Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

चित्लाङ, जहाँँ लक्ष्मीप्रसादले ‘यात्री’ कविता रचे

Chitlang-1541567246.jpg

महाकवि लक्ष्मीप्रसाद देवकोटाले सिर्जना गरेको यात्री कविता नसुनेकाहरु विरलै होलान् । उनै महाकवि देवकोटालाई यात्री कविता फुरेको ठाउँ हो मकवानपुरको चित्लाङ । स्थानीय बयोवृद्धहरुको अनुसार चर्चित कविता यात्रीको रचना गर्भ झण्डै सातदशक अघिको समय हो । चित्लाङमा रहेको एउटा ढुङगे धारामा बसेर महाकविले रचना गरेको जनश्रुति छ ।

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसरी लाने हो ..!

चन्द्रगिरीबाट मकवानपुर झर्दा पहिलो धाराको रुपमा रहेको गुर्जुधारामा बसेर सुस्ताउदै महाकवि लक्ष्मीप्रसाद देवकोटाले विक्रम संवत १९९८ मा कविता लेखेको बताइएको छ । चन्द्रगिरीको फेदीमा चित्लाङ–२, हाल थाहा नगरपालिका वडा नं. ९ मा रहेको धारामा बसिरहेका देवकोटाले पशुपति दर्शनका लागि अर्को व्यक्तिको काँधका बोकिएर आएका भारतीय तिर्थयात्रीहरुलाई देखेर यो कविता लेखेको स्थानीय बुद्धरत्न मानन्धरले बताए । अहिले धारा नजिकैका घरहरु भत्किसकेको अवस्थामा पुगेका छन् । देवकोटाले धारामा पानी पिएर थकाई मारेर बसेको ढुङगो अझै त्यहीँ रहेको स्थानीय ८० वर्षीय बाबुकाजी मानन्धरले जानकारी दिए । पशुपतिनाथ दर्शनका लागि धेरै संख्याका भारतीय नागरिकहरु त्यही बाटो भएर काठमाडौँ जाने गरेका थिए । 

राजधानी काठमाडौँलाई जोड्ने पहिलो सडक त्रिभुवन राजपथ निर्माणपूर्व काठमाडौँ–चन्द्रागिरी–चित्लाङ–भीमफेदी हुँदै हेटौँडाबाट भारतीय सीमासम्म पुग्ने गरिन्थ्यो । नेपाल भारत सीमा क्षेत्रवाट काठमाडौँ जानका लागि अन्य बाटो नभएपछि यही मार्गको प्रयोग हुने मनन्धरले बताए । उनले भने–‘उतीबेला चित्लाङको बाटो दुई तर्फी चल्थ्यो, राती सुत्ने दिनभरी व्यापार गर्थे ।’  चित्लाङमै यात्री कविता रचेको घरैमा दस्तावेज भेटेर देवकोटा परिवारका पाँचजनाले वि.सं. २०४१ सालमा चित्लाङ आएर ठाउँ अवलोकन गरेको तत्कालिन स्वच्छन्द भैरब स्कूलका प्रधानाध्यापक बुद्धरत्न मानन्धरले जानकारी दिए । देवकोटा परिवारले २०४२ सालमा चन्द्रागिरी भन्ज्याङमा ठूलो बोर्डमा यात्री कविता लेखेर झुण्ड्याएका थिए । द्वन्द्धकालका बेला उक्त बोर्ड हराएको मानन्धरले सुनाए । लक्ष्मी प्रसाद देवकोटालाई सम्झिनको लागि चित्लाङमा उनको अर्धकदको शालिक निर्माण गर्ने अभियान चलिरहेको मानन्धरले बताए । 

सुन्नुहोस् ।

 



 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png