Wednesday, 20th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

किन ‘थाहा’ दिवस ?
यादव जंग रायमाझी

यादब जंग रायमाझी

सामाजिक सञ्जाल मार्फत   सकारात्मक सामाजिक परिवर्तन गर्ने लक्ष्य बोकी हिँडेको “फरक सोच“ परिवारले युवाहरुलाई सामाजिक सेवा र मानविय सेवामा सहभागी गराउन केहि हद्सम्म सफल भएको छ ।  समाजलाई   सकारात्मक बाटोमा डोह्र्याउन युवा सक्षम र सबल हुनु पर्दछ । युवा सक्षम र सबल हुन युवा शिक्षित, चेतनशील, ज्ञानी हुनु पर्दछ । युवालाई चेतना शिक्षा, ज्ञान वा थाहाको महत्व बारे सिकाउनका लागी “थाहा“ दर्शनका प्रबर्तक रुपचन्द्र बिष्टको जन्मदिनलाई “थाहा“ दिवसको रुपले मनाउन मैले प्रस्ताब गर्दा “फरक सोच“ परिवार भित्रै बाटै एउटा प्रश्न आयो किन “थाहा“ दिवस ?  

रुपचन्द्र बिष्ट ओहर–दोहर गर्दा खाना खान, बिहानको चिया पिउन, गफ गर्न रुप्सेली आमाको होटलामा आउँथे । मेरो आमा वा बुबालाई देखेपछी यो मेरो बिरोधिहरु भन्थे । हाम्रा लागि त उनी अमिताभ बच्चन, मिठुन चक्रवर्ती, धर्मेन्द्र जत्तिकै जे पनि गर्न सक्ने हिरो थिए ।

कन्या शिक्षा मातृशिक्षा हुनेछ,

पढाउनु यज्ञ हो, 

यसमा न्याय मात्र 

गर्नु ठीक पर्दछ, 

संयुक्त गा. स. ’३१ ले सम्पुर्ण 

पढाउने थिती दिएकोछ, 

दिउँसो नपाउनेलाई बिहान पढाऔं । 

हिजोआज घरमा कुनै पुरुष शिक्षित हुनु केवल उसको लागि हुन्छ तर घरमा नारी शिक्षित हुनु सिङो परिवार शिक्षित हुनु हो वा सबैको लागी हुन्छ भनिन्छ ।  शिक्षालाई त्यस माथी नारी शिक्षालाई विशेष जोड दिईएको यो पर्चा २०३१ ताका दामन पालुङ र मकवानपुरका अन्य भेगमा बाँडिएका रहेछन टाँसिएका  रहेछन । हुन त ३१ सालमा म जन्मिएको थिईन । मैले धेरै पछी पैसा भेट्ने आशाले बुबाको ट्याङ्का खोतल्दा एक मुठ्ठा यस्तै के के लेख्या पर्चाहरु भेट्टएको थिए । त्यसका मुनी रुदाने, जसरु, स्वरुपे पनि लेखिएका हुन्थे । त्यती बेला लेख्या बाक्यहरुका मतलब नबुझ्दा पनि हामी भुरा बिच रुपचन्द्र बिष्टको पर्चा खल्तिमा हुनु सान नै हुन्थ्यो । त्यसैले पैसा नभेट्दा पनि पैसा जत्तिकै महत्वपुर्ण बस्तु भेटेको जस्तो मैले ठानेको थिए । 

                                                                                                                        

   मेरा बुबा राप्रपाका समर्थक हुनुहुन्थ्यो मैले थाहा पाएदेखी लगभग एक्लो । शिखरकोटका हरेक घरमा हँसिया हतौडा भएका राता झण्डा फहराथ्यो भित्तामा त्यो बेला हत्केला वा भरेङ पोतिएका हुन्थे। मेरो घरको बाद्लिँमा भने तीनचार थरि   रंग मिसिएको झण्डा बाँधिएको हुथ्यो र भित्ताहरुमा डम्फु चुनाब चिन्ह भएका पोष्टर टाँसिएको हुन्थ्यो । राप्रपाको प्रचार प्रसार देखी ओमु ट्याम्पा लामाको बस्ने खाने सम्मको सबै ब्यवस्था मेरै घरमा हुने गर्दथ्यो । मेरा बुबाले जनमोर्चालाई “जनता मार्छ“ भन्नु हुन्थ्यो खिस्सी गरेर तर उहाँको ट्याङ्कामा उनै जनमोर्चा जनमुखी कहलाएका रुपचन्द्रको पर्चा जम्मा गरेर राखेको देख्दा म आफु सानै भए पनि एक क्षण घोरिएको थिए । 

