Saturday, 16th December, 2017
वि.स.
Gaine-Dai-1506649440.jpg

भदौ लाग्नासाथ हाम्रा गोडा भुईंमा हुँदैनथ्यो । भदौबाटै चाडबाडको सिलसिला सुरु हुने भएकाले मनमा उल्लास छाउँथ्यो । केटाकेटी हुँदा हाम्रो बास मामाघरमै हुन्थ्यो । अनि त नागपञ्चमीदेखि नै आम्दानीका स्रोत फराकिला हुन थाल्थे । जनैपूणिर्मा कुशे औंसी, तीजको पूजा लगाउने दिन विशेष हुन्थ्यो । ती पर्वले मलाई दशैंमा लंगुर बुर्जामा थाप्ने पैसा जोहो गरिदिन्थे ।

अम्बा भदौमै पाक्थ्यो, काँक्रो चोर्ने सिजन । गोठालो जाँदा पनि गाईबस्तुले दुःख नदिने, जताततै हरियाली । घाम चरक्क चर्किन्छ तर हरियालीले तनमन शीतल पारिदिन्छ । छिनछिनमै पानी पर्छ र त्यसले घामको महत्व बढाइदिन्छ ।

लेकालीको त्यो लर्को

यही मौसममा थप रौनक छर्थे, तामाङ र गन्धर्वहरु ।

धादिङको उत्तरी क्षेत्रका तामाङ र गोर्खातिरका गन्धर्वहरुको त्यसबेलाको चहलपहल अचेल स्मृति भइसकेको छ । यस्तो बेला पनि थियो, जब लेकबाट तामाङहरु हाम्रो गाउँसम्म आलु र थुन्सेको भारी बोकेर आउँथे । पैसाको कारोबार हुन्नथ्यो । लेकबाट ल्याएका सामानसँग उनीहरु आफूलाई चाहिने सामान साट्थे । खासगरी, दशैं मान्नका लागि उनीहरु आलु दिएर धान लान्थे ।

‘आलु कसरी हो ?’ गाउँले सोध्थे ।

‘दुने हो,’ तामाङहरु भन्थे ।

एकपाथी आलु दिएवापत दुई पाथी धान लिने चलन, जसलाई उनीहरु ‘दुने’ भन्थे । थुन्सेको पनि त्यस्तै भाउ थियो । थुन्से, भकारी, चाल्ना, डालाको अकारअनुसारको भाउ हुन्थ्यो ।

हिमाली क्षेत्रमा बस्ने तामाङहरु थुन्से बुन्न सार्‍है सिपालु । उनीहरुको हातबाट बनेका थुन्से, चाल्ना, भकारी सबै पहाडेका घरमा हुन्थे । यसैगरी तामाङहरुको बारीमा फलेको लेकाली आलुले दशैं, तिहारजस्ता चाड स्वादिलो बनाउँथे । यसो भनौं, लेकालीहरु झरेपछि मात्र गाउँमा दशैं आउन लागेको छनक मिल्थ्यो ।

लेकालीहरुको समूहमा १५ जनादेखि ५०/६० जनासम्म हुन्थे । दिनभरि गाउँ डुलेर आफ्ना सामग्री बिक्री गरेपछि उनीहरु बेलुका एउटा घरमा बास बस्थे । मेरो मावली घर ठूलो थियो, जहाँ हरेक वर्ष कुनै न कुनै समुह बसेकै हुन्थे । उनीहरु साँझ सात बजेसम्म जम्मा भइसक्थे । आँगनमा चुलढुंगा लगाएर मकैको ढिँडो र रस हालेको आलु पकाउँथे । उनीहरुले खाने बेलामा हाम्रो खानपिन सकिइसकेको हुन्थ्यो । त्यसैले हामीहरु घेरा लगाएर उनीहरुले खाएको हेथ्र्यौं ।

