Monday, 17th December, 2018
वि.स.
Bihuli-002-1532968337.gif

थाहाको सम्वृद्धि र सम्भावना उपयोगिताको सार्थकता
 सानोभाइ कार्की

    समुन्नत जीवनका लागी आवश्यक पर्ने आधारभुत बस्तु र सेवाहरुको सहज उपलब्धता नै सुगमताको परिभाषा हो भन्दा अत्युक्त्ती हुदैन । यो अहिलेसम्म राजधानी काठमाडौ केन्द्रीकृत छ । हेटौंडा नगरी जुन यस नगरपालिकाको दक्षिणी भागमा अवस्थित छ, जिल्ला सदरमुकाम त हँुदै हो अपितु पूर्वपश्चिम राजमार्गको पायक पर्ने स्थान भएकोले तुलनात्मक रुपमा विकसित क्षेत्र मानिन्छ । यी दुई विकसित महानगरपालिका र उपमहानगरपालिकाको समदुरी ६५ कि मि को बीच भागमा पर्ने थाहा नगरपालिका २०७१ सालमा घोषित नगरपालिका हो । साबिक आग्रा, दामन, पालुङ, बज्रबाराही, टिष्टुङ र चित्लाङ गरी ६ वटा गाविस मिलाएर बनेको यो नगरपालिकामा प्रवेश गर्ने जो कोहीले पनि एकपटक प्राकृतिक सुन्दरता र यहाँको हावापानीको प्रशंसा नगरेको बिरलै छ । हुन पनि हिउँदको समयमा खस्ने हिउँले बन पाखा पखेरामा हुने सेताम्मे दृश्यले मिनि हिमालको सम्झना गराउने मात्र होइन कि हिउँ खेलेर रसास्वादन गर्नेहरुको मेला नै लाग्छ भने सोहि समयमा फुल्ने   राताम्य लालि गुराँसले शृङारमा थप मनमोहकता प्रदान गर्दछ । बर्षाको समयदेखी शरद ऋतुसम्म खेतबारीमा लगाइने बेमौसमी तरकारी बाली यहाँको जनजीवनको जीवन निर्वाहको भरपर्दो पेसा बनेको छ । आय आर्जनको प्रमुख श्रोत बेमौसमी तरकारी उत्पादनको वितरणबाट यो क्षेत्र मुलुकको राजधानी काठमाडौं, हेटौंडा, बीरगन्ज, रक्सौल, सीलगुडी, भैरहवा, पोखरा लगायतका क्षेत्रहरुमा पुग्दा प्रसिद्धी कमाएको छ । यस्ले यहाको जनजीवनको जीवनस्तर क्रमश सुधारोन्मुख हुँदै गएको भान हुन्छ । प्रजातन्त्रको पूर्नस्थापनापछी श्रोत र साधनको विकेन्द्रीकरणले बस्तिबस्तिमा सडक पुग्नुले पनि तरकारी उत्पादन र बिक्री वितरणमा सहजता ल्याएको छ । सांस्कृतिक र धार्मिक क्षेत्रमा प्राचीन मल्ल कालदेखी नै ख्यातिप्राप्त यो टिष्टुङ पालुङ, आग्रा चित्लाङमा परापूर्वकालदेखी नै चर्चामा भएको पाइन्छ । पाण्डु राजले राज्य  गरेको पाण्डुकेश्वर क्षेत्रदेखि ऋषी र इश्वरको संयुक्त भेटघाट हुने किम्बदन्तिमा आधारित रिखेश्वर महादेव, झम्केश्वरी महादेव, मङलेश्वर महादेव,ईन्द्रायणी, बज्रबाराही माई, चम्पाकेश्वर लगायत बिभिन्न देवदेवीको स्थापना, बाह्र बर्षे मेला, ईन्द्रयणी मेला, बज्रबाराही मेलाले क्षेत्र पहिचानको भुमिका निर्वाहमात्र गरेको छैन कि प्राचीन सस्कृती र सभ्यताको पनि प्रतिनिधित्व गरिरहेकोछ । चित्लाङको भिमसेन, आग्राको महादेव, पालुङको चारनारायण, तलेजु