Thursday, 22nd February, 2018
वि.स.

जनप्रतिनिधिका लागि गाडी किन्न साढे २ सय अर्ब

Bitty-1509375553.jpg

स्थानीय तहको निर्वाचन भइसकेको र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै गर्दा स्थायी संरचना निर्माण र एक एकवटा गाडी खरिद गर्नेलगायतको कार्यमा ठूलो रकम खर्च हुने भएको हो। कात्तिक ४ गते मात्रै अर्थसचिवबाट निवृत्त डा. शान्तराज सुवेदीले जनप्रतिनिधिको लागि आवश्‍यक पर्ने भौतिक संरचनालगायतका कार्यमा १६/१७ सय अर्ब रुपैयाँ खर्चनुपर्ने बताए। ‘हामीलाई वित्तीय संघीयता निकै गाह्रो पर्ने देखिएको छ, स्थानीय तहको संरचना निर्माणमा मात्रै ८२० अर्ब रुपैयाँ रकम लाग्ने देखिन्छ भने प्रदेशमा यसभन्दा बढी रकम खर्चनुपर्नेछ, यो रकम व्यवस्थापन निकै चुनौतीपूर्ण छ’, १३ कार्तिकमा आर्थिक पत्रकार समाज सेजनसँगको अन्तर्क्रियामा सुवेदीले बताए।

उनले स्थानीय विकास मन्त्रालयबाट अर्थमन्त्रालय ७५३ स्थानीय तहका लागि गाडीको मागसमेत भएको बताए। ‘अहिले सबै स्थानीय तहका लागि एक/एकवटा गाडी ल्याऊ भनेर स्थानीय विकास मन्त्रालयबाट साढे दुई सय अर्ब रुपैयाँको बजेट माग भइसकेको छ’, सुवेदीले भने, ‘गाडी किन्नसमेत केन्द्रसँग रकम माग भएको छ, यो चुनौतीपूर्ण हो।’ अर्थसचिव शंकर अधिकारीले वित्तीय संघीयता कार्यान्वयन महँगो परे पनि यसको उचित व्यवस्थापनको विकल्प नरहेको बताए। ‘वित्तीय संघीयता केही महँगो पर्ने देखिएको छ, हामीले सरल ढंगबाट यसको व्यवस्थापन गर्नुपर्छ’, अधिकारीले भने। उनले प्रदेश र स्थानीय संरचना निर्माणमा ८२० अर्ब रुपैयाँले व्यवस्थापन गर्न सकिने तर्क गरे। ‘सुवेदी सरले १६/१७ सय अर्ब रुपैयाँ भन्नुभयो यो दोब्बर हो। ८२० अर्ब रुपैयाँमा व्यवस्थापन गर्न सकिन्छ’, अधिकारीले भने।

उनले त्तकालका लागि प्रिफ्याव संरचनामार्फत अस्थायी कार्यालयहरू संचालन गरी पाँच वर्षभित्र स्थायी कार्यालयहरू बनाउन सरकार केन्द्रित हुने जानकारी गराए। तर निवर्तमान अर्थसचिव शान्तराज सुवेदीले स्थानीय तहको आवश्‍कता मुल्यांकन गर्दा मात्रै ८२० अर्ब रुपैयाँ लाग्ने र प्रदेश तहको संरचनामा पनि योभन्दा बढी रकम लाग्ने दाबी गरे।




loading...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg