Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

टिष्टुङमा नेपाल संवत् ११३९ को शुभकामना तथा टिष्टुङ महोत्सव समापन विशेष कार्यक्रम

Bajrabarahi-01-1541690278.JPG

मकवानपुर थाहा नगरपालिका वडा नं. ६ बज्रवाराही (टिष्टुङ)मा नेपाल संवत् ११३९ को अवसरमा विशेष कार्यक्रम भएको छ । न्हुँ दँ भिन्तुना ११३९ मूल समारोह समिति र बज्रवाराही बजार व्यवसथापन समितिको आयोजनामा कार्यक्रम भएको हो । सो अवसरमा टिष्टुङमा गत असोज २४ देखि २७ गतेसम्म संचालन भएको टिष्टुङ महोतसवको पनि समापन गरिएको छ ।

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपालीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लवशेर विष्टले नेपाल संवत् राष्ट्रिय संवत् भएकोले कुनै एक समुदायको मात्र संवत् हो भन्ने भावनाबाट सम्पूर्ण टाढा हुनु पर्ने बताए । राष्ट्रिय विभूति समेत रहेका शंखधर साँख्वा शुरुवात गर्नु भएको नेपाल संवत् अव आम नेपालीको साझा संवत् भएकोले यस दिनलाई उत्सवको रुपमा संचालन गरी सबै समुदायको उत्तिकै सहभागिता र अपनत्व हुनुपर्ने बताए । कार्यक्रममा विष्टले नेपाल संवत्लाई ठाउँ ठाउँमा विभिन्न कार्यक्रम गरेर मनाउनु भन्दा पनि नगरस्तरमै एउटै कार्यक्रम गरेर एकताको सन्देश दिन सुझाव दिए । उनले टिष्टुङ महोत्सवबाट पर्यटन प्रवद्र्धनमा पुगेको योगदानको प्रसंशा गरे ।

कार्यक्रममा विशेष अतिथि नगर उपप्रमुख खड्ग गोपालीले नेवारी समुदायको इतिहाँस र थाहानगरमा उनीहरुको वस्ती विकासको विषयमा बोलेका थिए । गोपालीले नेपाल संवत् ११३९ को अवसरमा सम्पुर्णमा शुभकामना दिए । बज्रवाराही बजजार व्यवसथापन समितिका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले नेपाल संवत्लाई नेवारी समुदायको मात्र संवत् भनिरहेको सन्दर्भमा बज्वारहाीमा सामुहिक रुपमा यो दिवस मनाएर साझा सन्देश दिन सफल भएको बताए । उनले नेपाल संवत् कुनै काल खण्डमा एक समुदायको थियो होला अब यो संवत् साझा संवत् भएको धारणा राखे । 

कार्यक्रमको अवसरमा बज्रवाराही बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् टिष्टुङ महोत्सवव मूल समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले महोत्सवको आम्दानी खर्च समेत सार्वजनिक गरेर नमुना प्रस्तुत गरेका छन् । सार्वजनिक कार्यक्रममै आम्दानी खर्च सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरे । संयोजक श्रेष्ठले महोत्सवमा आम्दानी १७ लाख ३८ हजार १८५ रुपियाँ भएको र खर्च १४ लाख ९८ हजार १५० भएको जानकारी गराए । उनले २२ कार्तिकसम्मको आम्दानी खर्च उल्लेख गर्दै आम्दानी खर्च सार्वजनिक गरेका हुन् । 

कार्यक्रमको अवसरमा टिष्टुङ महोत्सव संचालनको क्रममा महत्वपुर्ण योगदान पु¥याएको भन्दै महोत्सव मूल समारोह समितिको तर्फबाट थाहा नगरपालिका कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै विकास खबरपत्रिका साप्ताहिक, शान्तिपुर दैनिक, रेडियो पालुङ, रेडियो इन्द्रसरोवर, रेडियो दामन, दामन पोष्ट र रेडियो दामनलाई महोत्सवको प्रचार प्रसारमा योगदान पु¥याए वापत कदर पत्र दिइएको छ । 

न्हुँ दँ भिन्तुना ११३९ मूल समारोह समितिका संयोजक प्रमोद जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नं. १, ५, ६, ९, र १० का वडा अध्यक्षहरु क्रमशः हेरमान गोपाली, विष्णु बहादुर गुरुङ, शशीधर सुवेदी, परशुराम श्रेष्ठ र हिरा बहादुर गमालको आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य चित्र बहादुर बलामी, नेपाल पत्रकार महासंघ काठमाण्डौं उपत्यका अध्यक्ष शन्तराम विडारी, पत्रकार सुरजकुमार भुजेल, रामजी बलामी, कुमार नेगी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख ध्रवप्रसाद सिलवाललगायतकाको आतिथ्यता रहेको थियो ।  

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png