भवानी, आकाशदेवी, घाटाकिदेवी, पाथिभरा, गोरक्षेश्वर मन्दिर, सेतिगणेश लगायतका मन्दिरहरुको उपस्थिती, मुल्य र सामाजिक मान्यता आदिले धार्मिक क्षेत्रको चिनारी दिइरहेका छन भने हिन्दु मान्यता अनुरुप पवित्र मानिने शन्खमुल जुन चारैतिर महादेव र देवदेवीहरुको बीच भागमा रहनुले यो क्षेत्रलाई धार्मिक शास्त्र अनुसार पूण्यभुमिको उपमा दिएको छ । यसरी आर्थिक रुपमा सुधारोन्मुख, धार्मिक रुपमा प्रसिद्धि, सांस्कृतिक क्षेत्रको धनी, राजनैतिक पक्षमा जीवन र जगतको चिनारी थाहाबाट हुन्छ । थाहा भ्रमको उल्टो हो, मतलब बैयक्तिक स्वार्थ राखेर वा अन्जानमा यदि भुलभुलैयामा रहेसम्म थाहा पाउन सकिँदैन भन्ने अत्यन्त सार्गर्भित तथ्यलाई जनजनमा पु¥याउने थाहाका प्रणेता स्व. रुपचन्द्र बिष्टको जन्मभुमी, कर्मभुमि र प्रयोगभुमिको स्थल भएबाट आफैमा प्रचारित छ । स्मरणीय तथ्य के हो भने थाहा दर्शन होइन यो अभियान हो । उनको जीवनभरको अथक प्रयास केबल मार्क्सवादी दृष्टिकोणलाई ब्यबहारमा प्रयोग गर्न (सादा जीवन, उच्च विचारका धनी व्यबहारबादी नेता थिए, उनैको थाहा (चेतना) अभियानको महत्व दिदै नगरपालिकाको नाम सोही मुताबिक कायम हुनुले पनि राजनैतिक क्षेत्रमा यो नगरपालिका ओजदार मानिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो क्षेत्रको हावापानी समशितोष्ण भित्रको चीसोको मात्रा बढी भएको यहा विकास र परिवर्तनका अनगिन्ती सम्भावनाहरु छन । अनगिन्ती सम्भावनाहरु मध्य कृषि, पर्यटन र पूर्वाधा, थाहानगरको विकासको आधार भन्ने मुल नाराकासाथ यो नगरपालिका अघि बढ्ने प्रतिबद्दता ब्यक्त्त गरेको छ । यस्को अर्थ यो होइन कि अरु बिधामा यस्ले महत्व दिदैन । पहिलो प्राथमिकताको ब्यबस्थापनलाई साकार पार्दै अन्य सबै क्षेत्रमा बराबर वृृद्दी नगरी सम्वृद्धि सम्भव छैन । अत किन रोजियो यो क्षेत्र ? कसरी यो रोजाईको साकारता होला ? यो चर्चा लायक पक्ष हो । भौगोलिक अवस्थितिमा समुद्र सतहदेखी लगभग १६०० देखि २५०० मि (कोटथुम्की,      केशरीभन्ज्याङ) सम्म उचाईमा रहेको यो नगरपालिका हावापानीमा बिबिधताको धनी छ । जहाँ बिबिधता हुन्छ त्यहाँ सम्भावनामा पनि बिबिध अवसर हुने कुरा निश्चित     रहन्छ । कारण प्रकृतिको नियमानुसार   हरेक १६० देखि १६५ मि को उचाईमा १ डिग्री तापक्रम तलमाथी हुन्छ । पहाडको धरातलिय स्वरुपको आधारमा तापक्रम भिन्न हुन्छ । भिन्न तपक्रममा फरक उत्पादन प्रकृतिको नियम हो । अत यहाँ बिबिध खेती, जडिबुटी, फलफुलको सम्भावना रहने कुरा नकार्न मिल्दैन । सबैभन्दा महत्वपुर्ण पक्ष त कृषिमा बेमौसमी तरकारी नै हो । जस्ले प्रतिकुल मौसममा मुलुक भित्र र बाहिर समेत तरकारी निर्यात गरेर ख्याती कमाएको छ । अहिले तरकारी उत्पादन नगरका प्रतेक घरघरमा रोजगारीको आधार बनेको छ । यस्का सबल पक्षहरुः
