Sunday, 17th February, 2019
वि.स.
Bihuli-002-1532968337.gif

कृषि र पर्यटन बिकास पूर्बाधार थाहानगर समृद्धि को आधार !!

Sanobhai-karki-1533780110.jpg

     प्राकृतिक सुन्दरताले भरिपुर्ण मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहानगर बिकासका थुप्रै सम्भावना बोकेको रमणीय क्षेत्र हो । पूर्व काठमाडौ ,पश्चिम । कैलाश गाउँ पालिका ,दक्षिण भिम्फेदी गाउँ पालिका र उतर धादिङ जिल्लाको सीमा भित्रको यो नगरपालिका ६ वटा साबिक गा बि स हरु मिलेर बनेको ,करिव ४५००० जनसंख्या रहेको तथ्यांक छ । साबिक ६ वटा गा बि स हरुका पृथकपृथक ऐतिहासिक ,धार्मिक ,प्राकृतिक, शासकीय ,प्राचीनताले राष्ट्रिय चर्चामा रहेको यो क्षेत्रको आ आफ्नै महत्व रहेको कुरा अर्थपूर्ण छ । महाभारत शृङ्खलाको उच्च भाग सिमभन्ज्याङ (२४८८ मि ) उचाईमा नेपालको पहिलो  सडक त्रिभुवन राजपथको निर्माण भै मुलुकको राजधानी काठमाडौ र छिमेकी देश भारतलाई जोड्नुले थुप्रै आन्तरिक र बाह्य पर्यटकहरुको आवागमन हुन गै रसास्वादन हुनु  यस क्षेत्रको गौरव मान्नुपर्छ । यही राजपथको निर्माण पछिको महत्वपूर्ण देन मान्नुपर्छ कि दामन भ्यु टावर (जहाँबाट १० भन्दा बढी उच्च हिमालहरुलाई दृश्यावलोकन सहजै गर्न सकिन्छ)  निर्माण भएको छ ।
     यस्ले झनै प्राकृतिक मनोरमताले भरिपुर्ण यस क्षेत्रको गरिमालाई थप उचाइमा पुराउन मद्धत पुराएको 
छ । यतिमात्र होइन २०१३ सालबाट सन्चालित यो मार्गको उपज मान्नु पर्छ कि २०१८ साल बैशाख १ गते स्वर्गीय राजा महेन्द्रबाट बागबानी केन्द्र दामनको कृषि उत्पादनमा जोड दिने र फलफूल ( स्याउ) उत्पादन केन्द्रको रुपमा बिकास गर्ने हेतुले उदघाटन गरि शुभारम्भ भयो ।यस पछि क्रमश दामन जडिबुटी केन्द्र ,टिष्टुङ जडिबुटी केन्द्रको स्थापनाले पनि महत्त्व पायो र अध्यवधी कृयाशील छन । भित्री मधेशको तापबाट महाभारत श्रृङखला उकलदै गर्दा १२ घुम्तिको अनुभव लिदै एउटै डाडाको नगबेली उकाली उक्लदै यात्रारत हुदा हिउदमा राताम्मे भै ढकमक्क फुल्ने लालिगुरास र सेताम्मे तुषारापात र यदाकदा पर्ने हिउँको आगमनले चर्चा त पायो नै यो क्षेत्रको प्रसिद्धि पनि सडक कै कारण बन्न पुग्यो । सडक चलेको २२ बर्षपछी २०३५ बाट कुलेखानी जलविद्युत आयोजनाको अध्ययन अनुसन्धान भै २०४२ बाट जलविद्युत प्रशारण हुनुमा पनि यो राजपथको योगदानलाई भुल्नु हुदैन ।यी र यस्ता थुप्रै उपलब्धिहरु भित्राउन सफल यो क्षेत्रमा अहिले थाहा नगर पालिका घोषणा हुन पुगेको छ । २०७१ मा घोषणा भएको यो नगरपालिका प्राकृतिक सुन्दरताले भरिपुर्ण  छ । सरकारी र गैरसरकारी क्षेत्रका संघ संस्था र निकायहरु चलायमान छन । पहिलादेखी नै आलु खेतिको प्रसिद्ध मानिने यहाँ २०५० पछि तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा बिकसित  र चर्चित छ । काठमाडौको घना वस्तिका उपभोक्ताहरुलाई बेमौसमी तरकारीको आपूर्ति गर्ने गरेको छ । यो थप गौरवको कुरा हो कि स्थानीय मिहिनेती जनताहरुको पौरखले आय आर्जनमा वृद्धि हुँदै पूजीनिर्माणमा बल पुराएको छ ।
