Monday, 17th December, 2018
वि.स.
Bihuli-002-1532968337.gif

जिल्ला शिक्षा कार्यालयहरु यो वर्ष खारेज नहुने

जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी समायोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने देखिएको छ ।

संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भएपनि शिक्षा मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई स्थानीय तहमा हस्तान्तरण नभएपछि विद्यमान जिल्ला शिक्षा कार्यालयबाटै कार्यसम्पादन भइरहेको छ । शिक्षा मन्त्रालयको मातहतमा शिक्षा विभाग र क्षेत्रीय शिक्षा निर्देशनालय हुँदै ७५ जिल्ला शिक्षा कार्यालयको हालसम्मको संरचनामा परिवर्तन नभएसम्म शिक्षा क्षेत्रमा सङ्घीयताको सही कार्यान्वयन नहुने मत आएपनि यो वर्षलाई सङ्क्रमणकालीन समय मानी पुरानै संरचनाबाट काम गरिएको हो ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सरकारको आर्थिक वर्ष २०७४/७५ मा पनि जिल्लाका कर्मचारी, छात्रवृत्ति, पाठ्यपुस्तक, मसलन्दलगायतको बजेट स्थानीय तहमा नदिई जिल्ला शिक्षा कार्यालयमै रहेकाले तत्काल ती कार्यालय खारेज नहुने बताए । विद्यालयको सञ्चालन अनुमति, अनुगमन, स्तरोन्नति, शिक्षक नियुक्ति, बढुवा र सरुवा, विद्यालय व्यवस्थापन समितिलाई मान्यता, प्रधानाध्यापकको नियुक्तिजस्ता काम जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको छ । संविधान बमोजिम यी कामको जिम्मेवारी स्थानीय तहको हो ।

प्रदेश नं २ बाहेक अन्य प्रदेशका अधिकांश स्थानीय तहमा क्रमशः जनप्रतिनिधि आइसकेको अवस्थामा विद्यालय शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विद्यमान निजामती सेवाअन्तर्गत शिक्षा सेवामा कार्यरत कर्मचारीबाटै व्यवस्थापन गराउने तयारी सरकारको छ ।

दुई महिनाअघि शिक्षा मन्त्रालयले सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको कार्यदलले स्थानीय तहमा आफ्ना कर्मचारी समायोजन र कामको हस्तान्तरणबारे सुझाव दिएको थियो । सो प्रतिवेदन हालसम्म लागू भएको छैन ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले महानगरबाट क्रमशः आफ्ना कर्मचारी समायोजन गरिने तयारी भएको बताए । मन्त्रालयको यो तयारीमा त्यहाँका कर्मचारीले ज्येष्ठता र वरिष्ठतालाई पालना गरेर समायोजन गराउन आवाज उठाएका कारण कार्यान्वयनमा ढिलाइ भएको हो । स्थानीय विकास मन्त्रालयले भने छिटो गरेर माविसम्मको जिम्मेवारी हस्तान्तरण हुनुपर्ने बताउँदै आएको छ । शिक्षा सेवाका कर्मचारी ट्रेड युनियनले आफूहरुको ज्येष्ठता र अनुभवको सम्मान तथा सेवा सुविधाबारे पहिला स्पष्ट पार्नुपर्ने माग नेपाल सरकारका मुख्यसचिवसमक्ष दिएपछि समायोजनमा ढिलाइ भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका उपनिर्देशक गेहनाथ गौतमले शिक्षकहरुको बढुवाजस्ता महत्वपूर्ण कागजात एकैपटक स्थानीय तहमा हस्तान्तरण गर्न सहज नभएकाले हाल जिल्ला शिक्षा कार्यालय यथावत् रहँदा अन्यथा नहुने दाबी गरे ।

प्रतिवेदनले महानगरपालिकामा शिक्षा सेवाका सहसचिवको नेतृत्वमा एक शैक्षिक व्यवस्थापन महाशाखा र त्यसको मातहतमा आधारभूत र मावि शिक्षा शाखा, उपसचिवको नेतृत्वमा उपमहानगरपालिका र नगरपालिकामा शैक्षिक व्यवस्थापन शाखा र गाउँपालिकामा शाखा अधिकृतको नेतृत्वमा शैक्षिक व्यवस्थापन शाखा राख्न सिफारिस गरेको थियो । हाल राजपत्राङ्कित प्रथम श्रेणीका २३ सहित शिक्षा मन्त्रालय मातहतमा दुई हजार ७०१ कर्मचारी छन् भने त्यसमध्ये एक हजार ४७० कर्मचारी शिक्षा प्रशासन सेवा समूहका छन् ।

रासस




loading...
Plant-1526723778.JPG


ताजा समाचार

काँकडा क्षेत्रलाई अर्गानिक मह उत्पादन क्षेत्रको रूपमा घोषणा गर्ने तयारी
कवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाले उत्पादन गरेको अर्गानिक मह प्रशोधनसहित बजारमा बिक्री हुन थालेको छ । विगतमा प्रशोधन नगरी बिक्री गरेको...
News-Logo-1544973016.jpg
कालिदेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा
मकवानपुरको भीमफेदी–८ धार्के ईपाका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मकवानपुरका साइक्लिष्टहरुको आर्थिक सहयोगमा...
kapada-1544972004.jpg
हेटौँडाको आन्तरिक आयले लक्ष्य उछिन्यो
हेटौंडा उपमहानगरपालिकाले पहिलो चौमासिकमानै आन्तरिक आयमा लक्ष गरेभन्दा धेरै आमदानी गर्नका लागि सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमानै एक...
HNP-1544971230.jpg
मकवानपुरमा लागुऔषध सहित २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाको बसपार्कबाट १० किलो २ सय ग्राम लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।शनिबार खटिएको प्रहरी टोलीले...
Pakrau-1544970825.jpg
हेटौंडामा श्रीमती र छोरीको हत्या गर्ने को हुन् ?
श्रीमती र छोरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९...
Hatyaaa-1544968781.jpg

लोकप्रिय समाचार

कृषि विकास बैंकले ल्यायो, ग्राहकमुखी योजना नै योजना
कृषि विकास बैैकले आफ्ना ग्राहकहरुलाई मध्येनजर गरेर थुप्रै सेवाहरु ल्याएको छ । देशको कृषि क्षेत्रमा वित्तिय तथा प्राविधिक सहयोग पु¥याउँदै...
kirsi-1543417277.jpg
यसरी शुभारम्भ भयो थाहा बसपार्क 
मकवानपुरको थाहा नगरपालिकामा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । वडा नं. ४ स्थित नार्खुढाँडमा बसपार्क निर्माणका लागि सडक ट्रयाक खनिएको छ...
Bus-1543155680.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
पर्यटक लोभ्याउँदै मकवानपुरगढी
प्रकाश अधिकारी शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा...
Makawanpur-gadhi-1-1543759991.jpg
पालुङ बहुउद्दश्यीय सहकारीको अध्यक्षमा कार्की 
पालुङ बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की निर्विरोध भएका छन् । यद्यपी यसको औपचारिक घोषणा भएको छैन । अध्यक्ष कार्की...
Purshotta-1543039866.jpg