(१) हरेक वडामा सडकको पहुच हुनु । 
(२) कृषि लगानीको लागि सहज ऋण पाउने वातावरण हुनु 
(३) उत्पादनले बजार पाउनु 
(४) अवश्यकताको आधारमा कृषि प्राबिधिकको उपलब्धताको लागि      वातावरण बन्नु । 
(५) रासायनिक मल, उन्नत बीउ, कृषि औजारको खरिद तथा ब्यबस्थापनको लागि सुधारोन्मुख स्थिती रहनु । 
(६) कृषि बिज्ञ, नीति निर्माता र सरकारको उपस्थिती रहनु ।    
(७) कृषि बिकासमा आधुनिकीकरणको बहस छलफल स्थानीय सरकार, सरोकारी हरु बीच थालनी हुनु जस्ता पक्षहरुले भोलिका दिनमा अझै फड्को मार्ने सम्बावना  देखिन्छ । यो सबल पक्षलाई अवसरमा बदल्न के गर्नु पर्ला ? हरेक अबसरमा चुनौतीहरु हुन्छन साथै हरेक चुनौतिमा अवसरहरु पनि हुन्छन । अत हाम्रो कृषि क्षेत्र पनि त्योबाट मुक्त्त छैन ।अब यसका लागी यसो गर्न सके अझै उन्नतिमा जान सक्ने देखिन्छ । (क) प्रबिधी भित्राउने प्राबिधिक उत्पादन र संरक्षण गर्ने अहिलेको युग प्रबिधिको युग भएको कुरा नकार्न मिल्दैन । अतः हरेक क्षेत्रको अनुसन्धान र खोज पहिलो कुरा हो । त्यसैले कसरी उत्पादन गर्दा हिजोको भन्दा आज र आजको भन्दा भोलि उपलब्ध श्रोतबाट नै बढीभन्दा बढी उत्पादन लिन सकिन्छ ? तदनुरुपको चिन्तन, मनन् र योजना निर्माण गर्नु पहिलो र प्राथमिक कुरा हो । यस क्षेत्रमा पनि यो            नगरपालिका अगाडि देखिन्छ । बन प्राबिधिकका लागि स्वच्छन्द भैरव माध्यमिक विद्यालय चित्लाङ्मा कक्षा ११÷१२ को अध्ययन अध्यापन हुनु, जनकल्याण मा बि मा कृषि बाली बिज्ञान को पढाइ कक्षा  ९–१२ र सिटिईभिटी आई.एस.ई. एग्री.को अध्यापन शुरु गरिनु, सुन्दरीदेवी  मा. वि. मा सिभिल ईन्जीनियरिङ कक्षा ९–१२ थालनी गरिनु, झम्केश्वरी मा बि को हातामा कृषि तथा बन अध्ययन अनुसन्धान केन्द्रको स्थापना रामपुर  विश्व विद्यालयको पहलमा गरिनु, बज्रबाराही मा.बि. पनि सिभिल  ईन्जीनियरिङ डीप्लोमा तहको कक्षा शुरु गर्न लागि पर्नु जस्ता सकरात्मक सुरुवातिले यस क्षेत्रमा प्राबिधिकहरुको उत्पादनको संकेत सकरात्मक भएको मान्न सकिन्छ । अब यो नगरपालिकाको चुनौती उत्पादित जनशक्त्तिलाई कसरी टिकाउने र बिकाउने नै हो । अत ढिला नगरीकन ३ बर्षे आफ्नो कार्य योजना निर्माण   गरि उनिहरुको ब्यबस्थापन तर्फ लाग्न सकेमात्र यो विद्यालयहरुले गरेको पहलकदमीले सार्थक रुप लिन     सक्दछ । अन्यथा हमीले काम गर्ने थलो देखाउन नसक्दा बिदेशका लागी श्रमबेच्ने जनशक्ती उत्पादन गर्ने कारखाना सिबाय केही हुँदैन भन्ने हेक्का राख्नु बुद्दीमानी ठहर्दछ । 

