Tuesday, 20th November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

जेनेरेटर जोडियो, स्वास्थ्य सेवामा सहजः–समाचार प्रभाब

IMG_20180429_134928-1525169352.jpg

उत्तरी मकवानपुरका थाहा नगरपालिका–४, दोवोटोमा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा जेनेरेटर जडान गरिएको छ । सेवाको हिसाबले २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको केन्द्रमा हाल दिनहुँ जसो बत्ति जाने समस्याले गर्दा स्वास्थ्य सेवामा प्रभावकारीता ल्याउन नसके पछि समस्या समाधान स्वरुप जेनेरेटर जडान गरिएको हो । वि.सं.२०२८ साल देखि सञ्चालनमा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र सेवा लिनको लागि उत्तरी क्षेत्रका बासिन्दाहरुकै लागि सेवा लिने थलो हो । 
सेवाको हिसाबले सशुल्क रुपमा एक्सरे सेवा र निशुल्क रुपमा प्रयोगशाला (ल्याब), चेकजाच, सामान्य शल्यक्रिया तथा आन्तरीक फोर्मेसी (औषधी) लगायतका नियमित सेवाहरु प्रदान गर्दै आइरहेको केन्द्रमा बत्तिको कारण प्रभावकारी सेवा नभएको गुनासो दिनानुदिन सेवाग्राहीहरुले गर्न थाले पछि समाचार प्रकाशन गरिएको थियो । उक्त समाचारको प्रभाव स्वरुप हाल स्वास्थ्य केन्द्रमा जेनेरेटर जडान गरिएको छ । स्वास्थ्य केन्द्रमा बिजुलीको बैकल्पिक ब्यवस्था नहुँदा समस्या भएको समाचार बाहिर आएपछि स्वास्थ्य संस्थामा रहेको पुरानो जेनेरेटर मर्मत गरेर प्रयोगमा ल्याउने थाहा नगरपालिकाका नगरप्रमुख लबसेर बिष्टले बताएको थियो । हाल मर्मत गरिएको जेनेरेटरलाई प्रयोगमा ल्याइएको संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन । 
बिजुलीको बिकल्पको रुपमा कुनै पनि उपाय नभए पछि ब्यवस्थापन पक्षले प्राथमिक स्वास्थ्य केन्द्रमा बिग्रीएर रहेको जेनेरेटरलाई मर्मत गरी प्रयोगमा ल्याउने प्रयास गरेको हो । सेवा प्रदानमा समस्या भइरहँदा र सेवा ग्राहीले समेत गुनासो गर्न थलेपछि मर्मत गरिएको जेनेरेटर हाल बिजुली नभएको अवस्थामा प्रयोग गरिने गरेको  ल्याब टेक्निशियन रमेश खड्काले बताए । 


 “जेनेरेटरको तार फिट गर्ने मान्छे नै नआएकोले जेनेरेटरको प्रयोग गर्न नसकिएको हो, अब नगरपालिकालाइ भने तर पनि मान्छे नै नभएपछि कसरी जडान गर्ने अनि चलाउने हामीलाई समस्या भयो ।” –डाक्टर रिनेश अधिकारीले जवाफमा भनेका थिए भने “ लाइन जोड्ने प्राबिधिक नभएर हो, बत्ति जाँदा र नजाँदाको समयको लागि छुट्टा छुट्टै लाइनको ब्यवस्था गर्नुपर्ने र प्राबिधिक ब्यवस्था नमिल्दा बिजुलीको बिषयमा फेरी अर्को समस्या देखा पर्न सक्ने भएको कारण दक्ष प्राबिधिकको पर्खाइमा रहेको हो, चाडै नै समाधान गर्ने छौँ”– पालुङ प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष दिपक सिं लामाले भनेका थिए । जस अनुसार नै निरन्तर बिजुली जाने समस्यालाई मध्यनजर गर्दै स्वास्था सेवामा सहजता र प्रभावकारिता ल्याउन जेनेरेटर जडान गरि  प्रयोगमा ल्याइएको  ब्यवस्थापन समितिका अध्यक्ष दिपक सिं लामाले बताए ।

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
प्रदेश-३ मन्त्रीपरिषद् बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय
प्रदेश नंबर ३ सरकारको २८ कार्तिकको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद बैठकले श्रीमान-श्रीमतीको नाममा संयुक्त रुपमा...
P3-1542204996.jpg