यसरी घेरा लाग्नेमा अशोक, उत्तम, विनोद, कञ्चनको टोली प्रायः छुट्दैनथ्यो । लेकालीहरुले झोलिलो आलुमा ढिँडो चोपेर खाँदा हाम्रो मुखबाट सरर पानी आउँथ्यो । उनीहरु आपसमा आफ्नै भाषामा कुरा गर्थे, जुन हामी बुझ्दैनथ्यौं । बिहान उज्यालो नहुँदै उनीहरु आ-आफ्ना भारी बोकेर हिँडिसकेका हुन्थे ।

उनीहरुको लुगा पनि हाम्रोभन्दा फरक थियो । पुरुषहरु प्रायः कपाल काट्दैनथे । लामो कपाल धागोले बाट्थे । हाम्लाई उनीहरुको कपाल देख्दा अचम्म लाग्थ्यो ।

गाइने दाइ र सारंगी

लेकाली तामाङहरु गाउँबाट फर्किएलगत्तै गन्धर्वको टोली आइपुग्थ्यो । चिटिक्क परेको लुगा लगाउने गन्धर्वहरु तीनदेखि पाँच जनाको टोलीमा हुन्थे ।

‘आमा हामी त आइपुग्यौं,’ उनीहरु बडो मिठो बोल्थे ।

‘ल राम्रो,’ माइजू भन्नुहुन्थ्यो ।

‘अनि सञ्चै हुनुहुन्छ ? बुवा खै त ?’ परदेशबाट आएको छोराले झैं मिठो भावमा सोध्थे ।

‘खेतमा जानु भा’छ,’ माइजू भन्नुहुन्थ्यो ।

यति कुरा हुञ्जेल उनीहरु सारंगी किलामा झुण्ड्याउँथे र आफ्ना झोला राख्थे । सामान्य ओढ्ने र ओच्छ्याउनेको सानो पोको हुन्थ्यो । अनि, भात पकाउने साना भाँडाकुँडा ।

सारंगी देख्नेबित्तिकै हामी उनीहरु नजिक जान्थ्यौं ।

‘यो छुन हुँदैन है,’ उनीहरु हामी केटाकेटीलाई भन्थे ।

‘उनीहरु गाइने, हामी बाहुन भएकाले छुन हुन्न भनेका होलान्,’ भन्ने हामीलाई लाग्थ्यो । तर, त्यसो होइन रहेछ । कुरो पछि पो थाहा भो । हामीले चलायौं भने सारंगी बिग्रिन्छ भनेर ‘छुन हुँदैन’ भनेका रहेछन् ।

दिनभरि कता कता गीत गाउन जान्थे, साँझ बास बस्न आइपुग्थे ।

‘ए दाइ एउटा गीत गाउनु न,’ हामी आग्रह गर्थ्यौं ।

‘पर्सी है,’ उनीहरु भन्थे ।

‘एउटा मात्रै गाइदिनु न,’ हामी कर गर्थ्यौं।

‘आज थकाइ लागेको छ भोलि,’ उनीहरु भन्थे ।

म सोच्थेँ, यिनले झुक्याएका हुन् । जाबो एउटा गीत गाउन पनि थकाइ लाग्छ ? मलाई त्यतिबेला लाग्थ्यो, गन्धर्व भनेको त रेडियोजस्तै हुन् । जसरी रेडियोको कान बटारेपछि बज्छ, उसैगरी गन्धर्वले चाहेको बेला गाउन सक्छन् ।

‘दाइ, यो सारंगी केको हो ?’ छुन डर लाग्थ्यो तर नजिकै गएर सोध्थ्यौं ।

‘खिर्रोको,’ उनीहरु भन्थे ।

बारीमा जताततै पाइने खिर्रोको पनि यति राम्रो सारंगी बन्छ र ? हामी पत्याउँदैनथ्यौं ।

‘तार चाहीं केको नि ?’ हामी सोध्थ्यौं ।

‘घोडाको पुच्छर,’ उनीहरु भन्थे ।

उनीहरु गाउँ डुलेर साँझ ५/६ बजेतिर आउँथे । हामी उनीहरुको वरिपरि झुम्मिएर केही न केही सोधिरहन्थ्यौं । हाम्रो भावना बुझेर गीत गाइदिन्छन् कि भन्ने लाग्थ्यो ।