उपाय के होला ? 
  यसमा अल्मलिने कुरा छैन कि बनलाई जडिबुटी रोपण, उत्पादन, प्रशोधन को कर्यक्रममा लाने, कृषिलाई आधुनिकीकरण गर्ने, उत्पादित फसललाई आजको कच्चा पदार्थ बिक्री गर्ने परम्पराको अन्त गरि तयारी वस्तु     निर्यातको केन्द्र बनाउने नीति लिनु     पर्दछ । उदाहरणका लागि आलुको शीतभण्डारण गरियो भने त्यो आलुको भाउ कहिले आउला र बेचौला होइन कि आलुबाट अन्य परिकार के बनाउन सकिन्छ उपाय सुझाउने हो । त्यस्तै बनमा पाउन सकिने र लगाउन सकिने जडीबुटीको पहिचान गरि तयारी वस्तु निर्माण र निर्यात गर्न सकेमा प्राबिधिकको खपत ,जनताको आयाअर्जनमा वृद्धि र कच्चापदार्थको उपयोगले जीवनस्तरमा सुधार हुन गै सम्बृद्दीमा टेवा पुग्छ ।
 सिंचाइ सुबिधाको ब्यबस्थापनः हाम्रो भू–धरातल असमानजनक छ । बस्ती लेकमा छ, पाखामा छ र समथरमा  छ । उत्पादन दिन सक्ने भुमी सबैतिर छ । सबै भुमिको लागि सबै सिजनमा पानी अनिवार्य छ । अत सिंचाइ ब्यबस्थापनको लागि बगेको पानीलाई जम्मा गरेर, आकासीय पानीलाई जम्मा गरेर, भुमिभित्रको पानी बोरिङ गरेर घरघरमा र जग्गाजग्गामा पानीको प्रबन्ध गर्न आवस्यक छ । उत्पादनलाई यथासम्भव अर्ग्यानिक बाली उत्पादनमा पूरा शक्त्ती लगाउनु पर्दछ । यस्को लागि समेत प्राबिधिक अनुसन्धान गर्न जरुरी छ । कारण अहिलेको अत्याधिक विषादीको प्रयोगको मुल कारण बढ्दो किराहरुको आक्रमण हो ।यो स्थानीय तवरमा पनि उत्पादन हुन्छ भने बाहिरी क्षेत्रबाट ज्यान बचाउन भागेर पनि यहाँ आउने सम्भावना हुन्छ   परिणामत हामीले गरेको इच्छा केबल दिवास्वपन मात्र हुन पुग्छ । 
शिक्षा विकास र शैक्षिक क्षेत्रः शिक्षा मानवमात्रको आधारभुत र महत्वपूर्ण आवस्यकता हो । मानिस सुबिधायुक्त्त र धनी भएरमात्र हुदैन । मानिसको आवस्यकता असिमित र अनन्त हुन्छ भन्ने अर्थशास्त्रको भनाई सारपूर्ण छ । आधारभुत तह पूरा गरेपछी मानव  आरामदायी आवस्यकता पूरा गर्नतिर लाग्छ जब उ त्यो चरण पनि पार गर्छ अनि बिलासी जीवन यापनका तहमा पुग्छ भन्ने कुरा अत्याधिक धनीहरुले बिताएका जीवनशैली हेरेर पनि जान्न बुझ्न सकिन्छ । जब उ त्यहाँबाट पनि उठ्छ अनि मानव मानबीय सेवामा समर्पित हुन्छ । यसर्थ यो प्रष्ट पार्न सकिन्छ कि आज धनी र गरिब देशको डिमार्केसन पनि शिक्षा नै हो ।यसर्थ शिक्षा बिकास जरुरी पक्ष हो । तर शिक्षा कस्तो हुनुपर्दछ त्यो देशको माग हो । यस्को आधार उक्त्त देशको अवस्था, उपलब्ध साधन श्रोत, जनशक्त्ती आदिले नै निर्धारण गर्दछ ।तर सार्बभौम पक्ष जनताको जीवन यापनकालागी आबश्यक पर्ने सीप, दक्षता को अभिबृद्दी र त्यसबाट पाउन सकिने रोजगारी जस्ले उपलब्ध कच्चा पदार्थलाई उपभोग्य बस्तुमा बदल्न सकोस, ब्यक्त्तिको आयआर्जनमा टेवा पुगोस । बैदेशिक मुद्रा आर्जन गर्न सकियोस, नागरिक मिहेनती बनोस, परिश्रमी बनोस सारमा मुलुक सम्बृद्द बनोस । यी सबै कुरा गरिरहदा भुल्नै नहुने पक्ष के हो भने Think Globally, Act Locally अर्थात (संसार बनाउने      कुरा सोच तर काम स्थानिय क्षमता, तागतका आधारमा गर) हाम्रो यस क्षेत्रमा गर्नु पर्ने शिक्षा विकास अब परम्पराबादी शिक्षाबाट फड्को मारेर ब्याबसायिक शिक्षा प्राप्तिको लागि समर्पित हुनु जरुरी छ । अहिलेसम्म हाम्रो ठूलो धनराशी शिक्षामा खर्च भएतापनी केबल साक्षरताको लागिमात्र हँुदा पढेर जस्ले जागिर पायो उस्ले जित्यो, जस्ले पाएन उस्ले हारयोको अवस्था जगजाहेर छ । जागिर पाउनेहरुमा पनि क्षमताको उच्चतम प्रतिस्पर्धामा भन्दा सोर्सफोर्सका आधारमा हुने प्रविर्तिले नैतिकताको पालना र कर्तव्यबोधको सट्टा आलेटाले हुँदा मुलुक बिकासमा सम्भावना हँुदाहँुदै पनि चरितार्थ हुन सकेको छैन । पढेर के काम भन्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । अब के गर्ने ? यो गम्भीर प्रश्न हो कि के गर्ने कसरी गर्ने । शिक्षा क्षेत्रमा प्रवेश गर्ने सेवाप्रदायक ब्यक्त्तिहरुलाई सबैभन्दा उत्तरदायित्व बहनताको अनुभुत गराउने । सेवालाई सुरक्षित, भरपर्दो बनाउने नीति निर्माण गर्ने । यसो गर्दा अधिकारको क्षेत्रलाई सुनिश्चित गर्दा मापनको आधार कर्तब्य परायणता, उस्को श्रम र सीप लगानीको प्रतिफलको गुणस्तर लाई मुख्य केन्द्र बनाउने । अहिलेसम्मको शिक्षा क्षेत्रको प्रतिफल चित्तबुझ्दो नआउनुको कारण पत्ता लगाउने र निराकरणको कार्यान्वयन सम्झौताहिन तवरले गर्ने प्रतिबद्दता    ब्यबहारमा लागू गर्ने ।केही पक्षहरुमा नीतिनिर्माता हरुले ध्यान दिएमा सजिलै वर्तमान परिस्थिको सुधार गरि भविस्य सुनौलो पार्न सकिन्छ जस्मा शिक्षक छनौट प्रकृया पारदर्शी, निष्पक्ष र योग्यताको कदर गर्ने ।हाम्रोलाई राम्रो भन्दा राम्रोलाई हाम्रो भन्ने परिपाटी लागू गर्न सके सुधार असम्भव कत्तिपनी छैन ।तर हाम्रो वर्तमान फरक प्रकृतिको छ । आफुले चाहेको पाउन नसके जे सुकै पनि गालिगलौज, धम्की, घुर्की गर्ने प्रवृत्ति मौलाएको छ । यो प्रवृत्ति भनेको आफ्नो मुल्यान्कन आफै गर्ने, उपलब्धीको स्पष्ट मापदण्ड नहुनु, दण्डसजाय, पूरस्कारको समयमा आफू र आफ्नो नजिककालाई महत्व दिनु जस्ले केहीले काम नगरी बराबर सुबिधा उपभोग गरिरहदा अरुमा संवत् जोशजागर भएकाहरुमा पनि हिनताबोध हुनु नै       कारक हो । अत वर्तमानका यी पक्षहरुमा सुधारकोलागी त्याग गर्दै नगरपालिकाले लिएको नारालाई सार्थक पार्न प्राबिधिक शिक्षाको लगानीमा बृद्दी गर्ने । 
(१) कृषि शिक्षाको माध्यमबाट कसरी आत्मनिर्भर बन्न र बनाउन सकिन्छ तततत क्षेत्रका बिज्ञहरुसंग रायसल्लाह लिई संचालित विद्यालयहरुलाई बिज्ञहरुको      रायसुझाव, विद्यालयहरुको भावी योजना र त्यस्को लगानीबाट हुने प्रतिफलको    आधारमा आफ्नो लगानी बढाउने, आफुसंग नहुँदा लक्ष्य प्राप्तिको लागि सरकारी गैरसरकारी क्षेत्रहरुको सहयोग जुटाउने तर्फ लाग्नु जरुरी छ । यसो नभए विद्यालयहरु केहीसमयमा थाक्ने र उत्साह निराशाजनक हुन जाने तथ्य भुल्नु गल्ती हुनेछ । बिग्रेपछि चुकचुकाउनु भन्दा बेलैमा ध्यान दिनु नै बुद्दिमानी हुन्छ । 