 

  मेरो घर सँगै जोडिएको घरमा रुप्सेली आमाको होटल थियो, हुन त  शिखरकोटको सबै भन्दा पुरानो होटल त्यती बेलाको हाम्रै पनि हो, जसको नाम रायमाझी होटल एण्ड लज थियो । रुपचन्द्र बिष्ट ओहर–दोहर गर्दा खाना खान, बिहानको चिया पिउन, गफ गर्न रुप्सेली आमाको होटलामा आउँथे । मेरो आमा वा बुबालाई देखेपछी यो मेरो बिरोधिहरु भन्थे । हाम्रा लागि त उनी अमिताभ बच्चन, मिठुन चक्रवर्ती, धर्मेन्द्र जत्तिकै जे पनि गर्न सक्ने हिरो थिए । त्यसैले आमबुवालाई उनले जे भने पनि कुरा केहि नबुझे पनि म लगायत मेरा साथी उनि आएपछि झुम्मिन पुगी हाल्दथ्यौ । त्यती बेला दशै होस कि स्कुल भर्ना गर्दा कपडा स्कुल ड्रेस नै हुन्थ्यो गाढाँ निलो पाईन्ट आकसे निलो सर्ट । त्यो निलो सर्टको छात्तिमा रातो मसिले “थाहा“ छपाउने लोभले पनि हामीलाई रुपचन्द्र नजिक नजिक पार्नुको कारण हुन्थ्यो । 

                                                                                               

ठ्याक्कै साल त याद छैन रुपचन्द्र बिष्ट जेलबाट छुटेर आए रे भन्ने खबर आएकोले मेरा बुबाले आमा र मलाई हेटौडा लैजानु भएको थियो उनै आफुलाई बिरोधी भन्ने मानिसको भाषण सुन्नैका लागि मात्र । यती लामो बुबाको प्रसंग किन जोड्यो भन्ने लाग्ला, मैले यो सबै जोड्नुको कारण मेरा बुबा आफु राप्रपा भइकन पनि किन रुपचन्द्रप्रति आकर्षित थिए, भन्ने कौतुहलताले आफु बुझ्ने हुँदै जाँदा मलाई रुपचन्द्र बारे जान्न, बुझ्न, पढन हौसाई रहन्थ्यो । यसैले केहि सम्झेका कुरा जोडेर लेखे । बच्पनको त्यही आकर्षण र उनका चरीत्र ब्यवहार   राजनितिक उद्देश्यको बारेमा थोरै–थोरै बुझ्दै हुर्कदा आकर्षण बिस्तारै समर्थनमा  बदलियो । रुपचन्द्र बिष्टको ब्यक्तित्व र उनको “थाहा“ दर्शनबाट प्रभावित भईयो ।  तर मैले “थाहा“ दिवश मनाउन खोज्नुको कारण यती मात्रै पनि होईन ।  

थाहा बुझे संसार बुझिन्छ किनकी थाहा ज्ञान हो, चेतना हो, विधा हो ।  बुद्ध थाहा पाएर बुद्ध बने,

क्राइष्ट थाहा पाएर क्राइष्ट बने,

संसारका सब मानिस थाहाका उपज हुन्

सप्रेका देश थाहा पाएर सप्रे,

बिग्रेका देश भ्रममा परेर बिग्रे

भ्रमैभ्रममा बाँचेर बिग्रेको यो देशको एउटा नागरिक तपाईं

थाहा पाउनुस्, देश सप्रिन थालिहाल्छ ।

चेतना बिहिन मान्छे, शिक्षा बिहिन मान्छे, केहि ज्ञान नभएको मान्छे पशु सरह हुन्छ । जब सम्म मानिस अज्ञानी हुन्छ उसका लागी संसार अंध्यारो हुन्छ तर एउटा ज्ञानी मानिसले अर्को मानिसको हक, अधिकार आफु जस्तै भएको पत्तो पाउँछ । एउटा शिक्षित ब्यक्तिले जात, धर्म, लिंग र बर्गका आधारमा गरिने भेदभाब गलत हो भन्ने जान्दछ ।