‘दाइ, अम्बा खानु हुन्छ ?’ हामी सोध्थ्यौं ।

हामी फकाउन खोज्थ्यौं ।

‘अम्बा धेरै खान हुँदैन बाबु, पेट दुख्छ,’ उनीहरु भन्थे ।

गन्धर्वहरुको भान्सा पनि आँगनमै हुन्थ्यो । आँगनकै चुलढुंगामा भात पकाउँथे । म उनीहरुका लागि बल्ने खालको राम्रो चिर्पट दाउरा ल्याइदिन्थें । कहिलेकाहीं फर्सी र घिरौंलाको तरकारी पनि टिपेर दिन्थेँ । फर्सी-घिरौंला भने उनीहरु मन पराउँदैन थिए । प्रायः आलु र पसलमा किनेको चनाको तरकारी खान्थे ।

गन्धर्वको एउटा टोली एक साताजति बस्थ्यो अनि डेरा सर्थ्यो । फर्किनु अघिल्लो दिन भने सबैले एउटा-एउटा गीत सुनाउँथे ।

‘पर्सी जान्छन् रे,’ माइजूले पर्सी जाने भन्नेबित्तिकै हामीलाई पर्सी कहिले आउलाजस्तो लाग्थ्यो ।

साँझ आठ बजेतिर खानपिन सकिएको हुन्थ्यो । आठ बजेपछि उनीहरु सारंगी रेट्न थाल्थे । हामी फेरि पिँढीमा घेरा लाग्थ्यौं ।

‘ल भन्नुस् आमा, कस्तो गीत सुनाम्,’ १० मिनटजति सारंगी रेटेपछि उनीहरु सोध्थे ।

घरकी बुढी आमालाई मनपर्ने गीत सुनाउने उनीहरुको चाहना हुन्थ्यो । आमाको खासै प्रतिक्रिया हुन्नथ्यो । अनि गाउन थाल्थे ।

‘सुन्नु होला बुवा-आमा, सुन्नुस् दाजुभाइ

काकासँग सल्किएर नाक काटेर गई …’

उनीहरु प्रायः विभिन्न घटनासँग सम्बन्धित गीत गाउँथे । भतिजीले काकाको पेट बोकेर भागेको, पति मुग्लानमा हुँदा पत्नी अर्कैसँग पोइल गएको, पहिरो र आगलागीबाट जनधनको क्षति भएको आदि विभिन्न सन्दर्भलाई उनीहरु मार्मिक चित्रण गरेर गाउँथे । घटना कुन गाउँ वा ठाउँको हो, प्रायः खुलाउँदैनथे । हामीलाई भने इतिहास पढेजस्तो लाग्थ्यो ।

‘यसरी काकाको पेट बोकेकी रे,’ भोलिपल्ट हामीलाई स्कुलमा गफ लाउन मेसो पनि हुन्थ्यो । जति गीत सुन्थ्यौं, सबैको छुट्टाछुट्टै कथा बनाएर स्कुलमा सुनाउँथ्यौं ।

मनोरञ्जनको साधन भनेको रेडियो मात्रै थियो । धर्मराज थापा, प्रवीण गुरुङ, नारायणगोपाल, भक्तराज आचार्य, झलकमान गन्धर्वलगायतका गीत रेडियोमा बज्थे । अहिलेजस्तो चौबिसै घण्टा गीत गुञ्जँदैनथे ।

गीत बज्ने कार्यक्रम निकै थोरै हुन्थ्यो । यही कारण संगीतको मजा लिन गन्धर्वको उपस्थिति हाम्रा लागि बढी महत्वपूर्ण हुन्थ्यो । उनीहरुको आडैमा बसेर गीत सुन्न पाउदा हाम्लाई मज्जा आउँथ्यो ।

समय बित्दै गयो । दूरदराजमा बाटो र बजारको विस्तार भयो । अनि त लेकालीहरुलाई चाहिने सामान उतै मिल्न थाल्यो । गाडी चढेर ती लेकाली तामाङ र गन्धर्वहरु अलि ठूला शहरतिर पुग्न थाले । उनीहरुले वैकल्पिक पेसा अपनाउन थाले ।

