Tuesday, 26th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

जेलमा चार घण्टा
सुशीलराज गिरी

हामीलाई काममा ९ बजे पुगी सक्नुपर्ने । हामी बसेको घरबाट ट्याक्सी र्याक्क (माइक्रो स्टेशन) पुग्न हामीसँग दुई विकल्प थिए – एक, जुन बाटो हामीलाई ४० मिनेट जति लाग्थ्यो, अर्को, रेल वे ट्रयाक क्रस गरेर जानु पथ्र्यो जुन बाटोबाट हामी १५ मिनेट मै पुग्थ्याँै । उसो त रेल वे ट्रयाक हुदै जानु नियमतः गैरकानूनी मानिन्छ तर सबै जसोले त्यही बाटो नै प्रयोग गर्ने हुँदा हामी पनि समय बचतका निम्ति छोटो बाटो नै अपनाउँथ्याँै । त्यस दिन पनि सदाझैं हामी तयार भएर लाग्यांै–म, हरि, दिपेन र गोपाल दाइ । हामी परैबाट देख्न सक्थ्यौँ अन्य दिन भन्दा त्यस दिन रेल वे ट्रयाक पारि अलिक बेसी नै भिड । सबैको साथमा पासपोर्ट रहेको कन्फर्म गरेपछि हामी अघि बढ्यौँ । दुई काला व्यक्ति दौड्दै भागेको देखेपछि हामीले अड्कल काट्यौँ– केही त भएकै छ । हरिले भन्यो सायद गैरकानूनी बस्दै आइरहेका होलान् त्यसैले भागे । हामी अलिक नजिक पुगेपछि देख्न सक्थ्यौँ पारिपट्टि मान्छेको घुइँचो र बाक्लै प्रहरीको उपस्थिति । के भएको रहेछ भन्ने हामी सबैलाई लागिरह्यो हामी अघि बढिरह्यौँ । रेल वे ट्रयाक क्रस मात्र के गरेका थियौं हामीलाई रोकियो । हामीले सफाई दिन पाउँदा नपाउँदै कुनै अपराधीलाई झैँ  हात माथि राख्न भनियो । उनीहरुकै भ्यानमा आड लगाउँदै पिठ्यू देखाएर हात माथि गरी उभिन लगाइयो र खोज तलासीमा लागे प्रहरी । हामी बोल्दै थियौँ, भन्न खोज्दैं थियौँ बोल्ने मौका नै दिइएन । भ्यानमा हालियो हामीलाई । हामी आत्तियौँ, अवाक् भयौँ । हामीले पछि मात्र थाहा पायौँ त्यस दिन त्यहाँ ट्रेनले मान्छे हानेको रहेछ र त प्रहरी सक्रिय देखिएका रहेछन् ।  छोडेनन् कसैलाई जो ट्रयाक हुँदै वारपार गरिरहेथे । हामी सहित भ्यान मा १० जना थिए त्यतिबेला । एउटा सानो भ्यान्टिलेसन जस्तो प्वाल बाहेक अरु केही थिएन प्रकाश छिर्नका निम्ति । अब के गर्छ भनेर आत्तियौँ र सम्झाइरहेथ्यौँ आफैँलाई, किन डराउनु ? के गर्याछाँै र आत्तिनलाई ? 

भ्यान अघि बढ्यो, हाम्रो डर बढ्दै गयो । झण्डै दुई घण्टा जति यतात्यता घुमाएपछि रोकियो भ्यान । त्यस दिन मानौँ पुरै अभियानमै निक्लेका थिए प्रहरी । हाईवेमा हिँड्ने देखि रक्सीको तालमा दिउँसै हल्लिदै हिँड्ने सबैलाई समात्दै भ्यानमा हाल्दै गर्दा हामी २० जना भैसकेथ्यौँ । जब भ्यान रोकियो हामीलाई थाहा थिएन कहाँ, किन रोकियो । पछि थाहा भयो हामीलाई चौकी पु¥याइएको रहेछ । १५/२० र्याण्डमा सेटिङ मिलाउन सकिने ती काला प्रहरी त्यस दिन अलिक कडै रुपमा प्रस्तुत भइरहेथे । गोपाल दाजु उनीहरुसँग कुरा राख्न मौका पर्खि नै रहनु भएको थियो तर मिलेन । गोपाल दाजुलाई निकै गा¥हो भैरहेको थियो । गाडीमा गाह«ो हुने रहेछ दाइलाई । टाउको दुख्यो, बान्ता आउला आउला जस्तो भो भन्दै हुनुहुन्थ्यो । हामीलाई लगियो भित्र र उभ्याइयो चार्ज सिट तयार पार्नकै लागि । त्यो दिन शुक्रवार थियो । यदि त्यही दिन हामी निक्लन नसक्नु भनेको विकेण्ड बिदाका कारण सोमबार अघि बाहिर निक्लनु सम्भव थिएन । तनाव बढ्यो । निरीह हामी पालो कुर्दै लाईन मै उभिरह्यौँ । हामीले भ्यानमै हुँदा एउटा साझा सहमति जनाएका थियौं किन रेल वे ट्रयाक क्रस गरिस् भनेर सोध्यो भने के भन्ने ? हामी नेपालबाट आएका । नेपाल, जहाँ ट्रेन छैन, ट्रेन नहुनु भनेको ट्रयाक नहुनु स्वभाविक थियो, त्यसैले हामीलाई थाहा थिएन यस सँग सम्बन्धित नीतिनियम । अञ्जानमा गल्ती भो, दोहोरिदैन अब । यति भनेपछि त कसो माफी नदेला भन्ने थियो हामीलाई । लाईमा थियौँ । एक्कासी गोपाल दाइलाई निकै गा¥हो भयो । बान्ता होला जस्तो भो भाइ, यहि हुन सक्छ । त्यही बान्ता हुन त दिनु भएन, मैले आँट गरेरै भने एक प्रहरी जवानलाई उनीहरुले बुझ्ने भाषामा दाइलाई गा¥हो भो बान्ता होला जस्तो छ । यति भनेको मात्र के थिएँ कड्कियो जवान ‘यू भमित यू इत’ । डर बढ्यो । मनमनै सोच्यौ संसारभरका प्रहरी एकै हुन क्रूर π विकल्प थिएन दाइसँग निक्लिसकेको बान्ता निल्नु बाहेक ।