   राजनितिक चेतना शैक्षिक ज्ञानले जनतालाई जागरुक बनाउने हो भने देश बिकास सजिलै हुन्छ । संभ्रान्त भनिएका पश्चिमा राष्ट्रहरु हुन वा एसिया कै बिकसित राष्ट्रहरु यि दुबै थरी ज्ञान र चेतनाका संयोजनले सफल भएका हुन बिकसित भएका हुन । अशिक्षित जनता, देश र जनता प्रती आफ्नो कर्तब्य   उत्तरदायित्व के हो भने ज्ञान नभएका नेतृत्वले कुनै पनि देश सफल हुन     सक्दैन । जब जनताले सबै थरी ज्ञान पाउँछन चेतनशील बन्छन त्यही जनताबाट निस्किएको नेतृत्वले देशलाई सबल, सक्षम र सभ्य बनाउने हो । संसारका सबै नाम कहाँलिएका ब्यक्तीहरु, महात्माहरु,    राजनेताहरु आफुले सिकेको, आर्जेको, बटुलेका ज्ञान र त्यसको सही प्रयोगका कारण बिख्यात भएका हुन । सिदार्थले दरबार छाडी हिडेर प्राप्त गरेका ज्ञानले गौतम बुद्द कहलिए । रत्नाकर डाँकु ज्ञान प्राप्तिका कारण ऋृषी बाल्मिकी बने ।  अनपढ मुर्ख कालिदास ज्ञान शिक्षा चेतनाका कारण प्रसिद्ध कवी र महाकवी बन्न पुगे । बुद्धद्वारा पाएको उपदेश ज्ञानका कारण अंगुलिमान जस्तो   क्रुर डाँकु समेत भिक्षु बन्न पुगे । चेतना बिहिन मान्छे, शिक्षा बिहिन मान्छे, केहि ज्ञान नभएको मान्छे पशु सरह हुन्छ । जब सम्म मानिस अज्ञानी हुन्छ उसका लागी संसार अंध्यारो हुन्छ तर एउटा ज्ञानी मानिसले अर्को मानिसको हक, अधिकार आफु जस्तै भएको पत्तो पाउँछ । एउटा शिक्षित ब्यक्तिले जात, धर्म, लिंग र बर्गका आधारमा गरिने भेदभाब गलत हो भन्ने जान्दछ । यस्ता गलत संस्कारको विरुद्ध सिङ्गो समाज जुरुक्क उठ्नु पर्दछ सबै थरिका बिभेदको अन्त्य गर्नु पर्दछ भन्ने जान्दछ र अरुलाई सिकाउँछ । यस्ता चेतनशील मानिस भएको घर, समाज र देश सभ्य हुनेछ संभ्रान्त र शान्त हुन्छ । त्यसैले हरेक मानिसले ज्ञान जान्नु पर्दछ । ज्ञान.चेतना.शिक्षा.थाहा पाउनु पर्दछ यही सब “थाहा“ दर्शनले सिकाउँदछ । 

ब्यक्ती–ब्यक्तिले सिकेको जानेको “थाहाले“ देश सपार्न सक्दछ, यस्तो दर्शनलाई प्रतिपादन गरेका रुपचन्द्रको जन्म दिनमै यो दिवश पारी “थाहा“ बारे “थाहा“ दर्शन बारे “थाहा“ दिन खोजिएको हो । “थाहा“ पाउनुको महत्व थाहा नगर भित्रका विधालयका विधार्थीहरुलाई “थाहा“ कै बिषयमा प्रतिस्पर्धा गराउदै दिईने छ । यो क्रममा यो सिकाईमा एकजना मात्र ज्ञानी कोही भैदियो भने “थाहा“ दिवसको औचित्य पुरा भएको मानिनेछ । यही   कारण नयाँ पुस्तालाई ज्ञान, चेतना वा थाहा सिकाउनका लागि “थाहा“ दिवस मनाउन खोजिएको हो । 

यो जवाफ “फरक सोच“ परिवारलाई सँगै अन्यलाई जानकारी ..... इति ।

Plant-1526723778.JPG