शहरमा बरु फाट्टफुट्ट देखिने गन्धर्वले गाउँलाई चटक्कै माया मारे । अब त आलु बोकेर आउने लेकालीको समूह पनि स्मृतिमा मात्रै बाँकी छ । प्लास्टिकका नाङ्लो, चाल्ना र बाल्टिनले चोयाको डालो, नाङ्लोलाई विस्थापित गरिसकेका छन् ।

भौगोलिक, जातीय र सांस्कृतिक अन्तर्घुलनको त्यो संस्कृति अहिले हराएर गएको छ । गाउँपिच्छे खुलेका एफएमहरुले गन्धर्वको महत्व ह्वात्तै घटाइदिएका छन् ।

गन्धर्वले गाउँ बिर्सनुको कारण अर्को पनि छ । गीत सुन्न पाइने लोभमा उनीहरुलाई श्रद्धा गर्नेहरुको संख्या पनि क्रमशः घट्दो छ । हिजो केही नहुँदा सारंगीका धुन सुनेर रमाउनेहरु अचेल उच्च प्रविधिको प्रभावमा परेका छन् । गन्धर्वको गीत सुन्ने धैर्यसमेत धेरैले गुमाइसकेका छन् ।

भदौ लाग्नासाथ हाम्रा गोडा भुईंमा हुँदैनथ्यो । भदौबाटै चाडबाडको सिलसिला सुरु हुने भएकाले मनमा उल्लास छाउँथ्यो ।

केटाकेटी हुँदा हाम्रो बास मामाघरमै हुन्थ्यो । अनि त नागपञ्चमीदेखि नै आम्दानीका स्रोत फराकिला हुन थाल्थे । जनैपूणिर्मा कुशे औंसी, तीजको पूजा लगाउने दिन विशेष हुन्थ्यो । ती पर्वले मलाई दशैंमा लंगुर बुर्जामा थाप्ने पैसा जोहो गरिदिन्थे ।

अम्बा भदौमै पाक्थ्यो, काँक्रो चोर्ने सिजन । गोठालो जाँदा पनि गाईबस्तुले दुःख नदिने, जताततै हरियाली । घाम चरक्क चर्किन्छ तर हरियालीले तनमन शीतल पारिदिन्छ । छिनछिनमै पानी पर्छ र त्यसले घामको महत्व बढाइदिन्छ ।

लेकालीको त्यो लर्को

यही मौसममा थप रौनक छर्थे, तामाङ र गन्धर्वहरु ।

धादिङको उत्तरी क्षेत्रका तामाङ र गोर्खातिरका गन्धर्वहरुको त्यसबेलाको चहलपहल अचेल स्मृति भइसकेको छ । यस्तो बेला पनि थियो, जब लेकबाट तामाङहरु हाम्रो गाउँसम्म आलु र थुन्सेको भारी बोकेर आउँथे । पैसाको कारोबार हुन्नथ्यो । लेकबाट ल्याएका सामानसँग उनीहरु आफूलाई चाहिने सामान साट्थे । खासगरी, दशैं मान्नका लागि उनीहरु आलु दिएर धान लान्थे ।

‘आलु कसरी हो ?’ गाउँले सोध्थे ।

‘दुने हो,’ तामाङहरु भन्थे ।

एकपाथी आलु दिएवापत दुई पाथी धान लिने चलन, जसलाई उनीहरु ‘दुने’ भन्थे । थुन्सेको पनि त्यस्तै भाउ थियो । थुन्से, भकारी, चाल्ना, डालाको अकारअनुसारको भाउ हुन्थ्यो ।

हिमाली क्षेत्रमा बस्ने तामाङहरु थुन्से बुन्न सार्‍है सिपालु । उनीहरुको हातबाट बनेका थुन्से, चाल्ना, भकारी सबै पहाडेका घरमा हुन्थे । यसैगरी तामाङहरुको बारीमा फलेको लेकाली आलुले दशैं, तिहारजस्ता चाड स्वादिलो बनाउँथे । यसो भनौं, लेकालीहरु झरेपछि मात्र गाउँमा दशैं आउन लागेको छनक मिल्थ्यो ।