       समाजवादी नेता ,समन्यायका अगुवा ,विचारलाई ब्यब हारमा आफैबाट प्रारम्भ गरेर देखाउने सामाजिक अगुवा  जस्ले निष्पक्ष सकृयताको अभ्यास थाहाको चेतनारुपी दीयोलाई प्रज्ज्वलन गरे र जनजनमा रोपण गर्न जीवन खर्च गरे यद्यपि शब्द पुग्यो जहाँ उनी पुगे, मर्म पुग्न सकेन ! तेहि चेतनाको दीयो रुपि थाहा अभियानको अभियन्ता  स्व रुपचन्द्र बिष्टको राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा प्रचारित थाहा को नामबाट नगरपालिकाको नामाकरण हुन पुगेको छ ।यो नाम आफैमा अत्यन्तै अर्थपूर्ण छ ।जुन नामाकरणले ती सादा जीवन उच्च विचारका धनी ,पारदर्शी ब्यबहारका प्रणेता ,बिकास सहभागितामा बिश्वासबादी ,ब्यबहारबादी नेतालाई जीवन्त राख्न बल पुगेको छ । यो नामाकरण र स्व बिष्टलाई राज्यले राष्ट्रिय विभुती घोषणाले उनको यो जन्मभुमिको गौरवलाई थप उचाईमा लगेको कुरा सर्बमान्य छदैछ ।यद्यपि यहाका नागरिकहरूलाई थप जिम्मेवारी थपेको छ कि उनको त्यो आदर्शलाई रक्षा गर्दै कसरी बिकास गर्ने ?  यही मूल्य र मान्यतालाई आत्मसात गर्दै यस  थाहानगरपालिकाको नामाकरण मुताबिक यस्ले आफ्नो मुल नाराको छनोट गरेको छ कि कृषि र पर्यटन पुर्बाधार ,थाहानगर समृद्धिको मुल आधार !! यो नाराबाट यो प्रमाणित हुन्छ कि माथी उल्लेख गरे झै कृषिमा।आधारित तरकारी खेतीको भुमी र प्राकृतिक मनोरमताका छटाहरुबाट सुसज्जित भएकोले यस्लाई आधार मान्नु सहि छ । साथै यश भुमिका नेता जस्ले आफ्नो कार्यकालमा सामुहिक खेतिलाई जोड दिए । बिकासखेतको नामले अहिले पनि साबिक दामन २ घर्तिखोला हाल थाहा ३ चर्चित छ ।उनको यो देनलाई अबका दिनमा चरितार्थ गर्नु पनि हामीलाई चुनौती छ ।
    यस्को साथै हिजोको दिनमा उनले आफ्नो सोच र शक्त्तिलाई केन्दृत गरेको क्षेत्र शिक्षा हो  ।शिक्षामा पनि ब्यबहारिक र जीबनोपयोगी शिक्षा !उनको दुईभाग अयन्तै महत्वपूर्ण मानिन्छ ।पहिलो साक्षरता जुन सबैका लागि जरुरी छ बिशेषत नारीहरुकोलागी अति आबस्यक मानेकाछन भने विद्यालय  शिक्षामा।व्याबसायिक शिक्षालाई जोड दिएको पाइन्छ । व्याबसायिक र जीवनोपयोगी शिक्षाले नै मानव जीवन सार्थक हुने कुरामा बिश्वस्त यी दुरदर्शी नेताले तात्कालिन पाठ्यक्रममा आधारित कोर्षलाई पनि उपयोग गर्दै श्रममा आधारित शिक्षा( खेतिपाती) ,सीप र कलामा आधारित शिक्षा ( गीत ,सङित ,नृत्य ,भाषण ) ,स्वतन्त्रताको अभ्यासलाई जोड दिएको पाइन्छ ।अत हामी वास्तवमै उनको त्यो आदर्शलाई अनुकरण गर्न चहान्छौ भने समाज रुपान्तरणका लागि गरिएको ती गतिबिधिमा केन्द्रित हुन जरुरी छ ।यो पहिलो र महत्वपूर्ण कुरा हो कि हाम्रा आदर्श पुरुष यदि उनकालाई ठान्दछौ भने । अब अर्को महत्वको बिषय हामीले तय गरेको नारालाई सार्थक बनाउनकालागी जोड हो ।कुनैपनी नारालाई केबल लेखेर वा तेस्को बारेमा व्याख्या बिश्लेषन गरेरमात्र पक्कैपनी शिखरमा पुग्न सकिन्न ।यो धुबसत्य कुरा हो । तेसैले नारालाई यथार्थमा बदल्न तदनुरुपको योजनासहित कार्य आरम्भ हुनै पर्दछ । 
    कृषि र पर्यटन हाम्रो गन्तब्य हो भने ती क्षेत्रको सफलिभुत पार्न के गर्दै छौ ? तेस्को लागि लागानी गरेका  छौ ?कति गरेका छौ ?किन लगानी गरेका छौ ?तेस्बाट हामी के प्राप्त गर्न चहान्छौ ?कि तेस्मा उत्सुक पात्रहरु छन वा छैनन ?छैनन भने प्रेरणादायी भुमिका हामिले केही खेलेका छौ ?कि त्यो बाटोमा हिडन चहानेहरु हुदाहुदैपनी हामीले वास्ता गरिरहेका छैनौ ?यी पक्षहरुमा हामिले मुलत नेतृत्वदायी अङ्ग जिम्बेवार बन्नु वर्तमान आवश्यकता र अपरिहार्यता हो ।

Plant-1526723778.JPG