(२) अहिले नगरपालिकाको अर्को महत्वपूर्ण लक्ष पर्यटन प्रबर्दन पनि हो ।प्राकृतिक सुन्दरताको रसास्वादनका लागि पहिला भौतिक सेवासुबिधाको आधारमा आउनु परयो ।आएका ब्यक्तिहरु टिक्नु पर्याे । टिकेकाहरु फेरि दोहोराएर आउने     वातावरण बन्नु पर्यो । यस्का लागी पाहुनाहरुको स्वागत सत्कार राम्रो हुनु पर्योे । आएकाहरुको अर्को खाँचो मीठो खान पाउनु पर्यो । आवास आरामदायी हुनु पर्यो । मनोरन्जन पाउनु पर्यो । डुल्ने फिर्ने हेर्ने स्थानहरुको यकिन हुनुपर्यो  । स्वास्थ्य सुबिधा उपलब्धता हुनुपर्यो । यी केबल पूर्बाधारमात्र हुन । यस्कोलागी शुरुवात होटल ब्यबस्थापन सम्बन्धी अध्ययनको विद्यालय, तालिमको प्रबन्ध हुन जरुरी छ । बिडम्बना अहिलेसम्म यस्को थालनी भएको छैन । यसो नहँुदा मानिसहरु आफ्नै तवरले आउनेजाने   हुन्छ । होटेल ब्यबसायीहरुले पनि आफुले जानेको विधि पद्दती नै लागू गरिरहेको हुन्छ । त्यही भैरहेको पनि छ । आएका आगन्तुकहरुले आउने, बस्ने, घुम्ने काम सकिएपछी केही सम्झनाको स्थानीय चीनो किन्ने लाने पनि गर्छन । अत यी सबै क्षेत्रहरुलाई मध्यनजर राखी हामिले पर्यटन प्रबर्द्धनका योजनाहरु बनाउने र कार्यान्वयनमा लाग्नु नै समाधान हो । 
(३) यातायातको ब्यबस्था ( मानिसहरुको चाहना सुरक्षित यात्रा पनि हो । अहिलेको हाम्रो अवस्था त्रिभुवन राजपथ नै हो । जुन सागुरो, घुम्तिको अत्याधिकता भिरपाखाको यात्राले जोखिमयुक्त्त छ । लामो छ । यस्को बिकल्पमा हालै नेपाल सरकारले यस क्षेत्रको पर्यटकिय सम्भावनालाई दृष्टिगत गरि चन्द्रागिरिको सडकको स्तरोन्नती गर्ने योजनामा लागि परेको छ यो सुखद पक्ष हो । यो सडक निर्माणलाई सम्पन्न गरि यसै वर्ष केन्द्रीय सरकारले बजेटमा ब्यबस्था गरेको थानकोट चित्लाङ सुरुङ निर्माणको योजनालाई थाहानगरले नगरको गौरवको योजना मान्नु आफैमा अद्दितीत्य मान्नुपर्छ । अब यस्का लागि नगरप्रमुखको यो दृढ ईच्छा साकार पार्न सम्पूर्ण नगरबासीहरु तनमनले लागि पर्नुपर्दछ भने नगरपालिकाका प्रतिनिधिहरुले पनि समायोजनको भुमिका निर्वाह गर्न सक्नु पर्दछ । यदि यो सुरुङ मार्गलाई यथार्थमा बदल्न सके वा बनिसकेपछी थाहानगरको निर्माण कस्तो हुँदा हाम्रो सपना साकार हुने हो त्यस्को सपना अहिले देख्न थाल्नु पर्दछ । चन्द्रागिरी सुरुङ मार्गको निर्माण पछि यातायातमा ज्यादै सुगम हुने हँुदा काठमाडौं उपत्यकाभित्र गुम्सेका जनताहरु क्रमश यतातर्फ बसोबासको दृष्टिले पनि आउन सक्ने अनुमान गर्न सकिन्छ । घुमफीरकालागी मात्रात्मक रुपमा दैनिक आगन्तुकहरुको संख्यामा उल्लेखनीय बृद्दी हुनेछ । त्यसपछी हाम्रो नगरपालिकाको प्रचारमात्र होइन कि हाम्रा उत्पादनमा बृद्दी हुनेछ ।