Thursday, 22nd February, 2018
वि.स.

माघेसंक्रान्ति: तोडियो चरा मार्ने चलन

हरेक वर्षको माघे संक्रान्तिका बेला मकवानपुरको थाहानगर क्षेत्रमा धेरै चराहरुको काल आउँथ्यो । त्यही माथि पनि चराहरु सजिलैसंग मर्न पाउँदैनथे । ‘परम्परा’ को नाउँमा चराहरुलाई लखेटीलखेटी थकाएर मारिन्थ्यो । यही परम्पराबाट अहिले पनि गाउँघरमा ‘भ्याकुर खेदाइ’ शब्दावली प्रचलनमा छ । तर यसपाली पालुङ क्षेत्रमा ‘भ्याकुर खेदाइ’ भएन । माघे संक्रान्ति आयो–गयो, चराहरु मरेनन् ।

सामुदायिक भए पछि अहिले दामन पालुङका बनहरु हराभरा छन् । बनमा चराचुरुङ्गीहरु पनि बढेका छन् । समुदायमा आएको जागरणका कारण तिनीहरु गुलेलीको  निशानाबाट जोगिएका छन् । ‘अरु बेला त मार्ने (चरा) प्रचलन हटेकै छ, माघे संक्रान्तिमा पनि हट्यो, राम्रै भयो’ भैरबकाली सामुदायिक बन उपभोक्ता समूहका देबराज उप्रेती भन्छन् ।  

माघे संक्रान्ति भन्ने वित्तिकै नेपालीहरु ‘पुसको पाक्य, माघको खाक्य’ भन्ने उखान सम्झन्छन् । संक्रान्तिको दिन खाने तिलको लड्डु, चाकु, तरुल अघिल्लो दिनमै तयार पार्ने प्रचलन छ । पहिले पहिले मानिसहरु तरुल खोज्न जंगल जाने गर्दथे र चरा पनि मार्थे । परम्पराकै रुपमा विकसित भएकाले बालबालिकादेखि पाकाहरुसम्म चरा लखेट्न कस्सिन्थे । गाउँभरिका मानिसहरु मिल्थे, जंगलबाट खेदेर बेंसीसम्म ल्याउँथे अनि आत्तिएर बेहाश जस्तै भएका चराहरुलाई कसैले त्यत्तिकै समात्थे, कसैले लाठालौराले हिर्काउँथे । घर्तिखोलाका देब बहादुर कार्की सम्झन्छन्–त्यसरी लखेटिनेमा खास गरी भ्याकुर प्रजातिका चरा हुन्थ,े धेरै त संग्रेला लखेटिन्थ्यो । चरा मारेर चाड मनाउने चलन भएकोले गाउँघरमा अहिले पनि माघेसंक्रान्तिमा खाइने मासुलाई ‘शिकार’ भन्ने चलन छ । 

पालुङ क्षेत्रको जंगलमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पनि पाइन्छ । त्यसो त यस क्षेत्रमा के कति प्रकारका चराहरु पाइन्छन् भन्ने विषयमा अध्ययन हुन बाँकी नै छ । ऋषेश्वर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष राजेश केसी जे भएका चराहरु केही वर्ष यता आएर मानिसको निशानाबाट जोगिएको बताउँछन् । उनको अनुभव छ–पहिले पहिले चिया पसलमा पनि गुलेली बेच्न राखेको देखिन्थ्यो, अहिले बजारमै पाउन मुश्किल छ ।

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg