Tuesday, 20th November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

तेस्रो थाहा महोत्सवमा थाहाका कलाकारहरुको बेजोड प्रस्तुती रहने

tncci-kalakar-1540114542.jpg

आगामी १० कात्तिकदेखि १८ गतेसम्म थाहा नगरपालिकाको  इन्द्रायणी चौरमा आयोजना हुने तेस्रो थाहा महोत्सवमा थाहाका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । महोत्सवमा थाहाका झण्डै २ दर्जन कलाकारहरुको गायन, नृत्य लगायत प्रस्तुती रहने महासचिव सुरेन्द्रमान प्रधानले बताए ।
प्रधानका अनुसार महोत्सव अवधिमा प्रत्येक दिन थाहाका कलाकारहरुको प्रस्तुती रहने छ । थाहाका कलाकारहरुको संयोजन गायक रुपक उप्रेती र मुक्तिनाथ उप्रतीले गरिरहेका छन् ।
थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको महोत्सवमा मुक्तिनाथ उप्रेती, रुपचन्द्र सापकोटा, रुपक उप्रेती, सुशान्त गोपाली, विनिता गोपाली, जानुका अधिकारी, देवन्त गोपाली, प्रतिक गोपाली, रवि. आर. एस. लगायत गायक गायिकाहरुको प्रस्तुती रहने पक्कापक्की भैसकेको छ । थाहाबाट आफ्नो ‘करिअर’ शुरु गरेका अन्य गायक÷गायिकाहरु पनि सम्पर्कमा आइरहेको संयोजक रुपक उप्रेतीले बताए । ‘महोत्सवको मिति नजिकिएको छ, हामीलाई थाहा भएसम्म सम्पर्क गरिरहेका छौं, एक दुईदिन भित्र स्थानीय कलाकारहरुको प्रस्तुती तालिकालाई अन्तिम रुप दिनेछौं,’ उनले भने ।
महोत्सवमा थाहाका कलाकारहरुको प्रस्तुतीको सम्बन्धमा छलफल गर्न आइतबार थाहा नगर उद्योग वाणिज्य संघको हलमा छलफल भएको थियो । छलफलमा कलाकारहरु, टिचर्स व्याण्ड, स्ट्रङ सोउल डान्स क्र्यू लगायत सहभागी थिए ।
महोत्सवमा थाहा कला केन्द्र, नव क्षितिज कला केन्द्र, रुप्सेली गाइज, स्ट्रङ सोउल डान्स क्र्यू, टिचर्स व्याण्ड, नेप्से कल्चर लगायतको प्रस्तुती रहने छ ।
काठमाण्डौैं र बाहिरबाट आउने कलाकारहरुको समयसँग नजुधाई थाहाका कलाकारहरुको प्रस्तुती समय मिलाइने आयोजकले बताएको छ ।
महोत्सवमा लोकप्रिय गायकहरु प्रमोद खरेल, बद्रि पङ्गेनी, उमादेवी खनाल, मिलन लामा, हेमन्त शर्मा, प्रकाश सपुत, प्रिति आले, रमेशराज भट्टराई, रुपा घर्तीगगर, चन्द्र शर्मा, भूमिका गिरी, साहिमा श्रेष्ठ लगायत कलाकारहरु आउनेछन् । त्यस्तै बाल कलाकार अशोक दर्जी, जादुगर बलराम सरकार, हास्य कलाकारहरु बल्छी ध्रुबे, राजु मास्टर, दिनेश काफ्लेसमेत आउने बताइएको छ ।
त्यस्तै चर्चित नृत्याङ्गानाहरु सीता भुषाल, सविता भुषाल र आस्था कला केन्द्र मनहरीका कलाकारहरु आउने पक्का भएको छ ।
थाहाका कलाकारहरुको प्रस्तुती उजागर गर्न, उनीहरुलाई अन्य राष्ट्रिय कलाकारहरुसँग घनिष्ठ बनाउन र कलाकारहरुमार्फत् पर्यटन प्रवर्धनमा टेवा पु¥याउन हरेक दिन दर्जनौं कलाकारहरुलाई प्रस्तुतीका लागि उतार्न लागिएको महासचिब प्रधानले बताए ।  

 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
प्रदेश-३ मन्त्रीपरिषद् बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय
प्रदेश नंबर ३ सरकारको २८ कार्तिकको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद बैठकले श्रीमान-श्रीमतीको नाममा संयुक्त रुपमा...
P3-1542204996.jpg