लेकालीहरुको समूहमा १५ जनादेखि ५०/६० जनासम्म हुन्थे । दिनभरि गाउँ डुलेर आफ्ना सामग्री बिक्री गरेपछि उनीहरु बेलुका एउटा घरमा बास बस्थे । मेरो मावली घर ठूलो थियो, जहाँ हरेक वर्ष कुनै न कुनै समुह बसेकै हुन्थे ।

उनीहरु साँझ सात बजेसम्म जम्मा भइसक्थे । आँगनमा चुलढुंगा लगाएर मकैको ढिँडो र रस हालेको आलु पकाउँथे । उनीहरुले खाने बेलामा हाम्रो खानपिन सकिइसकेको हुन्थ्यो । त्यसैले हामीहरु घेरा लगाएर उनीहरुले खाएको हेथ्र्यौं ।

यसरी घेरा लाग्नेमा अशोक, उत्तम, विनोद, कञ्चनको टोली प्रायः छुट्दैनथ्यो । लेकालीहरुले झोलिलो आलुमा ढिँडो चोपेर खाँदा हाम्रो मुखबाट सरर पानी आउँथ्यो । उनीहरु आपसमा आफ्नै भाषामा कुरा गर्थे, जुन हामी बुझ्दैनथ्यौं । बिहान उज्यालो नहुँदै उनीहरु आ-आफ्ना भारी बोकेर हिँडिसकेका हुन्थे ।

उनीहरुको लुगा पनि हाम्रोभन्दा फरक थियो । पुरुषहरु प्रायः कपाल काट्दैनथे । लामो कपाल धागोले बाट्थे । हाम्लाई उनीहरुको कपाल देख्दा अचम्म लाग्थ्यो ।

गाइने दाइ र सारंगी

लेकाली तामाङहरु गाउँबाट फर्किएलगत्तै गन्धर्वको टोली आइपुग्थ्यो । चिटिक्क परेको लुगा लगाउने गन्धर्वहरु तीनदेखि पाँच जनाको टोलीमा हुन्थे ।

‘आमा हामी त आइपुग्यौं,’ उनीहरु बडो मिठो बोल्थे ।

‘ल राम्रो,’ माइजू भन्नुहुन्थ्यो ।

‘अनि सञ्चै हुनुहुन्छ ? बुवा खै त ?’ परदेशबाट आएको छोराले झैं मिठो भावमा सोध्थे ।

‘खेतमा जानु भा’छ,’ माइजू भन्नुहुन्थ्यो ।

यति कुरा हुञ्जेल उनीहरु सारंगी किलामा झुण्ड्याउँथे र आफ्ना झोला राख्थे । सामान्य ओढ्ने र ओच्छ्याउनेको सानो पोको हुन्थ्यो । अनि, भात पकाउने साना भाँडाकुँडा ।

सारंगी देख्नेबित्तिकै हामी उनीहरु नजिक जान्थ्यौं ।

‘यो छुन हुँदैन है,’ उनीहरु हामी केटाकेटीलाई भन्थे ।

‘उनीहरु गाइने, हामी बाहुन भएकाले छुन हुन्न भनेका होलान्,’ भन्ने हामीलाई लाग्थ्यो । तर, त्यसो होइन रहेछ । कुरो पछि पो थाहा भो । हामीले चलायौं भने सारंगी बिग्रिन्छ भनेर ‘छुन हुँदैन’ भनेका रहेछन् ।

दिनभरि कता कता गीत गाउन जान्थे, साँझ बास बस्न आइपुग्थे ।

‘ए दाइ एउटा गीत गाउनु न,’ हामी आग्रह गर्थ्यौं ।

‘पर्सी है,’ उनीहरु भन्थे ।

‘एउटा मात्रै गाइदिनु न,’ हामी कर गर्थ्यौं।

‘आज थकाइ लागेको छ भोलि,’ उनीहरु भन्थे ।

म सोच्थेँ, यिनले झुक्याएका हुन् । जाबो एउटा गीत गाउन पनि थकाइ लाग्छ ? मलाई त्यतिबेला लाग्थ्यो, गन्धर्व भनेको त रेडियोजस्तै हुन् । जसरी रेडियोको कान बटारेपछि बज्छ, उसैगरी गन्धर्वले चाहेको बेला गाउन सक्छन् ।