हाम्रो उत्पादनले उत्पादनले उपयुक्त्त मूल्य पाउनेछन । हाम्रा पाखा पखेराहरु हराभरा हुनेछन । पर्यटन ब्यबसायले उल्लेखनीय महत्व पाउने छ । यस्का लागी हामीले हालको अवस्था सुधारका लागि थप प्रयास गर्नु अनिबार्य हुनेछ । जस्मा केही सवालहरुः (१) यातायातको बिस्तारका लागि थाहानगरको मुलबाटोलाई चार लेनको बनाउने योजना प्राथमिकतामा राख्नु पर्दछ । कैलाश गाउँपालिकासङको सहकार्यमा प्रदेश      सरकारको सहयोगमा मुलबाटोलाई सौराह जोड्ने अभियानको शुभारम्भ गरिनु पर्दछ । यसो हुँदा काठमाडौंमा उत्रने बिदेशी पर्यटकहरु यी मार्ग हुँदै सौराह पुग्ने, भैरहवा बिमानस्थलमा उत्रनेहरु    सौराह हुँदै काठमाडौ पुग्ने गन्तब्यको केन्द्र बिन्दु हुने सम्भावना यो क्षेत्रले प्राप्त गर्दछ। (२) दर्शनीय स्थलहरुको निर्माण गरि पाहुनालाई टिकाउन अर्को जरुरी पक्ष हो । यस्कोलागी माथी भने झै होटल ब्यबस्थापनको सुधार गरी कुलेखानी दामन सीमभन्ज्याङ ट्रेकिङ रुट निर्माण गर्ने । त्यहाँ हरेक सेवा सत्कारको प्रबन्ध गर्ने । दामनमा रहेको भ्यु टावरको क्षमता बृद्दी र ब्यबस्थापनमा जोड दिने ।यथासम्भव लेकमा पर्वतीय ताल निर्माण गर्ने ।सीम भन्ज्याङको जग्गामा होटलको स्थापना गर्ने । पान्द्राङ सीमभन्ज्याङ केबलकारको निर्माण (जुन थाहानगर उध्योग बाणिज्य संको तेश्रो महोत्सवको अवसरमा नगरप्रमुखले दिएको अभिब्यक्त्ती स्थानीय जनताहरुको शेयर लगानीमा सन्चालन गर्न सकिनेलाई सार्थकतामा बदल्ने), सीमभन्ज्याङ्बाट ट्रेकिङ रुट निर्माण गर्दै बँदेलआलको पोखरीलाई मर्मत सम्भार गरि सुचारु गर्ने, यो रुटलाई आग्राको बाटो हुँदै केशरी भन्ज्याङ ,चीसापानी, भाङ्खोरिया, कोटथुम्की, टिष्टुङको मनकामना हुँदै चन्द्रागिरीसम्म लान सके र त्यो रुटको आग्रा, केशरीभन्ज्याङ, कोटथुम्की भन्ज्याङ्हरुमा सम्भाब्य्ता र उपयोगिताको सिद्दान्तमा टावर, खाजाघर, कटेजरुपी बासस्थान निर्माण गर्न सके प्राकृतिक मनोरमतामा भुल्ने, बन तथा बन्य जडिबुटी को अध्ययन ,अनुसन्धानमा समय दिन सक्ने हुँदा पर्यटकहरुलाई भुलाउन सकिन्छ । साथै अङ्गारेमा रहेको गुफा, चित्लाङको गुफाहरुलाई ब्यबस्थित पार्ने, भिम्फेदी गाउँपालिका संगको सहकार्यमा मैत्रीबगैचाको स्तरोन्न्ती, तारेभीरमा रक कलाइम्बिङ, कुइभीरमा रकक्लाइम्बिङ निरमाणलाई गुरु योजनामा पार्दै लान सके बास्तवमा यो नगरपालिका पर्यटकिय सम्भावनाको सम्बाहक बन्न सक्छ । इन्द्रसरोबरसङको सहकार्यमा हाल मार्खुमा रहेको प्राधिकरणको जीर्न घरहरुलाई ब्यबस्थापन गरि स्तरिय होटल ब्यबस्थापन अर्को सम्भावना तत्काल नै गर्न सकिने र मुद्रा छाप्न शुरु गर्ने योजना हुन सक्दछ । खुशीको कुरा इन्द्रसरोबरको चारैतिर ट्रेकिङ ब्यब्स्थित हुदैछ । शन्खमुलको निर्माण,     पाण्डुकेश्वरको स्तरोन्नती, ऋषेश्वरको थप निर्माण सम्बन्धी योजना आदिले धार्मिक पर्यटन स्थल बन्ने सम्भावना पनि उत्तिकै बढेको छ । इन्द्रायणीचौरमा प्रस्तावित डि पि आर ले खेल पर्यटकको पनि सम्भावना बनेको छ । यी त यस्ता सम्भावनाहरुलाई हामीले आत्मसात गर्दै क्रमश अघि बढ्दा अभियान वर्तमानको सुन्दरता जीवनभरको हुनेछ ।

