Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

तेस्रो थाहा महोत्सवमा एकै दिन २८ हजार अवलोकनकर्ता

17-gate-ko-bhid-1541254007.JPG

थाहा नगर वाणिज्य संघको मुख्य आयोजनामा थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी तेस्रो थाहा महोत्सवमा एकै दिन २८ हजारले अवलोकन गरेका छन् । महोत्सवको आठौं दिन शनिबार यति ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका हुन् । 
शनिबार अवलोकनकर्ताहरुको भीडले थाहानगरकै ठूलोमध्येको इन्द्रायणी चौर सानो झैं लागेको अवलोकनकर्ताहरुले बताए । ‘थाहा महोत्सवमा यति धेरै मानिसहरु पहिलो पटक देखँें, २८ हजार अवलोकनकर्ताहरु आउनु भयो,’ स्टल व्यवस्थापक विद्यार्थी शाहले भने । 
शनिबार विदाको दिन भएकोले सरकारी कार्यालयका कर्मचारीहरु, बैंक तथा वित्तीय कार्यालयका कर्मचारीहरु, गैरसरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक, विद्यार्थीलगायतको विशेष उपस्थिति रहेको थियो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, थाहा २ का वडा अध्यक्ष गुप्तबहादुर कार्की, वडा नं ११ का वडाअध्यक्ष किरणमान बल लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । महोत्सवमा सबै उमेर समूहका मानिसहरुको भीड लागेको थियो । ससाना बालबालिका र बृद्धबृद्धाहरु जुनसुकै समयमा विनापास सहजै महोत्सवमा प्रवेश गर्न सकिने आयोजकले बताएको छ ।
भीडभाडको कारण मुख्य प्रवेशद्वारबाट स्टलको बाटो हुँदै साँस्कृतिक कार्यक्रमस्थलसम्म पुग्न झण्डै आधा घण्टा लागेको महोत्सव अवलोकन गर्न आएका शंकर कार्कीले बताए । बाहिर जाने बाटोमा अत्याधिक भीड भएकाले कतिपय अवलोकनकर्ताहरुले बाहिर निस्कँदा छुट्टै बाटोको व्यवस्था हुनुपर्ने माग समेत गरेका थिए । 
लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुती रहने खबरले पनि धेरै व्यक्तिहरु महोत्सवतर्फ तानिएका थिए । दर्शकहरुको भीड देखेर गायक खरेलले मञ्चबाटै भनेका थिए, ‘यत्तिको भीड महोत्सवमा कमै हुन्छ ।’ खरेलको प्रस्तुतीमा दर्शकहरु उफ्रीउफ्री नाचेका थिए ।
शनिबार नै जादुगर बलराम सरकार र लोकदोहोरी गायिक रुपा घर्तिमगरको विशेष प्रस्तुती रहेको थियो । कलाकार मुक्तिनाथ उप्रेती, रुपक उप्रेती, सुशान्त गोपाली, सुशल थोकर, भीषण विष्टलगायत गायकहरुको प्रस्तुती जीवन्त रहेको थियो भने स्ट्रङ सोउल डान्स क्र्यू, नेप्से कल्चर लगायत नृत्य समूहके नृत्यले दर्शकहरुलाई मञ्चकै सरेफेरोमा विशेष तानेको थियो । 

साँढे २ करोडको कारोबार
जारी तेस्रो थाहा महोत्सवमा शनिबार एकै दिन साँढे २ करोड रुपियाँ बराबरको कारोबार भएको छ । १० कार्तिकमा महोत्सव शुरु भए यता आठौं दिन शनिबार सबैभन्दा बढी कारोबार भएको स्टल व्यवस्थापक विद्यार्थी शाहले बताए ।
शनिबार खासगरी न्यानो कपडाका स्टलहरुमा अत्याधिक भीड रहेको थियो । होटलहरु पनि गज्जव चलेको थियो । अन्य सामानका स्टलहरु पनि औसत राम्रो चलेको बताइएको छ । महोत्सवमा अटो, मोटरसाइकललगायत सवारी साधनहरु पनि विक्री भएका छन् । 
बालमेला र उँट नृत्यमा पनि अन्य दिनको तुलनामा अधिक कारोबार भएको छ । 

आइतबार समापन
आइतबार सम्मान, पुरस्कार र प्रशंसापत्र वितरण, विशेष मनोरन्जन कार्यक्रम लगायत कार्यक्रमसहित महोत्सव समापन गरिने आयोजकले बताएको छ । 
 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png