‘दाइ, यो सारंगी केको हो ?’ छुन डर लाग्थ्यो तर नजिकै गएर सोध्थ्यौं ।

‘खिर्रोको,’ उनीहरु भन्थे ।

बारीमा जताततै पाइने खिर्रोको पनि यति राम्रो सारंगी बन्छ र ? हामी पत्याउँदैनथ्यौं ।

‘तार चाहीं केको नि ?’ हामी सोध्थ्यौं ।

‘घोडाको पुच्छर,’ उनीहरु भन्थे ।

उनीहरु गाउँ डुलेर साँझ ५/६ बजेतिर आउँथे । हामी उनीहरुको वरिपरि झुम्मिएर केही न केही सोधिरहन्थ्यौं । हाम्रो भावना बुझेर गीत गाइदिन्छन् कि भन्ने लाग्थ्यो ।

‘दाइ, अम्बा खानु हुन्छ ?’ हामी सोध्थ्यौं ।

हामी फकाउन खोज्थ्यौं ।

‘अम्बा धेरै खान हुँदैन बाबु, पेट दुख्छ,’ उनीहरु भन्थे ।

गन्धर्वहरुको भान्सा पनि आँगनमै हुन्थ्यो । आँगनकै चुलढुंगामा भात पकाउँथे । म उनीहरुका लागि बल्ने खालको राम्रो चिर्पट दाउरा ल्याइदिन्थें । कहिलेकाहीं फर्सी र घिरौंलाको तरकारी पनि टिपेर दिन्थेँ । फर्सी-घिरौंला भने उनीहरु मन पराउँदैन थिए । प्रायः आलु र पसलमा किनेको चनाको तरकारी खान्थे ।

गन्धर्वको एउटा टोली एक साताजति बस्थ्यो अनि डेरा सर्थ्यो । फर्किनु अघिल्लो दिन भने सबैले एउटा-एउटा गीत सुनाउँथे ।

‘पर्सी जान्छन् रे,’ माइजूले पर्सी जाने भन्नेबित्तिकै हामीलाई पर्सी कहिले आउलाजस्तो लाग्थ्यो ।

साँझ आठ बजेतिर खानपिन सकिएको हुन्थ्यो । आठ बजेपछि उनीहरु सारंगी रेट्न थाल्थे । हामी फेरि पिँढीमा घेरा लाग्थ्यौं ।

‘ल भन्नुस् आमा, कस्तो गीत सुनाम्,’ १० मिनटजति सारंगी रेटेपछि उनीहरु सोध्थे ।

घरकी बुढी आमालाई मनपर्ने गीत सुनाउने उनीहरुको चाहना हुन्थ्यो । आमाको खासै प्रतिक्रिया हुन्नथ्यो । अनि गाउन थाल्थे ।

‘सुन्नु होला बुवा-आमा, सुन्नुस् दाजुभाइ

काकासँग सल्किएर नाक काटेर गई …’

उनीहरु प्रायः विभिन्न घटनासँग सम्बन्धित गीत गाउँथे । भतिजीले काकाको पेट बोकेर भागेको, पति मुग्लानमा हुँदा पत्नी अर्कैसँग पोइल गएको, पहिरो र आगलागीबाट जनधनको क्षति भएको आदि विभिन्न सन्दर्भलाई उनीहरु मार्मिक चित्रण गरेर गाउँथे । घटना कुन गाउँ वा ठाउँको हो, प्रायः खुलाउँदैनथे । हामीलाई भने इतिहास पढेजस्तो लाग्थ्यो ।

‘यसरी काकाको पेट बोकेकी रे,’ भोलिपल्ट हामीलाई स्कुलमा गफ लाउन मेसो पनि हुन्थ्यो । जति गीत सुन्थ्यौं, सबैको छुट्टाछुट्टै कथा बनाएर स्कुलमा सुनाउँथ्यौं ।

