Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
डेढ दर्जन प्रमुख पर्यटकीय क्षेत्रहरु एकै ठाउँमा

markhu..-1539666103.jpg

दामन आफै मनोरम,  भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ ।  बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर, झम्केश्वर, चम्पाकेश्वर धार्मिक महत्वको । चित्लाङको चैत्यलोह सम्राट अशोककालीन, ऐतिहासिक । भेडाफार्म र इन्द्रसरोबर जति पुगे पनि मन नभरिने । कुन्छाल गाउँ पर्यटन गाउँ । थाहा नगरपालिका र आसपासमा रहेका यी सबै स्थानहरु उत्तरी मकवानपुरका प्रमुख पर्यटकीय स्थलहरु हुन् ।
तपाईंलाई यी स्थलहरुमा पुगेर तस्विर खिच्न मन छ भने एउटा अवसर मिलेको छ । आगामी १० कात्तिकदेखि संचालन हुन लागेको तेस्रो थाहा महोत्सवको अवसरमा उत्तरी मकवानपुरको डेढ दर्जन प्रमुख पर्यटकीय स्थलहरुको तस्विरलाई एक ठाउँमा राखेर आयोजकले छुट्टै ‘पर्यटन जोन’ बनाउन लागेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, आर्थिक विकासको मूल आधार भन्ने मूल नारा नै हो, महोत्सवमा कृषि र पर्यटनको छुट्टै ‘जोन’ को व्यवस्था गरिने छ,’ आयोजक थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले भने ।
आयोजकका अनुसार महोत्सवमा उत्तरी मकवानपुरका प्रमुख पर्यटकीय स्थलहरुको छुट्टाछुट्टै तस्विर राखिनेछ । फ्लेक्समा राखिने यी स्थलहरुको एउटै तस्विर ८ फिट लम्बाई र ६ फिट उचाइका हुनेछन् । तस्वीरहरुको बीचमा भने दामन भ्युटावरको अग्लो फ्लेक्स राखिनेछ । एउटा तस्वीर थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको रहनेछ ।
तस्वीरका सामु उभिएर फोटो खिच्न र उत्तरी मकवानपुरका प्रमुख पर्यटकीय स्थलहरुको बारेमा जानकारी लिने अवसरका लागि पर्यटन जोनले सहयोग गर्ने अध्यक्ष खत्रीले बताए । महोत्सवबाट बालबालिका, नव आगन्तुक र उत्तरी मकवानपुरको प्रमुख पर्यटकीय स्थलहरुको बारेमा चासो लिने जोकोहीलाई लाभ पुग्ने र आगामी दिनमा पर्यटन विकासमा समेत टेवा पुग्ने बताइएको छ ।
महोत्सव आगामी १० कात्तिकदेखि १८ गतेसम्म थाहा नगरपालिका–३ इन्द्रायणी चौरमा सञ्चालन हुनेछ ।

 

 

 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png