यी सबै यसो हेर्दा अकल्पनीय झै लागेपनी तपसिलको पक्षहरुलाई ध्यानदिइ     कार्यारम्भ गर्न सके असम्भव चै हुदैन ।

(१) जन निर्वाचित प्रतिनिधिहरु अब   घरदैलोमा हुनु ।

(२) स्थानीय सरकारको दायित्व निर्वाह गर्ने अधिकार प्राप्त गर्नु ।

(३) बिश्वासनीय अङ    बन्नु ।

(४) प्रदेश सरकारको सकरात्मक हेराई बुझाई र समय सापेक्ष आश्वासन रहनु ।

(५) केन्द्र सरकारसङ          नगरपालिकालाई योजनाको आधारमा सम्बन्ध जोड्न सकिने अवसर हुनु ।  

 (६) दात्री सन्स्थाहरुसङ सहयोग लिन सकिने वातावरण हुनु ।

(७) सिस्टर सिटि र स्याटलाइट सिटि को अबधारणा हुनु ( अमेरिकन सन्स्थाले अवलोकन गरेकोआवस्यक नगरले ठानेमा ल्याउन सकिने ( डीना उपाध्ययय तेश्रोथाहानगर महोत्सब शुभकामना दिने अवसरमा ब्यक्त्त अभिब्यक्त्ती )

आदीलाई उपयोग गर्दै बृहद योजना निर्माण र कार्यान्वयन गर्न सके प्रचुर सम्भावनाले भरिएको नगर नै थाहा नगर हो भनेर गर्व गर्न सकिन्छ । अब भाषण होइन काममा लागौ र यो थाहा नगरलाई सम्बृद्द नगर र थाहाबासीलाई सुखी नागरिक बनाउ । यो अहिलेको आवस्यकता हो, थाहाबासीको माग हो ।
 




loading...
Plant-1526723778.JPG


ताजा समाचार

काँकडा क्षेत्रलाई अर्गानिक मह उत्पादन क्षेत्रको रूपमा घोषणा गर्ने तयारी
कवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाले उत्पादन गरेको अर्गानिक मह प्रशोधनसहित बजारमा बिक्री हुन थालेको छ । विगतमा प्रशोधन नगरी बिक्री गरेको...
News-Logo-1544973016.jpg
कालिदेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा
मकवानपुरको भीमफेदी–८ धार्के ईपाका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मकवानपुरका साइक्लिष्टहरुको आर्थिक सहयोगमा...
kapada-1544972004.jpg
हेटौँडाको आन्तरिक आयले लक्ष्य उछिन्यो
हेटौंडा उपमहानगरपालिकाले पहिलो चौमासिकमानै आन्तरिक आयमा लक्ष गरेभन्दा धेरै आमदानी गर्नका लागि सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमानै एक...
HNP-1544971230.jpg
मकवानपुरमा लागुऔषध सहित २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाको बसपार्कबाट १० किलो २ सय ग्राम लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।शनिबार खटिएको प्रहरी टोलीले...
Pakrau-1544970825.jpg
हेटौंडामा श्रीमती र छोरीको हत्या गर्ने को हुन् ?
श्रीमती र छोरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९...
Hatyaaa-1544968781.jpg

लोकप्रिय समाचार

कृषि विकास बैंकले ल्यायो, ग्राहकमुखी योजना नै योजना
कृषि विकास बैैकले आफ्ना ग्राहकहरुलाई मध्येनजर गरेर थुप्रै सेवाहरु ल्याएको छ । देशको कृषि क्षेत्रमा वित्तिय तथा प्राविधिक सहयोग पु¥याउँदै...
kirsi-1543417277.jpg
यसरी शुभारम्भ भयो थाहा बसपार्क 
मकवानपुरको थाहा नगरपालिकामा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । वडा नं. ४ स्थित नार्खुढाँडमा बसपार्क निर्माणका लागि सडक ट्रयाक खनिएको छ...
Bus-1543155680.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
पर्यटक लोभ्याउँदै मकवानपुरगढी
प्रकाश अधिकारी शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा...
Makawanpur-gadhi-1-1543759991.jpg
पालुङ बहुउद्दश्यीय सहकारीको अध्यक्षमा कार्की 
पालुङ बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की निर्विरोध भएका छन् । यद्यपी यसको औपचारिक घोषणा भएको छैन । अध्यक्ष कार्की...
Purshotta-1543039866.jpg