मनोरञ्जनको साधन भनेको रेडियो मात्रै थियो । धर्मराज थापा, प्रवीण गुरुङ, नारायणगोपाल, भक्तराज आचार्य, झलकमान गन्धर्वलगायतका गीत रेडियोमा बज्थे । अहिलेजस्तो चौबिसै घण्टा गीत गुञ्जँदैनथे ।

गीत बज्ने कार्यक्रम निकै थोरै हुन्थ्यो । यही कारण संगीतको मजा लिन गन्धर्वको उपस्थिति हाम्रा लागि बढी महत्वपूर्ण हुन्थ्यो । उनीहरुको आडैमा बसेर गीत सुन्न पाउदा हाम्लाई मज्जा आउँथ्यो ।

समय बित्दै गयो । दूरदराजमा बाटो र बजारको विस्तार भयो । अनि त लेकालीहरुलाई चाहिने सामान उतै मिल्न थाल्यो । गाडी चढेर ती लेकाली तामाङ र गन्धर्वहरु अलि ठूला शहरतिर पुग्न थाले । उनीहरुले वैकल्पिक पेसा अपनाउन थाले ।

शहरमा बरु फाट्टफुट्ट देखिने गन्धर्वले गाउँलाई चटक्कै माया मारे । अब त आलु बोकेर आउने लेकालीको समूह पनि स्मृतिमा मात्रै बाँकी छ । प्लास्टिकका नाङ्लो, चाल्ना र बाल्टिनले चोयाको डालो, नाङ्लोलाई विस्थापित गरिसकेका छन् ।

भौगोलिक, जातीय र सांस्कृतिक अन्तर्घुलनको त्यो संस्कृति अहिले हराएर गएको छ । गाउँपिच्छे खुलेका एफएमहरुले गन्धर्वको महत्व ह्वात्तै घटाइदिएका छन् ।

गन्धर्वले गाउँ बिर्सनुको कारण अर्को पनि छ । गीत सुन्न पाइने लोभमा उनीहरुलाई श्रद्धा गर्नेहरुको संख्या पनि क्रमशः घट्दो छ । हिजो केही नहुँदा सारंगीका धुन सुनेर रमाउनेहरु अचेल उच्च प्रविधिको प्रभावमा परेका छन् । गन्धर्वको गीत सुन्ने धैर्यसमेत धेरैले गुमाइसकेका छन् ।

-ध्रुव लम्साल

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...


ताजा समाचार

संसदमा पाँच वटा पार्टी मात्रै, को को हुने भए स्वत्न्त्र सांसद ?
आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत...
BICC-Nepal-1513398888.jpg
प्रदेशमा मन्त्रालयको नाम बेग्लाबेग्लै, केन्द्रमा १५ मन्त्रालय (सूचीसहित)
अब बन्ने नयाँ सरकारमा १५ वटामात्रै मन्त्रालयहरु रहने भएका छन् । संविधानअनुसार सरकारमा २५ मन्त्रीहरु रहन पाउने भएता पनि मन्त्रालयको संख्याचाहिँ १५...
PM-1513391494.jpg
भिमफेदीमा फिक्स भएको विवाह यसरी रोकियो
मकवानपुरमा एक बालिकाको विवाह हुने भनी तय भैसकेको अवस्थामा विवाह रोकिएको छ । भिमफेदी गाउँपालिकाकी १५ वर्षिय एक बालिका र २४ वर्षीय एक युवकको यही मंसिर...
child-marriage-1513258406.jpg
लागु औषध सहित हेटौँडाबाट दुईजना पक्राउ
लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३...
download-1513257242.jpg
पर्यटन प्रवद्र्धनका लागि ‘राईड टु मार्खु’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा ६० जनाले साइक्लिङ गर्ने भएकाछन् । मकवानपुरका ४० जना र अन्य जिल्लाका २० जनाले साइक्लिङ गर्ने...
Cycling-1513259464.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg