पूर्व देखि पश्चिम तर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्ला लाई तीन तिर बाट नदी ले छुट्याएको छ । उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्ला सँग दुधकोशी नदीले रपश्चिममा रामेछाप जिल्लासँग लिखूनदीले छुट्याएको छ । नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औं स्थान र क्षेत्रफलको हिसावले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कूल-भू-भाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजार बाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिम मा पर्दछ । ओखलढुंगा जिल्लाको आफै मा एक ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका दृष्टिकोणले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि परिचत रहेको छ । यस जिल्लाको विभिन्न गा.वि.स. हरुका आ–आफ्नै महत्व रहेको पाइन्छ । त्यस मध्ये ओखलढुंगा जिल्लाको दियाले गा. वि.स. अन्तरगत् को कोटगढी क्षेत्रको पनि आफ्नो छुट्टै महत्व बोकेको पाइन्छ । ओखलढुंगा जिल्लाको दियाले गा.वि.स. वडा नं -६ स्थित रहेको यस गढी उच्च धरातलीय हिसाबले समुद्री सतह बाट करिब ४ हजार ६ सय ८५ फिट उचाइमा रहेको कोटगढी क्षेत्र ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय साथै प्राकृतिक रुपमा पनि अति सुन्दर रहेको छ। तर उचित प्रचार–प्रसारको अभाव मा इतिहासको गर्भमा मात्रै सिमित रहेको छ ।

सिद्धचरण नगरपालिका स्थित सदरमुकाम बाट पुर्व करिब ४० कि.मी. को दुरिमा रहेको यस ऐतिहासिक स्थल कोटगढीले पर्यटकीय दृष्टिकोण ले निकै सम्भावना बोकेको देखिन्छ । कोटगढी क्षेत्र यो हिसाबले पनि महत्वपूर्ण छ । कोटगढी क्षेत्र बाईसे–चौबिसे राज्य कालमा राजाहरु ले राज्य गरेको यस कोटमा भग्नावशेष हरु अहिले पनि स्पष्टै रुपमा देख्न सकिन्छ । कोटगढीको शिरमा रहेको यस कोटमा सुरक्षाका लागि शत्रु आउन नसक्ने गरि वरिपरि खाडल (गढी) खनिएको छ । ढुङ्गाका गाराहरु अझै पनि देख्न सकिने यस कोटगढीमा , यहाँ प्राचिन कालमा यो क्षेत्रमा अभिरवंशी, गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ । वल्लो किराँत भनिने यस क्षेत्रमा किराँती लाई लखेटी मल्लहरूले शासन गरेको कुरा इतिहासमा उल्लेख छ । यो विषय निकै चासोको विषय पनि बनेको छ । यहाँ पहिले किरात, लिच्छवी, मल्ल, र शाह वंशका कामकाज सुरु देखि अन्त्यका घटनाहरु र यहाँ पुराना-पुराना भग्नावशेष रहेको पाइन्छ । नेपाल एकिकरण हुनु पुर्व वाईसे चौविसे राज्य रहदा यो गढी ठुलो स्थान रहेको हामी इतिहासमा भेट्छौ । यस कोटको शिरमा रहेको कालिका देवीको मन्दिरको आफ्नै विशेषताहरु छन् । उत्त देवालयमा कुँदेका ढुंगाबाट मन्दिर निर्माण गरिएको छ भने मन्दिरमा प्रयोग भएका ढोका,टुंडाल आदिबाट सजिएका विभिन् चित्रहरुले त्यस समयमा त्यहाँको कलाकिर्तिको पनि राम्रो विकास भएको अनुमान गर्न सकिन्छ । यस मन्दिर परापूर्व काल मै स्थापना भएको कुरा यहाँका भग्नावशेषहरु बाट जानकारी लिन सकिन्छ । तत्कालिनका बाइसे–चौबिसे राजा र जौटा हरुको कुलदेवता भएको कारणबाट उक्त ऐतिहासिक मन्दिरको स्थानमा गणेश तथा कालीका मूर्ति र शिलाहरु, त्रिशुल, घण्टहरु थुप्रै पाइन्छ । भग्नावशेष कै रुपमा चौकी दार बस्ने कोठा अहिले सम्म पनि स्पट देखिन्छ ।