अब पालो थियो मेरो । म उभिएँ पेन र कागज सहित रहेको प्रहरीको सामु । 
उसले मलाई सोध्यो – ‘ आर यू तेरेन ?’ मैले बुझिन र भने सरी । 

उसले फेरी सोध्यो आई सेड आर यु तेरेन ? मलाई फेरी समस्या प¥यो र अलिक आत्तिएर सोधेँ  पाडन मी ।

उ अब रिसाइसकेको थियो, कड्किएर सोध्यो हाउ मेनी ताइम्स यू वान्त मी तु आस्क ? म झन् डराएँ । दिपेनले उभिएकै ठाउँबाट भन्यो तिमी रेल हो भनेर सोधेको के । मैले बल्ल बुझेँ । तेरेन भनेको त उसले ट्रेन भन्न खोजेको रहेछ । मलाई फसाद प¥यो । हो भनु कसरी हैन भनु कसरी । मैले भने नो । फेरी उसले सोध्यो द्यान व्हाई दिद यू क्रस द त¥याक ? मैले हाम्रै सल्लाह बमोजिम फेहरिस्त बताएँ । हामी नेपालबाट आएका । नेपाल जहाँ ट्रेन छैन, ट्रेन नहुनु भनेको ट्रयाक नहुनु स्वभाविक थियो, त्यसैले हामीलाई थाहा थिएन यस सँग सम्बन्धित नीतिनियम । अञ्जानमा गल्ती भो, दोहोरिदैन अब । केही लागेन । उसले पालै पालो सबैलाई त्यसैगरी सोध्यो र थुन्यो जेल भित्र । दिपेन र म एक्साइटेड थियाँै । डर त केही थियो नै तर मजा लिइरहेका थियौ । फोटो खिच्न खिचाउन समेत भ्यायौँ भित्रै । नयाँ अनुभव । फेरी अपराध पनि त गरेका थिएनौँ नि π हरि दाइ र गोपाल दाइ बेसीनै चिन्तित थिए । गोपाल दाइ यसो त्यता भएर हिडँ्ने जो कोहीसँग हारगुहार गर्दै थिए । ब्रिफिङ गर्दै थिए । उसो त हामीले गाडी मै छँदा केही दाइ र नेपाली साथी भाइलाई फोन गरेर जानकारी गराएका थियौं । त्यो दिन शुक्रबार थियो । केही गरी त्यो दिन निक्लन नसक्नु भनेको सोमबार निक्लनु थियो । शनिवार र आइतबार  होलिडे जो थियो । विजय, अमृत दाइ, अवतार दाइहरु लागे र धन्न सफल भए हामीलाई निकाल्न । हामीलाई सय र्याण्ड जरिवाना र आईन्दा त्यस्तो गल्ती नदोहो¥याउने सर्तमा छाडियो । घर आयौँ । त्यतिबेला जे जस्तो तनावमा भए पनि अरुले चासो दिएर सोध्दा हामीले पनि उत्तिकै रोचकता साथ सुनायौँ । भोलिपल्ट, फेरि उही रुटिन दोहो¥याउनु छदै थियो । निक्लियौँ घरबाट । टक्क एकछिन रोकियौँ जहाँबाट हामीलाई फेरि एक बाटो रोज्नु जो थियो । अघिल्लो दिनको दिनभरको तनाव सम्झँदा र जेल सम्झिँदा लामो बाटो नै हिँड्नु पर्छ भन्ने लाग्यो तर समय र ट्रयाकको बाटो हिँड्नेको घुइँचो देख्दा भने त्यही ट्रयाकको बाटो हिडँ्ने निष्कर्ष निकाल्यौं र लाग्यौ अलिक सतर्कता अपनाउँदै जे त पर्ला पर्ला भन्दै ...

–    केम्पटन पार्क, दक्षिण अफ्रिका
    November 18, 2007

Plant-1526723778.JPG