Wednesday, 17th October, 2018
वि.स.
subhakamana-1538193167.gif

थाहानगरका अमिरको पेन्टिङ २ लाख रुपैंयाँमा बिक्रि [हेर्नुहोस् भिडियो ]

बहुप्रतिभाशाली बहुअपाङ्गता भएका कलाकार अमिर बम्जन तामाङ ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट सम्मानित भएका छन् । ताइवानका पूर्वराष्ट्रपति मा यिङले ताइवानमा भएको एक समारोहमा तामाङलाई सम्मान गरेका हुन् ।

मकवानपुरका अमिर बम्जन तामाङलाई भूकम्पपछि उद्धार गरेर काठमाडौं ल्याई उनको चित्रकला र गायन प्रतिभाको विकासमा सहयोग गर्ने संस्था करुणा फाउन्डेसन, नेपालले दिएको जानकारीअनुसार ताइवानमा अमिरको चित्रकला प्रदर्शनी पनि आयोजना गरिएको थियो ।

घाँटीभन्दा तलका कुनै पनि अंगले काम नगर्ने अमिरले मुखैले चित्र र गीत कविता लेख्छन् । उनको प्रतिभा विकासका लागि वरिष्ट कलाकार किरण मानन्धर र संगीतकार न्हु बज्राचार्यले प्रशिक्षण दिएको थिए । अमिरको लेखन र गायनमा एउटा म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

पुरस्कारको स्थापना क्यान्सर पीडित ताइवानी कवि चोउ ताक्वानको स्मृतिमा उनका आमाबाबुले गरेका हुन् । यसभन्दा पहिले झमककुमारी घिमिरेलाई पनि यो पुरस्कारबाट सम्मानित गरिएको थियो |

बम्जनको पेन्टिङ २ लाख रुपैंयाँमा बिक्रि

अमिर बम्जन अचम्मका प्रतिभा हुन् । उनी मुखैले कलम, कम्प्युटर, मोबाइल चलाउछन् । हालै मात्र ताइवानमा उनका पेन्टिङ २ लाख रुपैंयाँमा बिक्रि भए । कलाकार बम्जन ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट सम्मानित भएका छन् ।

ताइवानका पूर्वराष्ट्रपति मा यिङज्युले ताइवानमा भएको एक समारोहमा उनलाई पुरस्कृत गरेका हुन् । उनले गाएको गीत पनि बजारमा आइसकेको छ । 

हेर्नुहोस् भिडियो अन्तरवार्ताः

 

http://bikaskhabar.com/public/images/users/DIGO-copy-1533381581.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




Bihuli-002-1532968337.gif
loading...
Plant-1526723778.JPG


ताजा समाचार

जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg
थाहा महोत्सवका लागि नब्बे प्रतिशत  स्टल बुकिङ
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल...
Thahamaaaaaaaaaa-1539617140.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
ऐतिहासिकता झल्काउन टिष्टुङ महोत्सव
गाउँ/नगरमा कुनै उत्सव तथा मेला सञ्चालन गर्नु परे के गरिएला ? यसको उत्तर सजिलो छ, चन्दा संकलन प्रयोजकको खोजी यस्तै-यस्तै । अनि आफ्नो ठाउँको प्रचार तथा...
TT-CVR10-1537274214.jpg
थाहा नगरपालिकाको टौखेलमा आइचर पल्टियो
मकवानपुर थाहा नगरपालिका वडा नं.१० टौखेलमा मा आइचर गाडी पल्टिएको छ । २ असोज विहान पौने १० बजेतिर इटा लिएर टौखेल पुगेकोना ६ ख ३२२२ नम्बरको आइचर इटा...
Aaichar-1537245455.jpg