यस गढी हाल सम्म पनि यहाँका स्थानीय बासिन्दाको एक विश्वासता मा अटेको छ, यस गढी क्षेत्र यस इलाकाको शिरमा रहेकोले र ग्रामिण बस्तीहरु तल तिर भएकोले स्थानीय जन-समुदायहरुलाई पिउने पानीको मुहान नसुक्नु, खाधान्न बालीको समयमा समयमै बर्षात हुने यहाँ का जनतालाई सुभ्यमान हुने एक विश्वास छरिएको छ । यस स्थान संगै रहेको कालिका देवीको मन्दिर मा आफुले चिताएको पुरा होस् भनि मागिएका मनोकांक्षा पुरा भएको नि जनमासको विश्वास रही आएको छ । यस गढी प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक रहेको यस कोटबाट सोलुखुम्बु, सगरमाथा हिमश्रृंखलाको अबलोकन,भोजपुरको ट्याम्के डाँडा उच्चपहाडी मनमोहक द्र्श्य अबलोकन,खोटाङको डुम्रेगढी, निसंखेगढी अबलोकन,धार्मिक एतिहासिक अबलोकन, देवस्थल लिब्जु,भुब्जु अबलोकन, दुधकोसीको मनोरम नागबेली द्रश्य अबलोकन, मौसमी मनोरम फाँटहरु अबलोकन,खोलानालाको नागबेली र खहरेको आकर्षण अबलोकन, ३०० सय वर्ष पुरानो ऐतिहासिक कोटगढीको अबलोकन र कालीका देवीको दर्शन,तत्कालीन किराती राजाको राज्यभुमी अबलोकन,लामीडाँडा,रुम्जाटारको मनोरम हवाइजहाज उडानको अबलोकन,शेर्ना,कुइभीर,"जेठाबुहारी टाकुराको परिभाषा र टाकुराको अबलोकन,ओखलढुंगा सदरमुकामको मनोरम रुम्जाटारको लुकामारी द्रश्य अबलोकन, एंसेलुखर्क,वाक्सिला,पौयुलेक,नुनाथला,विजुले भन्ज्याङको मनोरम द्रश्यावलोकन सुन्दर फाँटहरु, उच्च पहाडी श्रीङ्खलाहरु लगाएतका विभिन्न हिम-श्रीङ्खलाहरु (करिब १ दर्जन हिमालहरु) तथा सुन्दर प्राकृतिक दृश्यअबलोकन समेत गर्न सकिन्छ । यस कोटबाट यति मात्रै कहाँ होर सुर्यदय र सुर्यस्तको पनि मज्जा लिन सकिन्छ । धार्मिक, एतिहासिक एवंम पर्यटकीय दृष्टिकोणले यस कोट तथा मन्दिर प्रचुर सम्भावना बोकेको छ, तर उचित संरक्षण र सम्बर्द्धन साथै जीर्णोद्धार हुदा भौतिक संरचनाहरु कम्जोर देखिन्छन् । तसर्थ किन उचित संरक्षण र सम्बर्द्धन हुन् सकेन त ? यस्तै नजिकै रहेको अर्को गढीलाई नेपाल टेलिकमले अतिक्रमण गरि नेपाल टेलिकमको टावर विस्तार गरेको छ, कालिका देवीको मन्दिर प्रबेश गर्ने स्थानमा पुरातत्व विभागले एउटा रुखमा एउटा सूचना टाँसेको छ । जुन सूचना 'यी प्राचिन स्मारकलाई नस्ट गरे, भत्काए, परिवर्तन गरे, अनधिकृत काममा लगाए वा अरु कुनै किसिमबाट हानिनोक्सानी पुर्याएमा प्राचिन स्मारक २०१३ ( संशोधन ) को दफा १२ को उपदफा क,ख,ग अनुसार पच्चीस हजार देखी एक लाख सम्म जरिवाना वा ५ वर्ष देखी १५ वर्ष कैद वा दुबै सजाय हुनेछ' भनेर भनेता पनि अर्को गढीलाई नेपाल टेलिकमले अतिक्रमण गरि नेपाल टेलिकमको टावर विस्तार गरेको छ ।

यस्ता महत्वपूर्ण विकास आयआर्जनका स्रोत जीर्णोद्धार रहदा पुरातत्व विभाग,सामाजिक गुठि स-स्थान, पर्यटन मन्त्रालय,सरोकारवाला किन मौन बसेका छन ? यस्ता ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्व बोकेका गढीहरुको बिधिबध विकास गर्न सके पर्यटकको विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने निश्चित छ । यस्ता पहिचान तथा महत्व बोकेका क्षेत्रका स्थानहरुको पहिचान, संरक्षण, सम्बर्द्धन, विकास तथा प्रचारप्रसार गरि यस क्षेत्रको महत्त्वको विषयमा जानकारी गराउन सके जिल्लाको मात्रै नभई राष्ट्रिकै पर्यटन विकासले ठुलै फड्को मार्ने कुरामा दुई मत छैन । तेसैले यसको लागि सरकारी निकाय,पुरातत्व विभाग,सामाजिक गुठि स-स्थान, पर्यटन मन्त्रालय, मालपोत कार्यालय लगायत सरकारवालापक्ष बढी जिम्मेवारी हुनुपर्ने देखिन्छ भने तपाई, हामी पनि आ-आफ्नो स्थानबाट लग्नु उतिकै जरूरी देखिन्छ ।

-सन्तोष ढुंगाना /ओखलढुङ्गा

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Plant-1526723778.JPG