Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

घुमफिरका लागि भरतपुर महानगरको तीन करोड बढी बजेट

bharatpur-1540776809.jpg

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा भ्रमणमा मात्रै ३ करोड बढी रकम खर्च गर्ने भएको छ । भ्रमण शीर्षकमा छुट्याएको यो रकम महानगरको आन्तरिक आयको झन्डै ५ प्रतिशत हुन जान्छ ।

महानगरपालिका कार्यालयको सिको गर्दै महानगरका वडाहरुले पनि आफ्नो वडाको बजेट भ्रमण खर्चमा छुट्याएका छन् । भरतपुर महानगरपालिकाले महानगरवासीबाट राजस्व संकलन गर्ने ५५ करोडको आन्तरिक स्रोतको आम्दानीको करिब ५ प्रतिशत (२ करोड ८४ लाख) भ्रमणमा खर्च गर्न लागेको हो । संघीय सरकारबाट प्राप्त रकममा १७ लाख र प्रदेश सरकारबाट प्राप्त रकममध्ये ६ लाख खर्च भइरहेको छ ।
यसरी महानगरले आफ्नो कुल बजेटको ठूलो रकम भ्रमण खर्चका लागि छुट्याएपछि विकास बजेट प्रभावित हुने खतरा बढेको सरोकारवालाहरुले बताएका छन् ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहन प्रधान महानगरको भ्रमण बजेट अत्यधिक भएको र आन्तरिक आयको यति ठूलो रकम भ्रमणमा खर्च गर्नु उपयुक्त नहुने बताउँछन् । प्रधानले भने, ‘संस्थागत विकासका लागि खर्च गर्ने भनेको भए हुन्थ्यो, तर भ्रमणमा खर्च गर्नु त ठीक भएन ।’ 

वाम बुद्धिजीवी प्रेम रिमालले भ्रमण खर्चहरु उपलब्धिमूलक हुनुपर्ने बताएका छन् । ‘३ करोडको भ्रमण खर्चअनुसार महानगरको ३ अर्बको उपलब्धि हुनुपर्छ’, रिमालको भनाइ छ । स्थानीय निकायले उपलब्धि शून्य भ्रमणहरु गर्न नहुने र उत्पादनशील कार्यमा बजेट केन्द्रित गर्नुपर्ने रिमालले बताए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा भन्छन्, ‘आन्तरिक आयको ५ प्रतिशत रकम भ्रमणमा खर्च गर्नु ठीक भएन, स्थानीय निकायले नागरिकको आवश्यकतामा खर्च गर्ने हो भ्रमणमा होइन ।’ अहिले स्थानीय निकाय जवाफदेही हुन नसकेको उनले बताए ।

नेपाली कांग्रेस चितवनका उपसभापति कैलाश कोइरालाले महानगरपालिकाले करको दायरा बढाएर भ्रमण खर्च गर्नु राम्रो नभएको बताए ।
महानगरले भ्रमण खर्चको सबैभन्दा बढी अनुगमन, मूल्यांकन र भ्रमण शीर्षकअन्तर्गत १ करोड ४० लाख छुट्याएको छ । संस्थागत विकास खर्चअन्तर्गत भ्रमण खर्च शीर्षकमा ५० लाख, विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्चमा ३० लाख, अन्य भ्रमण खर्चमा ३० लाख र कर्मचारी तथा जनप्रतिनिधिहरुलाई अध्ययन अवलोकन शीर्षकमा १२ लाख विनियोजन गरिएको छ ।

राजस्व महाशाखाअन्तर्गतको बजेटमा ४ लाख कर्मचारी र जनप्रतिनिधिको भ्रमणमा छुट्याइएको छ । कृषि विकास कार्यक्रमअन्तर्गत कर्मचारी, जनप्रतिनिधि, कृषक, कृषक समूह अवलोकनमा २ लाख ५० हजार राखिएको छ । यस्तै, सहकारी क्षेत्रको बजेटअन्तर्गत फेरि कृषक, कर्मचारी, पदाधिकारी भ्रमण शीर्षकमा २ लाख छुट्याइएको छ ।

यस्तै, वातावरण तथा विपद् व्यवस्थापनअन्तर्गत वातावरणमैत्री वडा घोषणा भएका वडाका अभियन्तालगायतलाई अवलोकन भ्रमणमा रु.१० लाख र वातावरण समिति र सरोकारहरुको अध्ययन अवलोकन भ्रमण तथा क्षमता वृद्धि तालिममा रु.१० लाख छुट्टाइएको छ । यसैगरी सामाजिक विकास महाशाखाअन्तर्गत बालमैत्री स्थानीय शासन समिति र बाल सञ्जालका पदाधिकारीहरुको अध्ययन अवलोकन भ्रमणका लागि रु. १ लाख ५० हजार तथा महिला स्वास्थ्यसेवा दिवस तथा उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि अध्ययन भ्रमण तथा प्रोत्साहनमा रु ५ लाख बजेट छुट्टाइएको छ ।

यस्तै, वडा कार्यालयहरुले पनि वडाको बजेटअन्तर्गत भ्रमण खर्चमा बजेट छुट्याएका छन् । महानगरको वडा नम्बर २९ ले अवलोकन भ्रमण शीर्षकमा २ लाख विनियोजन गरेको छ । वडा अध्यक्ष मनबहादुर मगरले उक्त बजेटबाट वडाका जनप्रतिनिधि र कर्मचारीको १० जनाको टोली पूर्वी नेपालको विराटनगर, दार्जलिङ्ग लगायतका स्थानहरुको भ्रमण गरेको र ती स्थानहरुको विकास हेरेको बताए ।

यस्तै, वडा नम्बर २० ले पदाधिकारी, कर्मचारीको भ्रमणमा १ लाख ५० हजार र ज्येष्ठ नागरिकहरुलाई तीर्थ भ्रमण तथा न्यानो कपडा वितरण शीर्षकमा १ लाख विनियोजन गरेको छ । वडा नम्बर २० का वडा अध्यक्ष मनिलाल तामाङले भ्रमणमा रकम विनियोजन भए पनि कहाँ जाने भन्ने विषयमा टुंगो लागिनसकेको बताए । यसैगरी, वडा नम्बर ४ ले सञ्चार प्रविधि तथा अध्ययन अवलोकन भ्रमणमा १ लाख र वडा नम्बर १४ ले वृद्धवृद्धा धार्मिक भ्रमण तथा सम्मानका लागि १ लाख विनियोजन गरेका छन् ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले विभिन्न देशमा अनुभव आदान–प्रदान, जनप्रतिनिधि र कर्मचारीहरुको वृत्ति विकासको लागि भ्रमणको कार्ययोजना रहेको बताए । त्यस प्रकारका भ्रमणहरुले जनप्रतिनिधि र कर्मचारीहरुको कार्यक्षमता वृद्धि हुने र स्मार्ट सिटीको अवधारणा कार्यन्वयनको लागि सहयोग पुग्ने जनाए ।

-चितवनपोष्टबाट

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png